आज : गते

ताजा शिर्षकहरु

महराले जे’लबाट छुटाइदिनु पर्‍यो भनेको रेकर्ड मसँग सुरक्षित छ: रोशनी शाही

प्रकाशित
1.6K
SHARES

काठमाडौं। नेकपा माओवादी केन्द्रको प्रवक्ता तथा पूर्व सभामुख कृष्ण बहादुर महरालाई फेरि रोशनी शाहीको चुनौती थपिएको छ। यसअघि ब’ला’त्का’र प्रयास गरेको मुद्दा लगाउने रोशनीकै कारण उनको सभामुख पद गएको थियो।

यतिबेला त्यो मुद्दा भुलाएर नयाँ ढंगबाट राजनीति थाल्न लागेका महरालाई रोशनीले विभिन्न आरोप लगाएर चुनौती थपिदिएकी हुन्। ब’ला’त्का’र मुद्दामा महराले जिल्ला अदालत काठमाडौँ र उच्च अदालत पाटनबाट सफाई पाइसकेका छन्।

तर रोशनीले महरालाई इंगित गर्दै फेसबुकमा स्टाटसहरु पोस्ट गरेपछि उनीमाथि फेरि चुनौती थपिएको हो। मंगलबार रोशनी शाहीले महराले जेलबाट छुटाउन गरेको बाचा कसमको रेकर्ड आफूसँग सुरक्षित रहेको बताएकी छिन्।

दुनियाँले आफूलाई महरासँग करोड खाएको भनिरहँदा त्यसबारे महराले पुष्टि गर्नुपर्ने उनको भनाइ छ। सामाजिक सञ्जालमा रोशनीले लेखेकी छिन्,‘महराले जेलबाट छुटाउन गरेको बाचा कसम।

राहुलले मसँग छुटाईदिनुपर्यो भनेर गरेका कुराहरुको रेकर्ड मेसेज सुरक्षित छ। दुनियाँले मलाई महरासँग करोड खाको कुरा महराले दुनियाँसँग भन्नुपर्छ मैले कति खाए भनेर पुष्टि गर्नुपर्यो। बास्टर।

प्रतिक्रिया

आजको ट्रेन्डिङ