आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि

प्रकाशित
575
SHARES

काठमाडौं। सरकारले थप २४ जनामा कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको जानकारी दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिउँसो विज्ञप्ति निकालेर पुस महिनामा गरिएको जिन सिक्वेन्सिङमा २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जानकारी दिएको हो।

२४ वटा नमुनाको जिन सिक्वेन्सिङ गर्दा सबैमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको मन्त्रालयको भनाइ छ। पुस महिनामा संकलित जम्मा कोरोनाभाइरसका ११४६ पोजेटिभ नमुनाहरुको एस जिन स्क्रिनिङ गर्दा २५० वटामा नमुनाहरु एस जिन नेगेटिभ पत्ता लागेको छ।

एस जिन नेगेटिभ पत्ता लागेकामध्ये २४ वटामा नमुनाहरुको जिन सिक्वेन्सिङ गर्दा सबै नमुनाहरुमा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको हो, मन्त्रालयकी प्रवक्ता डा। संगीता मिश्राले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

नेपालमा पहिलोपटक २० मंसिरमा दुईजनामा ओमिक्रोन पुष्टि भएको थियो। उनीहरू ३ मंसिरमा दक्षिण अफ्रिकाबाट आएका थिए। कोभिड विरुद्धको खोप व्यवस्थापन गर्ने क्रममा स्वास्थ्य कार्यलय उदयपुरले,

स्थानीय पालिकामार्फत जिल्लाको नगरपालिका र गाउँपालिकाको विद्यालयमा नै बालबालिकाको लागि खोप दिन थालेको छ। बुधबारदेखि जिल्लाको त्रियुगा, कटारी, चौदण्डीगढी, बेलका,

नगरपालिकासहित पहाडी क्षेत्रको रौतामाई, उदयपुर गढी, ताप्ली, लिम्चुङबुङ, गाउँपालिकाका विद्यालयमा नै विद्यार्थीलाई खोप दिन सुरु गरिएको हो। ५५ हजार डोज मोडर्ना खोप जिल्लामा उपलब्ध भएपछि पहिलोपटक १२ वर्षभन्दा माथि र १७ वर्षसम्मका बालबालिकामा,

यो खोप दिन सुरु गरिएको स्वास्थ्य कार्यालय उदयपुरका खोप सुपरभाइजर चीरञ्जीवी निरौलाले बताए। बुधबार पहिलो दिननै सात हजार विद्यार्थीलाई यो खोप प्रदान गरिएको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले बताए।

यस्तो, पछिल्लो २४ घण्टामा २२०जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन्। ६ हजार ४३३ जनामा पीसीआर परीक्षण गरिएकोमा २०९ जनामा र १ हजार १७५ जनामा एन्टीजेन परीक्षण गर्दा ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको,

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९८ प्रतिशत रहेको छ। यसैगरी, पछिल्लो २४ घण्टामा २५३ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सोही अवधिमा २ जना सङ्क्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५९० पुगेको छ। यसैगरी देशमा हालसम्म ४ हजार ४६४ जना सक्रिय सङ्क्रमित रहेका छन्।

तेस्तै, भारतमा गत २४ घन्टामा कोरोना भाइरसबाट थप एक लाख १७ हजार एक सय संक्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म तीन करोड ५२ लाख २६ हजार संक्रमित भएका छन्। हाल यहाँ तीन हजार सातजना ओमिक्रोनका संक्रमित रहेका मन्त्रालयले शुक्रबार जानकारी दिएको छ।

ओमिक्रोनका ती संक्रमितहरूमा एक हजार एक सय ९९ जना भने निको भइसकेका जनाइएको छ। भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको संख्या तीन लाख ७१ हजार तीन ६३ रहेकाे छ।

प्रतिक्रिया