आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रधानमन्त्रीले दिए एकाएक राजीनामा, मन्त्रीमंडल समेत् बिघठन

प्रकाशित
4.5K
SHARES

एजेन्सी। काजकस्तानका प्रधानमन्त्री अस्कार मामिनले मुलुकमा तेलको भाउ बढेपछि भएको ठूलो प्रदर्शनपछि राजीनामा दिएका छन्। मध्य एसियाको यो मुलुकमा ग्यासको भाउ बढेसँगै ठूलो संख्यामा मानिसहरुले प्रदर्शन गरिरहेका छन्।

यसैबीच, काजकिस्तानमा दुई सय जनाभन्दा बढी प’क्रा’उ परेका छन्। तेल र विजुलीको मुल्य बढेपछि सुरु भएको आन्दोलनमा सहभागीमध्ये २०० भन्दा बढीलाई पक्राउ गरिएको हो।

मध्यएसियाली मुलुक काजकिस्तानमा आन्दोनलका कारण अशान्ति भएको भन्दै सरकारले आन्दोलनकारीलाई प’क्रा’उ गरेको हो।आन्दोलनकारीले सार्वजनिक यातायातका सेवालाई असर पारेको,

सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको लगायतका कारणले उनीहरुलाई प’क्रा’उ गरिएको हो, गृह मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ।आन्दोलनका क्रममा भएको झडपमा परी ९५ प्रहरी घाइते भएको पनि गृह मन्त्रालयले जनाएको छ।

तेस्तै, काजकिस्तानका राष्ट्रपति कास्यम जोमार्त तोकायेभले मन्त्रीपरिषद विघटन भएको घोषणा गर्नुभएको छ। मध्य एसियाली मुलुक काजकिस्तानमा देशव्यापी विरोध प्रदर्शन भइरहेपछि उहाँले वुधबार मन्त्रीपरिषद् नै विघटन गर्नु भएको हो।

विद्युतको मूल्य बृद्धि भएपछि त्यसको विरोधमा केही समयदेखि देशव्यापी आन्दोलनका कार्यक्रमहरु भइरहेका थिए । उहाँले देशको सवैभन्दा ठूलो सहर तथा आर्थिक राजधानी अल्माटी र पश्चिमी प्रान्त माङगीस्टाउमा संकटकाल लागु गरिएको घोषणा पनि गर्नु भएको छ।

संकटकाल लागू गरिएका दुवै सहर आन्दोलनकारीहरुको बढी प्रभाव रहेको सहर मानिन्छ। हजारौ आन्दोलनकारीले सडकमा उत्रिएर प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए।

प्रधानमन्त्री अस्कर मामिनले दिएको राजीनामा राष्ट्रपति तोकायेभले स्विकृत गर्नु भएको राष्ट्रपति कार्यालयले जनाएको छ। नयाँ प्रधानमन्त्री नियुक्त नहुँदासम्म उपप्रधानमन्त्री अलिखान स्माइलोभले जिम्मेबारी सम्हाल्नु हुने भएको छ।

आन्दोलन दवाउनका लागि सरकारले मंगलबार अल्मातीमा अश्रुग्यास प्रहार गरेको थियो। सरकारले घोषणा गरेको संकटकाल यही जनवरी ५ देखि १९ सम्म कायम रहने भएको छ।

तेस्तै, चीनले ‘कृत्रिम सूर्य’ को सफल परीक्षण गरेको छ। भविष्यमा स्वच्छ ऊर्जाका लागि मार्ग प्रशस्त गर्न भन्दै उसले कृत्रिम सूर्यको परीक्षण गरेको हो। एक्सपेरियन्सल एडभान्स सुपरकन्डक्टिङ टोकामाक इएएसटी नाम दिइएको परीक्षणलाई बेइजिङले पारमाणविक फ्युजन भट्टी भनेको छ।

७ करोड डिग्री सेल्सियस ताप भएको सो भट्टीलाई १७ मिनेटभन्दा बढी समय सञ्चालनमा ल्याइएको थियो। पछिल्लो परीक्षणले वैज्ञानिकहरूलाई ‘असीमित स्वच्छ ऊर्जा’ तर्फ अघि बढेको विज्ञहरूले बताएका छन्।

साउद चाइना मर्निङ पोस्टको एउटा रिपोर्टअनुसार कृत्रिम सूर्यको तापक्रम ७ करोड डिग्री सेल्सियस थियो। त्यो भनेको वास्तविक सूर्यभन्दा पाँच गुणा तातो हो। कृत्रिम सूर्यको यो तापक्रम १७ मिनेट ३६ सेकेन्डसम्म रहेको थियो।

हाइड्रोजन र डियुटेरियमलाई उमालेर प्लाज्मा बनाइ सो भट्टीको तापक्रम सूर्यकोभन्दा पाँच गुणाभन्दा बढी बनाइएको थियो। कृत्रिम सूर्य चलाउन जीवाशेष इन्धनको आवश्यकता नपर्ने बताईएको छ।

यसकारण त्यसले कुनै हानिकारक चिज उत्सर्जन नगर्ने भएकाले यसलाई भौतिकशास्त्रीहरूले वातावरण मैत्री मान्दै आएका छन्। चीनको यो आबिस्कारल विश्वभर सनसनी मचाएको छ। खास गरि उसका पर्तिदद्वन्दी राष्ट्रहरुका लागि यो कोसेढुंगा साबित भएको छ।

प्रतिक्रिया