आज : गते

ताजा शिर्षकहरु

प्रहरीको घरमा पसेका चोर, घरधनीकी छोरीको कोठामा गएर सुतेपछि…

प्रकाशित
1K
SHARES

काठमाडौं। कहिलेकाहीँ चोरीका विभिन्न अनौठा घटनाहरु भेटिन्छन्। चोरहरुका विभिन्न अनौठा हर्कतहरु सार्वजनिक हुन्छन्। यस्ता घटनाले अन्तर्राष्ट्रिय स्तरमै चर्चा पाउँछन्। यस्तै विचित्र घटना पछिल्लो पटक थाइल्याण्डमा भएको छ।

यहाँ एक चोर चोरी गर्नको लागि एउटा घरमा छिरे। तर, घरमा एसी चलिरहेको पाएपछि आनन्दले सुत्नको लागि लोभिए र त्यहीँ सुते। यो कोठा घरधनीकी छोरीको थियो। टि न्यूज सुरिनका अनुसार घटना थाइल्याण्डको सेन्ट्रल प्रान्तको हो।

यहाँ २२ वर्षका एक युवक रातको २ बजे चोरी गर्ने नियतले घरमा पसे। तर, उनलाई निद्रा लागेपछि उनले घरको एसी अन गरे र त्यहीँ भएको बेडमा सुते। बिहान जब घरमालिक उठे उनी चकित परे।

कोठामा एसी चलिरहेको थियो र त्यहाँ बेडमा एक व्यक्ति सुतिरहेका थिए। यो कोठा उनकी छोरीको थियो र त्यस दिन उनकी छोरी घरमा थिइनन् त्यसैले त्यो कोठा खाली थियो।

मालिकले झ्यालबाट हेर्दा छोरीको कोठामा अर्कै व्यक्ति सुतिरहेको देखेपछि पुलिसलाई बोलाए। जब ती चोरलाई उठाइयो उनी आँखा मिच्दै उठे र यस्तो अभिनय गरे मानौं उनलाई केही थाहै छैन।

रोचक कुरा त के भने जुन घरमा चोर समाथिए त्यो घर पनि पुलिसकर्मीकै थियो। रिपोर्टका अनुसार यी चोरले त्यो घरबाट केही मूल्यवान सामान चोरी गरेका थिए। तर, यही क्रममा निद्रा लागेपछि चोर सुतेका थिए।

उनको निद्राले उनलाई समस्यामा पार्यो र उनी पक्राउ परे। पुलिसले अहिले सोधपुछ गरिरहेको छ। हेर्दा घटना रोचक जस्तो लागेपनि चोरहरुलाई अब एकचोटी सोच्न बाध्य बनाएको छ।

तेस्तै, अमेरिकाको संघीय जाँच ब्युरो एफबीआइको गोप्य दस्तावेजमा एलियनको उडनतश्तरी देखिएको कुरा उल्लेख भएको पाइएको छ। एफबीस्आइका फाइलहरुको दस्तावेजमा युएफओ देखिएको।

ती यानहरु २७ हजार माइल प्रतिघण्टाको गतिमा यात्रा गरेको र त्यसपछि दु’र्घ’ना’ग्रस्त भएको जस्ता कुराहरु पनि उल्लेख छन्। यस्तोमा एक पटक फेरि दोस्रो संसारको चर्चा सुरु भएको छ।

बेलायती अखबार द सनको एक रिपोर्टअनुसार एफबीआइका दस्तावेजहरुमा आकाशमा रहस्यमय वस्तु देखिएको बारेमा उल्लेख छ। साथमा १९४० को दशकदेखि युएफओका घटनामा कसरी वृद्धि भयो भन्ने बारेमा पनि उल्लेख छ।

दस्तावेजमा दावी गरिएको छ कि विगत केही वर्षमा सयौं युएफओ देखिएका छन्। यतिमात्र होइन आकाशमा अनौठो विमान गथित रुपमा हाइपरसोनिक गति २७ हजार माइल प्रतिघण्टाको गतिमा उडिरहेको देखिएको पनि दस्तावेजमा उल्लेख छ।

यस क्रममा एक पटक यो यान दु’र्घ’ट’ना समेत भएको थियो जसमा कोही पनि जीवित बचेका थिएनन्। दावी गरिएअनुसार दुर्घटनास्थलमा तीन श’व भेटिएका थिए र यी श’व एलियनका थिए।

रिपोर्टमा अगाडि भनिएको छ ‘मानव आकारका तीन जना थिए जो केवल ३ फिटका थिए। उनीहरुले धेरै पातलो बनावटका धातुका कपडा लगाएका थिए। दस्तावेजमा एक–दुई होइन दर्जनौं पटक एलियन देखिएको उल्लेख छ।

यो दस्तावेज जूनमा पेन्टागनको एक रिपोर्टपछि आएको छ जसमा अमेरिकाले पहिलो पटक स्वीकार गरेको छ कि अज्ञात वस्तुहरुलाई एलियनको उडन तश्तरी मानिएको थियो।

प्रतिक्रिया

आजको ट्रेन्डिङ