आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मन्त्रिपरिषद् बैठकले गर्यो एकाएक यस्तो निर्णय

प्रकाशित
1.1K
SHARES

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा पुस २५ गते आइतबार भारत भ्रमणमा जाने भएका छन्। मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत गरेको हो।

गुजरातमा हुने दशौँ भाइब्रेन्ट गुजरात समिटमा सहभागी हुन प्रधानमन्त्रीसहित २५ सदस्यीय टोली आइतबार भारत जान लागेको एक मन्त्रीले जानकारी दिए।

चारदिने भ्रमणको क्रममा गुजरातमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग देउवाले भेटवार्ता गर्नेछन्। कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाणले पाएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायत भ्रमणमा जानुअघि गृहमन्त्री खाणलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका हुन्। देउवा नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीको व्यवस्था गरिएको छैन।

मन्त्रिपरिषदमा प्रधानमन्त्रीपछिको वरीयताक्रममा गृहमन्त्री खाणलाई राखिएको छ। प्रधानमन्त्री देउवाले दैनिक प्रशासनिक कार्य गृहमन्त्री खाणले सम्हाल्ने गरी जिम्मेवारी तोक्न राष्ट्रपति विद्यादेवी,

भण्डारीसमक्ष सिफारिस गरेका थिए। सोहीअनुसार कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।तेस्तै,सरकारले उखुको समर्थन मूल्य निर्धारण गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिक्विन्टल ५९० रुपैयाँ उखुको समर्थन मूल्य तोकेको हो। कृषि मन्त्रालयले सो मूल्य तय गरेर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत मन्त्रिपरिषदमा प्रस्ताव पेस गरेको थियो।

सरकारले उखुको समर्थन मूल्य गतवर्षको भन्दा प्रतिक्विन्टल ४६ रुपैयाँ बढाएको छ। तर किसानहरुले भने ६५० रुपैयाँ तोक्न माग गर्दै आएका थिए। समर्थन मूल्यमध्ये ५२० रुपैयाँ उद्योगीले र ७० रुपैयाँ सरकारले अनुदान उपलब्ध गराउने छ।

सरकारले गत आर्थिक वर्ष २०७७\७८ का लागि प्रतिक्विन्टल ५४४ रुपैयाँ ३३ पैसा निर्धारण गरेको थियो।  समर्थन मूल्य तोक्नु अघि नै किसानहरुले उद्योगहरुलाई उखु बेच्न सुरु गरिसहेका छन्।

उखु किसानले उद्योगलाई दिएको उखूको मूल्य नपाएको भन्दै वर्षेनी आन्दोलन गर्दै आइरहेका छन्। तेस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको साझा न्यूनतम कार्यक्रमको कार्यान्वयन, विकासमा प्राथमिकता र सुशासन प्रवर्द्वन सम्वन्धमा,

नेपाल सरकारका सचिवहरूसँग छलफल गरेका छन्। बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री देउवाले विभिन्न मन्त्रालयका सचिवहरूसँग छलफल गरेका हुन् ।

प्रधानमन्त्री भएपछि देउवाले पहिलोपटक सचिवहरूसँग छलफल गरेका हुन्। उनले सरकारको साझा न्यूनतम कार्यक्रमको कार्यान्वयन, विकासमा प्राथमिकता र सुशासन प्रवर्द्वनमा सचिवहरूलाई निर्देशन दिएका थिए।

प्रतिक्रिया