आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ओली र राष्ट्रपति भण्डारीको अर्को काण्ड बाहिरियो, सुन्दा पनि अच्चम

प्रकाशित
5.3K
SHARES

काठमाडौ। पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपति विद्या भण्डारी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान नै खत्तम पार्न खोजेको आरोप लगाएका छन्।

पूर्वराष्ट्रपति यादवले राष्ट्रपति भण्डारी र तत्कालीन प्रधानमन्त्री ओलीले मिलेर एक वर्षमा दुई, दुई चोटी संविधानमाथि आक्रमण गरेर खत्तम पार्न खोजेको टिप्पणी गरेका हुन्।

चन्द्रदेव जोशीद्वारा लिखित पुस्तक ‘माक्र्सवाद र विश्व कम्युनिष्ट आन्दोलन’ को शनिबार काठमाडौंमा विमोचन गर्दै उनले आफैले खडा गरेका राज्यका मुख्यमुख्य संस्थाहरुलाई पौष्टिक आहार दिएर,

मजदुत बनाउनुको सट्टा बारम्बार आक्रमण गरिएको भन्दै आपत्ति जनाए। पूर्वराष्ट्रपति यादवले पाँच राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवि र अदालतले संविधान जोगाएको उल्लेख गर्दै राष्ट्रपति भण्डारी,

प्रधानमन्त्री शेरबहादुर देउवाले सबै राजनीतिक दलहरुलाई एकठाउँमा राखेर सदनमा देखिएको गतिरोध अन्त्यका लागि पहल गर्नुपर्ने कर्तव्य भएको पनि स्मरण गराए।

उनले भने, ‘यो संविधानमाथि बारम्बार आक्रमण भईराखेको छ, यो चार वर्षमा। त्यसमा पनि एक वर्षदेखि २÷२ चोटि संविधानमाथि आ’क्र’म’ण भएको छ। सदनमाथि आक्रमण भएको छ।

प्रधानमन्त्री, राष्ट्रपतिलगायत मिलेर नै यसलाई खत्तम गर्न खोजे। पोलिटिकल पार्टी कहाँ–कहाँ गए ? के–के भयो ? त्यो विषय होइन। म भन्न चाहन्छु–जुन समस्याहरु खडा गरेका छौं।

ती संस्थाहरुलाई पौष्टिक आहार दिने, यसलाई मजदुत गर्ने, लोकतन्त्रका तीन वटा संस्थाहरु, जुन पिल्लर हुन्छ। त्यसमा बारम्बार प्रहार गरियो।पूर्वराष्ट्रपति यादवले राष्ट्रको सम्पूर्ण समस्या समाधान गर्ने धलो संसद भएको उल्लेख गर्दै,

त्यसलाई बन्धक बनाउने काम गरेको भन्दै एमालेप्रति असन्तुष्टि पनि जनाए। उनले राजनीतिक दलहरुलाई मिलेर संविधानमा उल्लेख गरिएको उन्नत समाज निर्माण हुने गरी समाजवादको तयारीमा जुटन पनि आग्रह गरे।

तेस्तै, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले र माओवादी केन्द्रबीच एकता हुँदा आफू खुशी भएको भए पनि ओलीको उद्देश्य अर्कै रहेको बताएका छन्।

शनिबार आफ्नो निर्वाचन क्षेत्रमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले एकतापछि ओलीमा दम्भ बढ्दै गएको बताए। माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन आफूले पनि भूमिका खेलेको भन्दै,

प्रमुख दुई वाम पार्टी मिल्ने भन्दा आफूलाई खुशी लागेको उनले बताए। दुई पार्टीबीचको एकताले राम्रै अवस्था आयो भन्ने ठानेको थियौं। झन्डै दुई तिहाइ बहुमत आएको थियो।

हामी प्रफुल्लित भयौं। तर, उद्देश्य अर्कै रहेछु, उनले भने, त्यो भनेको कमरेड प्रचण्डको टाउकोमा टेकेर सबैभन्दा अग्लो छु भनेर देखाउने सोच रहेछ। अर्थात् उहाँको पिठ्युँलाई सिढीको रुपमा प्रयोग गरेर आफूलाई अग्लो देखाउने प्रवृत्ति रहेछ।

त्यही प्रवृत्तिले दम्भी नेतामा उहाँको ओलीको ठूलो प्रमोसन भयो। ओलीले पछि पार्टीलाई हेप्न थालेको अध्यक्ष नेपालको भनाइ छ। बैठक नै नगर्ने, छलफलै नगर्ने, छलफल गरेपछि प्रश्न उठ्छ भनेर डराउने।

आफूलाई अध्यक्ष बनाउन त्यत्रो सहयोग गर्ने वामदेव गौतम, जब उहाँले औंला ठड्याउन थाल्नुभयो, केपी ओली होसहवास गुमाउनुभयो। नेता गौतमले आफूले केपी ओलीलाई सबक सिकाउनु पर्ने बताए।

उनले ओलीलाई साथ दिएर ठूलो गल्ती गरेको भनेको नेपालले बताए। मैले माधव नेपालतिर यसो इशारा गरिदिएको भए उहाँले दुई सय मतले जित्नुहुन्थ्योु, गौतमको भनाइ उद्धृत गर्दै उनले भने।

प्रतिक्रिया