आज : गते

ताजा शिर्षकहरु

कन्ट्याक्ट ट्रेसिङमा रहेका प्रधानमन्त्री देउवाले स्वास्थ्य मापदण्डबिना नै ओलीलाई भेटे

प्रकाशित
577
SHARES

काठमाडौं। कोराना संक्रमित नेकपा माओवादी केन्द्रका अध्यक्षका कारण कन्ट्याक्ट ट्रेसिङमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाका कारण एमाले अध्यक्ष केपी शर्मा ओली पनि संक्रमण जोखिममा परेका छन्।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठमा कोरोना संक्रमण पोजिटिभ देखिएको छ। शुक्रबार विहान मात्रै दुवै नेता सत्ता गठबन्धनको बैठकमा सहभागी थिए।

उक्त बैठकमा सहभागी रहेका प्रधानमन्त्री देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, महासचिव बेदुराम भुसाल, कांग्रेस नेता रामचन्द्र पौडेल, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत पनि कन्ट्याक्ट ट्रेसिङमा छन्।

देउवाले शनिबार विहान मात्रै एमाले अध्यक्ष ओलीलाई बालकोटमा भेटेका थिए। उनले स्वास्थ्य सुरक्षा अपनाएका थिएनन्। तेस्तै, प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार एक घन्टा ‘वान टु वान’ वार्ता भएको छ।

संसदको अवरोध खोल्ने आग्रहका साथ ओलीको भक्तपुर बालकोटस्थित निवासमा पुगेका प्रधानमन्त्री देउवा वार्ता सकेर फर्किएका छन्। उनले कुनै पनि प्रतिक्रिया दिएका छैनन्।

स्रोतका अनुसार दुवैबीचको वार्तामा संसदको अवरोध फुकाउनेसहित मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसीका विषयमा पनि कुराकानी भएको छ।वार्तापछि पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने।

‘वार्ता राम्रो भयो, छोटो प्रतिक्रिया दिएका छन्। उनले भने,‘वार्ता राम्रो भयो। यसबाहेक ओलीले अरु प्रतिक्रिया दिएनन्। तेस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्वास्थ्यमा असहजता देखिएको छ।

उनलाई कोरोना संक्रमण पनि पुष्टि भएको छ। प्रचण्डको निजी सचिवालयका अनुसार शुक्रबार पीसीआर परिक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको हो।

‘अध्यक्ष कमरेड प्रचण्डको स्वास्थ्यमा केही असहजता देखिएकोले हिजो बेलुकी पीसीआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ’, सचिवालयले भन्यो,‘उहाँ अहिले आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहनु भएको र स्वास्थ्य अवस्था सामान्य छ।

यो बीचमा उहाँको सम्पर्कमा रहनु भएका सबैले सतर्कता अपनाउनुहुन अनुरोध गर्दछौं।’डाक्टरको सल्लाहअनुसार आइसोलेशनमा बस्नुपर्ने भएकोले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ