आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बला’त्का’रको घटनामा आर्थिक लेनदेन, जनप्रतिनिधिसहित ५ जना पक्राउ

प्रकाशित
132
SHARES

काठमाडौँ। ब’ला’त्का’र’को घटना आर्थिक लेनदेनमा मिलापत्र गराएको आरोपमा प्रहरीले वडा सदस्यसहित पाँच जनालाई प’क्रा’उ गरेको छ। डेढ सातायता आरोपित पाँच जनालाई प’क्रा’उ गरेर घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

घोडाघोडी नगरपालिका–४, का वडा सदस्य ४५ वर्षीय लक्ष्मीरुद्र न्यौपाने, स्थानीय एक नीजि विद्यालयमा कार्यरत शिक्षक ५३ वर्षीय होमप्रसाद सुवेदी, पूर्ववडा सचिव ५३ वर्षीय यज्ञराज आचार्य र ३४ वर्षीय राजु भट्टराईलाई प’क्रा’उ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए।

उनीहरुले आर्थिक लेनदेन गराएर घटना गाउँमै मिलाएको भन्ने कुरा आएको छ। आरोपितमाथि अनुसन्धान गरिरहेका छौँ, प्रहरी नायब उपरीक्षक जोशीले भने। जबरजस्ती करणीका अभियुक्त ३० वर्षीय प्रकाश सुवेदी पनि प’क्रा’उ परेका छन्।

घोडाघोडी नगरपालिका–४, की ७७ वर्षीया वृद्धालाई गत १५ मंसिरमा सुवेदीले रक्सी खाएर ब’ला’त्का’र गरेको आरोप लागेको छ। पीडितलाई तीन लाख रुपैयाँ दिने सहमतिमा घटना गाउँमै मिलापत्र गरिएको बुझिएको प्रहरीले जनाएको छ।

पीडितले दुई लाख रुपैयाँमात्र दिएको र एक लाख रुपैयाँ नदिएपछि घटना बाहिर आएको बुझिएको छ। इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले घटना मिलापत्र गराउन खोजेको।

आरोपमा पीडित पक्षबाट नौजना विरुद्ध कि’टा’नी जा’हे’री आएको बताए। उनले अ’भि’यु’क्त चार जनाको पनि खोजी भइरहेको बताए। तीन लाख दिएर घटना मिलाएको सुनिएको छ। दुई लाख रुपैयाँ दिएको र एक लाख रुपैयाँ पछि दिउँला भने तर दिएनछन्।

शाहीले भने, ‘घ’ट’ना अलि अगाडिको रहेछ, प्रहरीमा ढिलो गरी जाहेरी आयो। घटनालाई मिलाउन दवाव दिने र लुकाउन मद्दत गरेको भनेर पीडितले कि’टा’नी जाहेरी दिएका थप चार जनाको खोजी गरिरहेको उनले बताए।

तेस्तै, रुपन्देहीमा लागुऔषधसहित चारजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार इलाका प्रहरी कार्यालय बुटबल र प्रहरी चौकी खैरेनीबाट खटिएको संयुक्त प्रहरी टोलीले बुटवल र देवदह क्षेत्रबाट लागुऔषधसहित चारजनालाई पक्राउ गरेको हो।

देवदह–२ ढेकार श्रीचोकमा लु ५५ प २२०५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा ओमसतिया–६ का बर्मानन्ध धरिकारको जिन्स पाइन्टको खल्तीमा लुकाइछिपाई राखेको अवस्थामा २१ पुरिया ७ ग्राम ५४० मिलिग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ।

धरिकारसहित भारत महाराजगन्जका अर्जुन सहानी पक्राउ परेका छन्। यस्तै, वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले बुटवल उपमहानगरपालिका–९ इँट्टाभट्टीबाट कास्कीको पोखरा महानगरपालिका–१३ का शरण गुरुङ र युगेन गुरुङ पक्राउ परेका छन्।

उनीहरूले लागुऔषध बिक्री वितरण तथा सेवन गरेको विशेष सूचनाका आधारमा निजहरू बसेको कोठा खानतलासी गर्दा डाइजेपाम–४५ एम्पुल, नुफिन ४५ एम्पुल, फेनारगन ४५ एम्पुल र दुई थान मोबाइलसमेत बरामद गरेको प्रहरीले जनाएको छ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए। तेस्तै, बाँकेमा लागुऔषधसहित एकजना पक्राउ परेका छन्।

बाँकेको बैजनाथ गाउँपालिका– १ बस्ने सूर्य रोकाया लागुऔषधसहित पक्राउ परेकाे लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।रोकायाको घरमा लागुऔषध ब्राउनसुगर सेवन गरिरहेको,

भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलिले खानतलासी गर्दा निजको साथबाट ११ पुरिया ब्राउनसुगर बरामद गरेको हो। प्रहरीले उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया