आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

लुटेराको आक्रमणमा २०० गाउँलेको मृत्यु, सेनासंग पनि भिडन्त

प्रकाशित
0.9K
SHARES

एजेन्सी। नाइजेरियामा कम्तिमा २०० जनाको हत्या भएको छ। बन्दुकधारी लुटेराहरुको समूहले पछिल्लो एक सातामा उत्तर पश्चिम नाइजेरियाको जामफारा राज्यमा हत्या गरेको स्थानीयले बताएका हुन्।

राज्य सरकाले ५८ जनाको हत्या भएको जनाएको छ। मारिएका सबै जनाको सेनाले सामूहिक दाहसंस्कार गरेको छ। बन्दुकधारी लुटेराको आक्रमणमा मारिएका कम्तिमा १४३ जनाको दाहसंस्कार गरेका छौै।

एक स्थानीय नेता बलराबे अलहाजीले भने। आक्रमणमा २०० भन्दा बढीको मृत्यु भएको उनले बताए। मोटरसाइक चढेर आएका झन्डै ३०० आक्रमणकारीले १० ओटा गाउँमा हमला गरेर लुटपाट गरेको जनाइएको छ।

उनीहरुले घरमै गोली प्रहार गरेर लुटपाट मच्चाएका थिए। यसैबीच, लुटपाट मच्चाउने १०० जना लुटेरा सेनाको कारबाहीमा मारिएको समाचार विवरणमा जनाइएको छ। जामफारा राज्यमा यसअघि पनि लुटेराले दर्जनौं गाउँलेको हत्या गरिसकेका छन्।

आक्रमणकारी सयौँ लडाकूहरु मोटरसाइकलमा आएर आक्रमण गरेको पनि स्थानीय बासिन्दाले जानकारी दिएका छन्। उनीहरुले १० गाउँमा आक्रमण गरेका हुन। आक्रमणकारीहरुले घर घरमै गएर गोली प्रहार गर्ने, लटपाट गर्ने गरेको स्थानीयको भनाइ छ।

घटनाका बारेमा सरकारी सुरक्षाकर्मीको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया र सूचना दिइएको छैन। नाइजेरियामा लामो समयदेखि लडाकू तथा हिंस्रक समूहले आमनागरिकलाई दुःख दिने गरेका छन्।

भने उनीहरुसँग सरकारी पक्षले संघर्ष गरिरहनुपरेको छ। सरकारले उनीहरुलाई आतङ्वादी समूहको रुपमा घोषणा गरेर सुरक्षा कारबाही पनि चलाउँदै आएको छ तर अपेक्षित सुधार भने हुन सकेको छैन।

तेस्तै,  पाकिस्तानमा हिउँमा पुरिएर कम्तिमा २२ जनाको मृत्यु भएको छ। राजधानी इस्लामावाददेखि उत्तरी क्षेत्रमा अवस्थित मुरी सहरको हिलटपमा हिउँ हेर्न पुगेका मानिस हिउँमा पुरिँदा उनीहरुको मृत्यु भएको हो।

हिमपातका कारण एक हजारभन्दा बढी सवारी साधन अलपत्र परेका छन्। मृत्यु हुनेमा प्रहरी, उनकी श्रीमति र उनीहरुका ६ सन्तान अर्को पाँच जनाको परिवारसमेत छन्।

हिउँका कारण अवरुद्ध सडक पन्छाउन र हिउँमा फसेका व्यक्तिहरुको उद्दारमा सेना खटिएको छ। सो क्षेत्रमा ठूलो संख्यामा एकै पटक मानिसहरु भ्रमण गर्दा संकट निम्तिएको गृहमन्त्री शेख रशिदले बताएका छन्।

पछिल्लो समयमा सो सहरमा एक लाखभन्दा बढी कार पुगेका थिए भने सामाजिक सञ्जालमा हिउँमा रमाएका मानिसका तस्बीर र भिडियो भाइरल भएका थिए।

हिउँका कारण सयौं पर्यटकहरु अलपत्र परेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । बढ्दो हिमपात र सवारी चापका कारण सरकारले त्यहाँ विपद् घोषणा गरेको छ।

तेस्तै,अमेरिकाको क्यालिफोर्नियामा एक युवकमाथि गोली प्रहार हत्या भएको छ। गोली प्रहार भएको भिडियो फुटेज सार्वजनिक भएपछि हत्यारालाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ ।

सार्वजनिक भएको भिडियो फुटेजमा अध्यारोमा रहेका बन्धुकधारीले युवकलाई हात ठाडो पार्न लगाई गोली हानिएको देखिन्छ। यस्तो घटना सुनेपछि स्थानियहरुमा सन्त्रास फैलिएको छ।

प्रतिक्रिया