आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अक्सिजन मन्त्रीले बतासको हावागोल हुनेगरी चाले अर्को भयङ्कर कदम

प्रकाशित
1K
SHARES

काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले नारायणहिटी प्रकरणमा झन् निर्मम बनेका छन्। आलेले नारायणहिटी संग्रहालयभित्र रेष्टुरेन्ट लगायतका व्यवसाय गर्न बतास समूहलाई दिने हालसम्मका प्रक्रियाको छानबिनका लागि समिति गठन गरेका हुन्।

आलेको यो कदमपछि बतास समूहको हावागोल भएको खबर छ। मन्त्रीस्तरीय निर्णयबाट उनले विहीवार पर्यटन मन्त्रालयका सहसचिव होमप्रसाद लुईटेलको संयोजकत्वमा छानविन समिति गठन गरेका हुन्।

समितिमा कर्मचारी प्रशासन शाखाका उपसचिव टेकनारायण पौडेल, आर्थिक व्यवस्थापन महाशाखाका लेखा नियन्त्रक सूर्यमणी गौतम र कानूनका उपसचिव पुरुषोत्तम खतिवडा सदस्य छन्।

तीन दिनभित्र छानबिन गरी प्रतिवेदन पेस गर्न समितिलाई निर्देशन दिइएको मन्त्री आलेले नेपाल प्रेसलाई बताए। समितिको सदस्य सचिवमा शाखा अधिकृत टंकबहादुर नेगी छन्।

आलेले नारायणहिटी दरबार संग्रहालय परिसरभित्र व्यापारिक हिसाबले बनाइएको संरचना हटाएरै छाड्ने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार निजगढ विमानस्थलका विषयमा बसेको सर्वदलीय बैठकपछि,

सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री ओलीले नारायणहिटी दरबार संग्रहालयको संरक्षणका लागि मन्त्रीस्तरीय वा मन्त्रिपरिषदबाट निर्णय गरेर संरचना हटाएरै छाड्ने बताएका हुन्।

उनले एक पटकका लागि नभएर सदा सदाका लागि संग्रहालय परिसरभित्र कुनै व्यापारिक संरचना राख्न नदिने स्पष्ट पारे। त्यस्तै सर्वदलीय बैठकमा निजगढ विमानस्थल निर्माणलाई अघि बढाउन प्रधानमन्त्रीलगायत सबै दल सहमत भएको उनले जानकारी दिए।

काठमाडौं विमानस्थलको बिकल्पको रुपमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्ने भन्दै उनले आठ हजार ५० हेक्टर जमीन विमानस्थलको नाममा आइसकेको जानकारी दिए।

मन्त्री आलेले विमानस्थल नजिकको नदि संरक्षणका साथै टाङ्गीया बस्ती स्थानान्तरण गरिने बताए। उनले विमानस्थललाई अघि बढाउनका लािग विभिन्न मोडलमा छलफल भइरहेको जानकारी गराए।

बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राज कुमार क्षेत्रीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको सम्भाव्य योजनाका बारेमा जानकारी गराएका थिए।

प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा।आरजु देउवाले बतास समूहमा आफ्नो संलग्नता नरहेको स्पष्ट पारेकी छन्। बिहीबार प्रेस नोट सार्वजनिक गर्दै कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी आरजुले विभिन्न संघसंस्थामा आफ्नो नाम जोडेर,

आएका समाचारप्रति ध्यानाकर्षण भएको उल्लेख गरेकी छन्। सञ्चारमाध्यमहरूमा विभिन्न संघसंस्थामा मेरो संलग्नता भएको भनेर समाचारहरू आएकोमा मेरो ध्यानाकर्ष भएको छ,’ आरजुले भनेकी छन्।

उनले ग्रामीण महिला विकास तथा एकेता केन्द्र रुडुक नेपालमा संस्थापक अध्यक्ष तथा सल्लाहकार, साथी नेपालको संस्थापक, पूर्वअध्यक्ष तथा सल्लाहकार, सुरक्षित मातृत्व सञ्जाल महासंघको संस्थापक एवं वर्तमान अध्यक्ष,

नामीको अध्यक्ष, युलियन्स स्कुलको अध्यक्ष तथा ब्लड डोनर्स एसोसिएसन अफ नेपाल ब्लोदानको संरक्षक रहेको र यी संस्थाबाहेक अरु कुनै पनि संस्थाहरूमा सल्लाहकार अथवा अन्य कुनै पदमा आफ्नो संलग्नता नरहेको दाबी गरेकी छन्।

केही दिनदेखि आरजु बतास समूहको सल्लाहकार रहेको भन्दै समाचार आइरहेका थिए। बतास समूहले नारायणहिटी दरबार संग्रहालयको जग्गामा रेस्टुरेन्ट बनाइरहेको पाइएपछि प्रधानमन्त्री पत्नी आरजु पनि त्यसमा मुछिएकी हुन्।

प्रतिक्रिया