आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

निर्मला पन्तको ह’त्या अभियोगमा प’क्रा’उ परेका व्यक्तिको यति ठूलो राजनीतिक पहुँच

प्रकाशित
2.3K
SHARES

काठमाडौ। कञ्चनपुरकी निर्मला पन्त ह’त्या प्रकरणमा जोडेर प्रहरीले अनुसन्धान गरिरहेका भारतीय नागरिकको ठूलै राजनीतिक पहुँच भएको खुलासा भएको छ। त्यही पहुँचका आधारमा उनी साधारण धरौटीमा छुटेका छन्।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शुक्रबार अभद्र व्यवहार मुद्दा चलाइएका भारतीय नागरिक अली हुसेनलाई एक हजार रुपैयाँ धरौटीमा रिहा गरेको छ। हामीकहाँ हुसेनले प्रहरीमाथि अभद्र व्यवहार गरेको भन्ने मुद्दा आएको थियो।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले भने, ‘कानूनी प्रावधान बमोजिम उहाँ एक हजार धरौटीमा छुट्नुभएको छ। प्रजिअ पाण्डेले हुसेनविरुद्ध जिल्ला प्रहरी कार्यालयले प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको भन्दै,

मुद्दा चलाएको बताउँदै निर्मला प्रकरणसँग सम्बन्धित भए/नभएको आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए। कञ्चनपुर प्रहरीले उनलाई निर्मला ह’त्या प्रकरणको अनुसन्धानका लागि भन्दै नियन्त्रणमा लिएको हो।

उनको डीएनएसमेत परीक्षणका लागि पठाइएको थियो। यद्यपि प्रहरीले भने उक्त विषयमा आधिकारीक रुपमा बोलेको छैन। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘देउवा सरकार निर्मलका बारेमा किन बोल्दैन’ भनेकै दिन उनी छुटेका हुन्।

हुसेन भारतीय जनताका पार्टीका कार्यकर्ता भएको र भारतीय जनता पार्टीका शिर्ष नेताहरुले नेपालमा उनलाई ब’ल’त्का’र’को मु’द्धा नचलाउने निर्देशन दिएपछि अ’भ’द्र व्यवहार जस्तो कमजोर मु’द्धा चलाइएको हो।

कञ्चनपुरका सीडीओ पाण्डे ओलीका प्रिय पात्र हुन् । ओलीकै निर्देशनमा कमजोर मु’द्धा लगाएर विषयान्तर गरिएको जिल्ला प्रहरी श्रोतको दावि छ । उनि यसरी समातिएका थिए।

कञ्चनपुरकी निर्मला पन्तको ह’त्या आरोपमा प्रहरीले एकजना शंकास्पद व्यक्तिलाई प’क्रा’उ गर्दा समातिएका थिए। भारतिय नागरिकलाई प’क्रा’उ गरेको प्रहरीले जनाएको थियो ।

२०७५ साल साउन १० गते कञ्चनपुरको भिमदत्त नगरपालिका उल्खाटामकी निर्मला पन्तको बलात्कारपछि ह’त्या भएको थियो। १३ बर्षीया निर्मलाको ह’त्या’मा संलग्न रहेको आशंकामा प्रहरीले भारतीय नागरिक निकार अलीलाई प’क्रा’उ गरेको थियो।

१५ दिनअघि उनलाई प’क्रा’उ गरेपनि डिएनए रिपोर्ट आउन बाँकी रहेको भन्दै  प्रहरीले गोप्य राखेको थियो। शंकास्पद अलीलाई नेपाल ल्याएपछि प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागका एआईजी प्रद्युम्न कार्की गत साता कञ्चनपुर गएका थिए।

विधि विज्ञान प्रयोगशालामा डिएनए परिक्षणका लागी स्याम्पल पठाइएको तर, रिपोर्ट आउन बाँकी रहेको प्रहरीका एकजना उच्च अधिकृतले बताए। निकार अलि कञ्चनपुर स्थित निर्मला पन्तको हत्या भएको ठाउँ नजिकै तरकारी खेती गर्ने गर्थे।

जग्गा भाडामा लिएर तरकारी खेती गर्ने गरेको अनुसन्धानबाट थाहा भएको छ। डिएनए नमिलेसम्म उनलाई सार्वजनिक नगरिने बताइएको थियो। कञ्चनपुरका एसपी उमा प्रसाद चतुर्वेदीले अनुसन्धान जारी रहेको र आधिकारीक प्रमाण आइनसकेको बताए।

उनले भने–‘सोधपुछका लागी ल्याउने लैजाने कुरा भइरहन्छ, हामी गहिरो अनुसन्धान गरिरहेका छौं। यसअघि प’क्रा’उ गरिएका दिलीपसिंह विष्टको डिएनए नमिलेपछि उनलाई रिहा गरिएको थियो।

प्रतिक्रिया