काठमाडौँ। बैंक अफ काठमाण्डू लिमिटेडले मुद्धती खातामा ११.०५ प्रतिशत व्याज दिने भएको छ। यो सुविधा विदेशबाट पैसा पठाएर जम्मा गर्र्ने ग्राहकले प्राप्त गर्नेछन्।
विदेशमा रहेका नेपालीलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा सुबिधाहरु प्रदान गर्ने उद्देश्यले सहित बैंकले बिओके रेमिट बचत खाता तथा मुद्घती खाता संचालनमा ल्याएको हो।
श्रम विदेशमा प्रतिफल स्वदेशमा’ भन्ने मुलनाराका साथ विदेशमा श्रम गरिरहेका नेपालीलाई उच्चतम ब्याजदरको ब्यवस्था सहित बैंकले उक्त बचत खाता तथा मुद्घती खाता संचालनमा ल्याएको बैंकले जनाएको छ।
विदेशमा बसि श्रम गरिरहेका नेपालीले बचत तथा मुद्घती खाता यस बैंकमा खोल्न सकिनेछ। यस मुद्घती खाता खोल्दा ग्राहक महानुभावहरुले ११.०५% वार्षिक ब्याजदर पाउने बैंकले जनाएको छ।
साथै, बिओके रेमिट बचत खातामा उच्चतम् ब्याजदरको प्रतिफल सहित मोबाईल बैंकिङ्ग शुल्कमा, डेबिट कार्ड जारी शुल्कमा ५०% को छुट तथा अन्य आर्कषक बिशेषताहरुको उपयोग गर्न सकिने छ।
बैंकले सार्वजनिक गरेको उक्त बचत खाता तथा मुद्घती खाताले विदेशमा श्रम गरि आर्जन गरेको रकमको उच्चतम् प्रतिफलका साथै सहज बैंकिङ्गको अनुभव लिन पाउनु विश्वास बैंकले लिएको छ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९२ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ।
प्रतिक्रिया