आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

डेढ अर्ब भ्रष्टाचार गर्ने प्रबन्ध सञ्चालकसहित १२ जना अख्तियारको फन्दामा

प्रकाशित
1K
SHARES

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम गुणस्तरको डीएपी मल किनेको भन्दै कृषि सामग्री लिमिटेडका प्रबन्ध सञ्चालकसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

मल खरिदमा भ्रष्टाचार भएको भन्दै एक अर्बभन्दा बढी बिगो मागसहित विशेष अदालतमा आइतबार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। यो तालिबान भन्दा डरलाग्दो भ्रष्टाचार भएको पुस्टि भएको हो।

कृषि सामग्री लिमिटेडका तत्कालिन पदाधिकारीविरुद्ध एक अर्ब ५३ लाख २२ हजार ४सय ६ रुपैयाँ ७२ पैसा बिगो माग गरिएको छ।आपूर्तिकर्तालाई निकासा भएको रकम बराबर बिगो माग भएको हो।

लिमिटेडका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी, प्रबन्धक विष्णुप्रसाद पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डे र उप—प्रबन्धक पुष्कर दिप बुढाविरुद्ध उक्त बिगो दाबी गरिएको छ।

यसैगरि नेपाल इनभारोमेन्टल एन्ड साइन्टिफिक सर्भिसेसका प्रबन्ध निर्देशक सलिल देवकोटा, ल्याब निर्देशक सुनिलबाबु खत्री, सिनियर सर्भेयर महेन्द्रकुमार डागा, परामर्शदाता भोलानाथ चौधरी सहित अरु थुप्रै कर्मचारी छन्।

तेस्तै उक्त कम्पनीसँग लिमिटेडका तर्फबाट हस्ताक्षर गर्ने मनोज आचार्यविरुद्ध पनि एक अर्ब ५३ लाख २२ हजार ४सय ६ रुपैयाँ ७२ पैसा विगो दाबी गरिएको छ। उनको गम्भीर मनिरोल हुने बताईएको छ।

यसैगरि आपूर्तिकर्ता जोशी बिज हाउस प्राइभेट लिमिटेड र उसका कार्यकारी निर्देशक विनित जोशीविरुद्ध पनि एक अर्ब ५३ लाख २२ हजार ४सय ६ रुपैयाँ७२ पैसा बिगो दाबी गरिएको छ।

तेस्तै, मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी पारित नगर्न माग गर्दै आइतबार नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसालसहित २२ दलीय मोर्चाले विरोध प्रदर्शन गरेको छ।

एमसीसी राष्ट्रहितविपरीत रहेको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन्। माइतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनमा सहभागीहरूले जनराष्ट्रघाती एमसीसी सम्झौता खारेज गर भन्दै चर्को नारा लगाएका थिए।

वैदेशिक हस्तक्षेप मुर्दावाद, देश बेच्न पाइँदैन जस्ता नारा लगाएका थिए। विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेकपा क्रान्तिकारी माओवादीका महासचिव सिपी गजुरेलले एमसीसी सम्झौता गरेमा नेपाल अमेरिकाको दाश हुने बताएका थिए।

सदनबाट अनुमोदन गरेमा अमेरिकी सेना नेपाल आउन सक्ने बताए।नेपाल बसेर चीनविरोध गतिविधि गर्न अमेरिकाले एमसीसीमार्फत सहयोग गर्न लागेको उनको भनाइ छ।

छिमेकी देश वा अन्य देशविरुद्ध क्रियाकलाप गर्न आफ्नो भूमि प्रयोग गर्न नेपालले दिन नहुने भन्दै उनले यसका लागि एमसीसी स्वीकार्न नहुनेमा जोड दिए। उनले सबै नेपाली जनता एकजुट हुने बेला आएको बताए।

प्रतिक्रिया

आजको ट्रेन्डिङ