आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रधानमन्त्री मोदीलाई कालो झण्डा देखाएकी महिलामाथि गोली प्रहार

प्रकाशित
878
SHARES

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाएकी एक महिलामाथि गो’ली प्र’हा’र भएको छ। गो’ली लागेर घाइते ती महिला अस्पतालमा भर्ना भएकी छन्।

उत्तर प्रदेशको सुल्तानपुरमा प्रधानमन्त्री मोदीलाई कालो झण्डा देखाएकी रीता यादव माथि गो’ली प्रहार भएको हो। खुट्टामा गो’ली लागेर घाइते उनलाई सुल्तानपुर जिल्ला अस्पतालमा भर्ना गरिएको छ।

उनीमाथि गो’ली चलाउने व्यक्तिको भने पहिचान भएको छैन। गत नोभेम्बर १६ मा प्रधानमन्त्री मोदीले पूर्वाञ्चल एक्सप्रेस-वे उदघाटन समारोहलाई सुल्तानपुरमा सम्बोधन गरिरहेको बेला रिता यादवले कालो झण्डा देखाएकी थिइन्।

प्रहरीले उनलाई नियन्त्रणमा लिएर दुई दिनपछि छाडेको थियो। सो घटना भएको एक महिनापछि उनी कांग्रेसमा प्रवेश गरेकी थिइन्। उनी त्यसअघि सुल्तानपुरमा प्रखर सामाजिक कार्यकर्ताको रुपमा परिचित थिइन्।

रीता यादवले मिडियालाई दिएको जानकारी अनुसार उनी पोष्टर र ब्यानर बनाउन सुल्तानपुर गएर घर फर्किने क्रममा लम्भुजा नजिक राजमार्गमा गो’ली हानिएको बताएकी छन्।

म बोलेरो चढेर फर्किंदै थिएँ। तीन जना व्यक्ति ओभरटेक गरेर म चढेको गाडी रोके र गा’ली गर्दै ह’त्या गर्ने ध’म्की दिए, उनले भनेकी छन्, उनीहरुले मेरो गाडी चालकको कन्चटमा पे’स्तो’ल राखेका थिए।

मैले एक जनालाई गालामा हिर्काएँ, त्यसपछि उनीहरुले ममाथि गोली चलाएर भागे। यो घटना पछि मानबअधिकारबादी सस्थाहरुले छानबिन हुनु पर्ने माग गरेका छन्। घटनाले गर्दा भाजपाको राजनीतिमा समेत नयाँ तरङ्ग आएको छ।

तेस्तै, दिल्ली सरकारका स्वास्थ्यमन्त्री सत्यन्द्र जैनले नयाँदिल्लीमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन समुदायस्तरमै पुगेको बताएका छन्। हालैका स्वास्थ्य वैज्ञानिकहरूका अनुसन्धानबाट यो पुस्टि भएको छ।

ओमिक्रोन समुदायमै पुगेको पाइएको अधिकारीहरूले जनाएका उनले जानकारी दिए। अनुसन्धानबाट ओमिक्रोनको संक्रमण समुदायमा पुगेको पाइएको छ भन्दै उनले यहाँ पछिल्लो समयमा फैलिएको कोरोना ओमिक्रोन नै भएको बताए।

संक्रमणका ४० प्रतिशतभन्दा बढी संक्रमितहरू ओमिक्रोनकै भएको बताए। उनले भने, अनुसन्धानबाट यो देखिएको छ कि यहाँका संक्रमितहरूमा ओमिक्रोनको संक्रमण बढी देखिएको छ।

त्यस्तो संक्रमण बाहिरबाट आएका मानिस र यहीँ रहेकामा नै देखिएको हो। त्यसैले यो भेरियन्ट समुदायसम्म नै पुगेको पाइएको छ। कतै नगएका नागरिकमा यस्तो संक्रमण पाइएपछि महामारीको रुप लिने संकेत देखिएको छ।

समुदायस्तरकै नागरिकसम्म यसको संक्रमण पुगेको निष्कर्ष निकालिएको उनले बताए। भारतमा ओमिक्रोनको संक्रमण भित्रिएको धेरै भएको छैन, तर यहाँका नागरिकमा निकै तीव्र गतिमा यो फैलिएको उनले बताए।

प्रतिक्रिया