आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

रोशनीका कारण महरालाई अर्को आपत

प्रकाशित
1K
SHARES

काठमाडौ। नेकपा माओवादी केन्द्रका प्रवक्ता एवं पूर्व सभामुख कृष्णबहादुर महरालाई रोशनी शाहीले फेरी सताउँन थालेकी छिन्। रोशनीसँगको अनैतिक सम्बन्धको आरोपमा सभामुख पदमा बहाल रहेकै अवस्थामा प’क्रा’उ परेका महरा अदालतबाट सफाइ पाएर पुनः सक्रिय राजनीतिमा फर्किएका छन्।

तर उनलाई रोशनीले पटक पटक सताउँन छाडेकी छैनन्। माओवादी केन्द्र आफ्नो ८ औँ महाधिवेशन बाट नयाँ नेतृत्व चयनको दौडधुपमा रहेको छ। अध्यक्ष र केन्द्रीय सदस्यहरु चयन भए पनि बाँकी पदाधीकारी चयनमा माओवादी केन्द्रलाई सकस परिरहेको छ।

वरिष्ठ उपाध्यक्षको दौडमा रहेका महरालाई ठूलै धक्का दिने गरि रोशनीले फेरी नयाँ कुरा बताएकी छिन्। उनले महराले जे’ल’बा’ट छुटाउन गरेको बाचा कसमको रेकर्ड आफूसँग सुरक्षित रहेको बताएकी छिन्।

अदालको आदेशमा महरा निर्दोष सावित भएर छुटेको देखिन्छ तर रोशनीको यस्तो खुलासाले राजनितीमा अर्को तरंग जाने अवस्था देखिएको छ। आज सामाजिक सञ्जालमा रोशनीले दुनियाँले आफूलाई महरासँग करोड खाएको भनिरहँदा त्यसबारे महराले पुष्टि गर्नुपर्ने लेखेकी छिन्।

उनले पछिल्लो समय महराविरुद्ध पोष्ट गर्न थालेकी छिन्। महराविरुद्ध यौन दुव्र्यवहारको अभियोग दर्ता गरेकी रोशनीले पछि आफै छुटाउन सक्रिय भएकी थिइन्। रोशनीको बयानका आधारमा महरा छुट्ने अवस्था बनेको थियो।

सामाजिक सञ्जालमा रोशनीले लेखेकी छिन् महराले जेल बाट छुटाउन गरेको बाचा कसम राहुल ले गरेका म संग छुटाईदिनुपर्यो भनेर गरेका कुराहरुको रेकर्ड मेसेज सुरक्षित छ दुनियाले मलाई महरा संग करोड खाको कुरा महराले दुनियासँग भन्नुपर्छ मैले कति खाए भनेर पुष्टि गर्नुपर्यो।

तेस्तै, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धन रहेपनि आगामी चुनावमा कांग्रेसले अरु पार्टीसँग तालमेल नगर्ने बताएका छन्। बुधबार शेरख कोइराला पक्षले आयोजना गरेको भेलामा थापाले सत्ता गठबन्धन आगामी चुनावसम्म रहे पनि चुनाव भने कांग्रेस एक्लै लड्ने बताए ।

उनले राष्ट्रिय सभाकोल चुनावपछि तालमेल समाप्त हुने र स्थानीय र प्रतिनिधि सभा चुनावमा कांग्रेस एक्लै प्रतिस्पर्धामा उत्रने बताए। राष्ट्रिय सभाको निर्वाचनसँगै चुनावी तालमेल समाप्त हुन्छ। हामी एक्लै चुनावमा जान्छौं।

उनले भने ‘गठबन्धन चुनावसम्म रहन्छ तर, कांग्रेस एक्लै लड्ने हैसियत राख्छ। त्यसका लागि पार्टीले वातावरण बनाउनुपर्छ। थापाले ४० प्रतिशत मत ल्याएको शक्तिलाई पार्टीमा बेवास्ता गर्न नहुने बताए।

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभाको निर्वाचनबाट सुरु भएको गठबन्धनको सहकार्यले अरू निर्वाचनहरुमा समेत निरन्तरता पाउने बताएका छन्।

नेकपा एमाले शङ्करापुर–२ मा आज आयोजित कार्यक्रममा उनले गठबन्धनका दलहरुबीच आगामी सबै निर्वाचनमा मिलेर जाने गरी कुराकानी भइरहेको बताएका हुन्।

अध्यक्ष नेपालले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र पनि मिलेर जान सहमत रहेको उल्लेख गर्दै आफ्नो पार्टीमा प्रवेशको लहर चलेको र कतिपय दलहरु समाहित हुन आइरहेको बताए।

उनले भने, “ठूलो सङ्ख्यामा सङ्गठित सदस्य रहेका दलहरु पनि समाहित भइरहेका छन्। अध्यक्ष नेपालले आफू निर्वाचित हुँदा र नहुँदा दुवै अवस्थामा आफूले काठमाडौँ क्षेत्र नं २ को विकासमा चासो र अग्रसरता लिँदै आएको बताउँदै,

काठमाडौँ जिल्ला भए पनि कर्णालीका रुपमा रहेको शङ्खरापुर–२ मा सडकलगायत पूर्वाधार निर्माणमा आफूले अग्रसरता लिँदै आएको दाबी गरे। आफ्नो क्षेत्रमा कोटेश्वरदेखि लिएर भक्तपुर,

सिन्धुपाल्चोकको सीमासम्म र विकसितदेखि अविकसित ठाउँसम्म रहेको छ, उनले भने, त्यस क्षेत्रमा सडक, पार्क, विद्यालय भवनलगायत पूर्वाधार निर्माणमा आफ्नो सहयोग निरन्तर रहनेछ।

सो कार्यक्रममा उनले नेकपा एमाले शङ्करापुर–२ का वडा सचिव सोमबहादुर सुमन लामा लगायतलाई पार्टी प्रवेश गराएका थिए। गत हप्ता मात्र नेपालले ओली समुहका चर्चित नेता पार्टी प्रवेश गराएका थिए।

प्रतिक्रिया

आजको ट्रेन्डिङ