आज : गते

ताजा शिर्षकहरु

चीनले पानीमुनि बनायो सबैभन्दा लामो सुरुङ मार्ग

प्रकाशित
1.3K
SHARES

काठमाडौं। चीनले झण्डै ४ वर्ष लगाएर पानीमुनि बनाएको सबैभन्दा लामो सुरुङ मार्ग सञ्चालनमा ल्याएको छ। अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार पूर्वी प्रान्त जियाङसुस्थित ताइहु तालमुनि बनाइएको सुरुङ मार्ग सञ्चालनमा आएको हो।

१०.७९ किलोमिटर लामो उक्त सुरुङ मार्ग चीनकै लामो सुरुङ मार्ग समेत हो। सन् २०१८ को जनवरी ९ देखि निर्माण थालिएको सो सुरुङ मार्ग सम्पन्न भएलगत्तै सवारी साधनका लागि खुला गरिएको सीएनएनले जनाएको छ।

सडक मार्गको रुपमा प्रयोग गरिने ताइहु सुरुङ मार्ग बनाउन १ अर्ब ५६ करोड अमेरिकी डलर लागेको थियो। यो सुरुङ मार्ग गत डिसेम्बर ३० गतेदेखि सञ्चालनमा आएको चाङझोउ–वुक्सी सडक मार्गको एक खण्डको रुपमा रहेको छ।

सुरुङ मार्ग प्रयोगमा आएसँगै शाङघाई र नानजिङबीच हुने यात्रा सहज हुने समाचारमा उल्लेख छ। चीनले ‘कृत्रिम सूर्य’ को सफल परीक्षण गरेको छ। भविष्यमा स्वच्छ ऊर्जाका लागि मार्ग प्रशस्त गर्न भन्दै उसले कृत्रिम सूर्यको परीक्षण गरेको हो।

एक्सपेरियन्सल एडभान्स सुपरकन्डक्टिङ टोकामाक इएएसटी नाम दिइएको परीक्षणलाई बेइजिङले पारमाणविक फ्युजन भट्टी भनेको छ। ७ करोड डिग्री सेल्सियस ताप भएको सो भट्टीलाई १७ मिनेटभन्दा बढी समय सञ्चालनमा ल्याइएको थियो।

पछिल्लो परीक्षणले वैज्ञानिकहरूलाई ‘असीमित स्वच्छ ऊर्जा’ तर्फ अघि बढेको विज्ञहरूले बताएका छन्। साउद चाइना मर्निङ पोस्टको एउटा रिपोर्टअनुसार कृत्रिम सूर्यको तापक्रम ७ करोड डिग्री सेल्सियस थियो।

त्यो भनेको वास्तविक सूर्यभन्दा पाँच गुणा तातो हो। कृत्रिम सूर्यको यो तापक्रम १७ मिनेट ३६ सेकेन्डसम्म रहेको थियो। हाइड्रोजन र डियुटेरियमलाई उमालेर प्लाज्मा बनाइ सो भट्टीको तापक्रम सूर्यकोभन्दा पाँच गुणाभन्दा बढी बनाइएको थियो।

कृत्रिम सूर्य चलाउन जीवाशेष इन्धनको आवश्यकता नपर्ने तथा त्यसले कुनै हानिकारक चिज उत्सर्जन नगर्ने भएकाले यसलाई भौतिकशास्त्रीहरूले वातावरण मैत्री मान्दै आएका छन्।

तेस्तै, चिनियाँ जनमुक्ति सेनाले अत्यधिक जाडोमा प्रशिक्षण गर्दा उनीहरुको शरिरबाट निस्किएको पसिना बरफ बनेको पिपुल्स डेलीले जनाएको छ। चिनियाँ सरकारको मुखपत्रको रुपमा रहेको पिपुल्स डेलीले एक भिडिओ सार्वजनिक गरेको छ।

जहाँ सेनाको कपालमा बरफ देख्न सकिन्छ। पत्रिकाका अनुसार सो बरफ सेनाको शरीरबाट निस्किएको पसिना हो। अत्यधिक जाडोमा अभ्यास गर्दा झरेको पसिना बरफ बनेको दाबी गरिएको छ।

चिनियाँ सेना निकै मिहिनेती र शक्तिशाली छन् भनेर सो भिडिओमा देखाउन खोजिएको छ। तर भिडिओलाई विश्वभरका सामाजिक संजाल प्रयोगकर्ताले ‘फेक’ भनेका छन्।

त्यहाँ बरफ निकै लामोलामो देखिएको छ। कयौं व्यक्तिहरुले सो बरफ नक्कली भएको र चीन आफ्नो सेनाबारे बढाई चढाई गरेर बताइरहेको भन्दै प्रतिक्रिया जनाएका छन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ