आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अर्थमन्त्री शर्माले एकाएक चाले यस्तो कदम, ट्राफिक प्रहरी मालामाल

प्रकाशित
1K
SHARES

काठमाडौँ। उपत्यकामा कार्यरत ट्राफिक प्रहरीले ४० प्रतिशतसम्म प्रोत्साहन भत्ता पाउने भएका छन्। भत्ताका लागि अर्थ मन्त्रालयले सहमति दिएपछि गृह मन्त्रालयले कार्यान्वायन प्रक्रिया अघि बढाएको छ।

अर्थले जवान र हवल्दारलाई ४० प्रतिशत, असइ र सइलाई २० प्रतिशत तथा इन्स्पेक्टर र डिएसपीलाई तलबको १० प्रतिशत भत्ता उपलब्ध गराउन सहमति दिएको हो। यो भत्ता उपत्यकामा कार्यरत ट्राफिक प्रहरीलाई मात्र लागू हुनेछ।

काठमाडौं, ललितपुर र भक्तपुरमा हाल एक हजार पाँच सय ५० ट्राफिक प्रहरी कार्यरत छन् । यो निर्णयसँगै जवान र हवल्दारले मासिक करिब १० हजार रुपैयाँ प्रोत्साहन भत्ता पाउनेछन्।

उपत्यकामा कार्यरत ट्राफिक प्रहरी दिनमा १६ घन्टासम्म ड्युटीमा खटिनुपर्ने भएकाले उनीहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउन लागिएको हो। २०७६ को वैशाखसम्म ट्राफिक प्रहरीले भत्ता पाउँदै आएकोमा कोरोना महामारी सुरु भएसँगै भत्ता कटौती भएको थियो।

ट्राफिक प्रहरीको ड्युटी असाध्यै गाह्रो भएको भन्दै भत्ता उपलब्ध गराउन प्रहरी प्रधान कार्यालयले आग्रह गरेको थिय। अर्थमन्त्री जनार्दन शर्मा यस प्रस्तावमा सकारात्मक भएपछि ट्राफिक प्रहरीले भत्ता पाउने भएका हुन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखामा एक हजार ८३ ट्राफिक प्रहरीको दरबन्दी भए पनि थप करिब पाँच सयलाई काजमा राखेर ड्युटीमा खटाइएको छ। अब ट्राफिक प्रहरी खुसि हुने देखिएका छन्।

उपत्यकामा कार्यरत ट्राफिक प्रहरी सरुवा माग्दै उपत्यकाबाहिर जान खोज्ने प्रवृत्ति छ। भत्ता दिने निर्णयसँगै अब काम गर्न सहज हुने ट्राफिक महाशाखाका एक अधिकारी बताउँछन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ