आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अत्यधिक जाडोमा चिनियाँ सेनाको प्रशिक्षण, पसिना निस्कँदा बरफ बन्यो (भिडियो सहित)

प्रकाशित
0.9K
SHARES

एजेन्सी। चिनियाँ जनमुक्ति सेनाले अत्यधिक जाडोमा प्रशिक्षण गर्दा उनीहरुको शरिरबाट निस्किएको पसिना बरफ बनेको पिपुल्स डेलीले जनाएको छ। चिनियाँ सरकारको मुखपत्रको रुपमा रहेको पिपुल्स डेलीले एक भिडिओ सार्वजनिक गरेको छ।

जहाँ सेनाको कपालमा बरफ देख्न सकिन्छ। पत्रिकाका अनुसार सो बरफ सेनाको शरीरबाट निस्किएको पसिना हो। अत्यधिक जाडोमा अभ्यास गर्दा झरेको पसिना बरफ बनेको दाबी गरिएको छ।

चिनियाँ सेना निकै मिहिनेती र शक्तिशाली छन् भनेर सो भिडिओमा देखाउन खोजिएको छ। तर भिडिओलाई विश्वभरका सामाजिक संजाल प्रयोगकर्ताले ‘फेक’ भनेका छन्।

त्यहाँ बरफ निकै लामोलामो देखिएको छ। कयौं व्यक्तिहरुले सो बरफ नक्कली भएको र चीन आफ्नो सेनाबारे बढाई चढाई गरेर बताइरहेको भन्दै प्रतिक्रिया जनाएका छन्।

तेस्तै, कोरोना भाइरसको विभिन्न भेरियन्टको त्रास यथावत् रहेको अवस्थामा यतिबेला फ्रान्समा नयाँ भेरियन्ट फेरि भेटिएको छ। वैज्ञानिकहरुका अनुसार फ्रान्समा ‘आईएचयू’ B.1.640.2 नामक नयाँ भेरियन्ट भेटिएको हो।

यो भेरियन्टले ४६ वटा रुप फेर्नसक्ने आँकलन गरिएको छ। हाल विश्वभर ओमिक्रोन भेरियन्टको त्रास छ। यो निकै संक्रामक भएको बताइन्छ। यस्तै डेल्टा, कप्पा, अल्फा लगायतका भेरियन्टहरु पनि यथावत् छन्।

यसबीचमा आईएचयू भेरियन्ट भेटिएपछि वैज्ञानिकहरु हैरान भएका छन्। अफ्रिकी राष्ट्र क्यामरुनबाट फर्किएका १२ व्यक्तिमा यो नयाँ भेरियन्ट भेटिएको बताइएको छ। यो कति खतरनाक छ भनेर हाल अनुसन्धानको क्रममा छ।

तर यसले ४६ पटकसम्म रुप फेर्नसक्ने बताइएको छ। यो समाचार बाहिरिए पछि जनस्तरमा उथलपुथल मचिएको छ। विश्व स्वास्थ्य संगठनले यो भेरिएन्ट संग लड्न सबै देशहरुसित अपिल गरेको छ।  एनडीटीभी

प्रतिक्रिया