आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेपाली नक्सामा रहेका गाउँ पुगे पूर्वलेफ्टिनेन्ट गभर्नर, नेपाल सरकार बेखबर

प्रकाशित
666
SHARES

काठमाडौ। भारतको उत्तराखण्ड राज्यका गभर्नर पूर्वलेफ्टिनेन्ट जनरल गुरमित सिंहले लिम्पियाधुराभन्दा पूर्वनेपाली नक्सामा समेटिएका गुन्जी र नाभी क्षेत्रको भ्रमण गर्दै त्यहाँ कार्यरत भारतीय सैनिकको प्रशंसा गरेका छन् ।

तीन महिनाअघि मात्रै भारतीय सेनाबाट अवकाश पाएर गभर्नर भएका सिंहले शनिबार नेपाली नक्साभित्रका भूभागको भ्रमण गरेका हुन्  उनले चीनको तिब्बत जोड्न भारतको इन्डोतिब्बतीयन बोर्डर पुलिस,

आटिबिपीअन्तर्गतको बोर्डर रोर्ड अर्गनाइजेसनद्वारा निर्मित लिपुलेक जोड्ने कैलाश मानसरोवर सडकको अवलोकनसमेत गरेका छन्।नेपालले दुई वर्षअघि नक्सामा समेटेका नाभी र गुन्जीमा भारतीय अर्धसैनिक बल तथा सेनाका ब्यारेक छन्।

गभर्नर सिंहले भ्रमणबारे ट्विटरमा सार्वजनिक जानकारी दिँदै त्यहाँ स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरूसँग भेटवार्ता गरेको बताएका छन् । उनले त्यहाँ सुरक्षाकर्मीलाई ज्याकेटसमेत वितरण गरेका छ।

नयाँ वर्षको पहिलो दिन शनिबार गुन्जीमा रहेको बिआरओको पोस्टमा भ्रमण गर्न पाउँदा अत्यन्तै प्रशन्न छु। बिआरओले सीमाक्षेत्रमा पूर्वाधार निर्माणजस्तो महत्वपूर्ण कार्य गरेको छ।

नाभीमा श्रमिकहरू र गाउँका जनतासँग उत्साहजनक भेट भयो, गभर्नर सिंहले ट्विटरमा लेखेका छन्। उनको भ्रमणबारे नेपाली अधिकारीहरूले आधिकारिक रूपमा प्रतिक्रिया जनाएका छैनन्।

तेस्तै, दिल्ली सरकारका स्वास्थ्यमन्त्री सत्यन्द्र जैनले नयाँदिल्लीमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन समुदायस्तरमै पुगेको बताएका छन्। हालैका स्वास्थ्य वैज्ञानिकहरूका अनुसन्धानबाट ओमिक्रोन समुदायमै पुगेको पाइएको अधिकारीहरूले जनाएका उनले जानकारी दिए।

अनुसन्धानबाट ओमिक्रोनको संक्रमण समुदायमा पुगेको पाइएको छ भन्दै उनले यहाँ पछिल्लो समयमा फैलिएको कोरोना संक्रमणका ४० प्रतिशतभन्दा बढी संक्रमितहरू ओमिक्रोनकै भएको बताए।

उनले भने, अनुसन्धानबाट यो देखिएको छ कि यहाँका संक्रमितहरूमा ओमिक्रोनको संक्रमण बढी देखिएको छ। त्यस्तो संक्रमण बाहिरबाट आएका मानिस र यहीँ रहेकामा नै देखिएको हो। त्यसैले यो भेरियन्ट समुदायसम्म नै पुगेको पाइएको छ।

कतै नगएका नागरिकमा यस्तो संक्रमण पाइएपछि समुदायस्तरकै नागरिकसम्म यसको संक्रमण पुगेको निष्कर्ष निकालिएको उनले बताए। भारतमा ओमिक्रोनको संक्रमण भित्रिएको धेरै भएको छैन, तर यहाँका नागरिकमा निकै तीव्र गतिमा यो फैलिएको उनले बताए।

तेस्तै,  दशौँ हजार तीर्थयात्रीले पूजाअर्चना गर्न भेला भएका वेला शनिबार बिहानै भारतीय धार्मिकस्थलमा भागदौड हुँदा कम्तीमा १२ जनाको मृ’त्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

भारत प्रशासित कस्मिरको वैष्णोदेवी मन्दिर जाने बाटोमा शनिबार भागदौड मच्चिएपछि बिहान करिब २:१५ बजे १२ जनाको मृत्यु भएको हो भने करिब १५ जना घाइते भएकमा छन्।

घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको बताइएको छ। खासगरी भारतीय हिन्दूहरूले विशेष महत्वको धार्मिक स्थलका रूपमा मान्ने यहाँ हरेक वर्ष लाखौँ मानिसहरूले वैष्णोदेवीको दर्शन गरी पूजाअर्चना गर्दछन्।

यसैबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दु:ख व्यक्त गर्दै पीडित परिवारलाई समवेदना दिएका छन्। मृतकका आफन्तलाई भारतीय दुई लाख रुपैयाँ र घाइतेलाई ५० हजार राहतस्वरूप दिइने भएको छ।

घटनाप्रति विभिन्न दलका नेता, सरकारी अधिकारी तथा सर्वसाधारणले सामाजिक सञ्जालमार्फत दु:ख व्यक्त गरेका छन्। तर स्थानिय जनताले सरकार लाई  दोषारोपण गरेका छन्।

प्रतिक्रिया