आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सभामुख सापकोटाले एकाएक चाले एस्तो कदम, राजनिति नै तरंगित

प्रकाशित
1.8K
SHARES

काठमाडौ। प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालेअमेरिकी सहयोग परियोजना एमसीसी संशोधन नभई अगाडि बढ्ने बताएका छन्। उनले आफूमाथि विश्वास र भरोसा गरेका जनतालाई धोका नदिने बताए।

गृहजिल्ला सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडानम्बर २ मा शनिबार आयोजित मिलिजुली मातृशिशु बचत तथा ऋण सहकारीको कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै,

सभामुख सापकोटाले आफू प्राणको बाजी लगाउन तयार रहेको तर एमसीसी अगाडि बढाएर जनतालाई धोका नदिने बताए। आफ्नो निर्वाचन क्षेत्रमा आयोजित कार्यक्रममा सभामुख सापकोटाले भने।

तपाईंहरूको भोटले आज म सभामुखको जिम्मेवारीमा छु।  राज्यका तीन अङ्गमध्ये एक अङ्गको प्रमुख बनाउनुभएको छ। तपाईंहरूको यो विश्वासलाई भरोसालाई धोका दिने छैन।

विश्वासघात गर्ने छैन। जनतालाई धोका दिनुभन्दा पहिला बरु म प्राणको बाजी लगाउन तयार छु। म तर जनतालाई धोका दिने छैन। यस्तो कुरा सुनेपछि राजनीतिमा नयाँ तरङ्ग पैदा भएको छ।

सभामुख सापकोटाले राजनीतिक संकट, कोभिड १९ को संकट र जलवायु परिवर्तनका कारण निम्तिएको संकटका कारण सभामुख भएपछिको दुई वर्षमा भनेजस्तो काम गर्न नपाएको स्वीकार गरे।

सभामुख सापकोटाले आफ्नै पालामा दुई–दुई पटक संसद विघटन भएर पुनर्स्थापना भएको स्मरण गर्दै राजनीतिक संकट भने क्रमशः सुधारको बाटोमा रहेको दाबी गरे।

तेस्तै, नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग ५ बुँदे सहमति भएको खुलासा गरेका छन्।

तत्कालीन नेकपामा हुँदा प्रचण्डले आफूसँग गोप्य सम्झौता गरेको ओलीले खुलासा गरेका हुन्। उनले त्यसको ‘एक कपी’ आफूसँग सुरक्षित रहेको पनि बताएका छन्।

तत्कालीन पार्टीमा विवाद बढ्दै गएको बेला माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमलाई झुक्याएर प्रचण्डले आफूसँग सम्झौता गरेको ओलीले खुलाएका हुन्।

अध्यक्ष प्रचण्ड कोरोना संक्रमण भइ आईसोलेशनमा बसेका बेलामा ओलीले यस्तो कुराको खुलासा गरेका हुन्। कोरानाका विरामीले मनोवल उच्च राख्ने बेलामा ओलीले दिएको अभिव्यक्तिले अर्थपूर्ण रुपमा हेरिएको छ।

प्रचण्डको निजी सचिवालयले स्वास्थ्यमा केही असहजता देखिएकोले हिजो बेलुकी पीसीआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको बताएको छ। उहाँ अहिले आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहनु भएको र स्वास्थ्य अवस्था सामान्य छ।

उनकी स्वकीय सचिव गंगा दाहालले भनेकी छिन् ।यो बीचमा उहाँको सम्पर्कमा रहनु भएका सबैले सतर्कता अपनाउनु हुन अनुरोध गर्दछौं। सामाजिक संजालमा उनले भनेकी छन्।

सल्लाहअनुसार आइशोलेसनमा बस्नुपर्ने भएकोले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको जानकारी गरॉउदछौं। तेस्तै चिकित्सकहरुले साबधानी अपनाउन सबैमा अपिल गरेका छन्।

प्रतिक्रिया