आज : गते

ताजा शिर्षकहरु

लिङदेनले गरे चर्चित चार नेतालाई पार्टीबाट निष्काशन

प्रकाशित
0.9K
SHARES

काठमाडौ। राप्रपाले पार्टीका ४ जिल्ला तहका नेतालाई निष्काशनको घोषणा गरेको छ। शुक्रबार बसेको पार्टी पदाधिकारी बैठकले काभ्रेपलाञ्चोक जिल्ला कार्य समितिको सिफारिस अनुसार अध्यक्ष टुल्कु लामा, उपाध्यक्ष श्रीदास लामा,

उपाध्यक्ष गंगामाया लामा र सचिव धनजित लामालाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्काशन गर्ने निर्णय गरेको हो। पार्टीको हित विपरित क्रियाकलाप र गतिविधि गरेकोले उनीहरुलाई निष्काशन गरिएको महामन्त्री भुवन पाठकले जानकारी दिए।

नयाँ नेतृत्व पाएपछि यतिबेला राप्रपा चर्चा छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले, कांग्रेस र माओवादी पार्टी जनताका अगाडि मुख देखाउन लायक नभएको टिप्पणी गरेका छन्।

बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टी, दोलखा जिल्ला कमिटीले काठमाडौंमा आयोजना गरेको नवनिर्वाचित अध्यक्ष लिङ्देनलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले एमाले,

कांग्रेस र नेकपा माओवादी केन्द्र राजनीतिक र नैतिक रुपमा जनताको अगाडि मुख देखाउन लायक नभएको बताएका हुन्। राप्रपाले विगतमा ठिक ढंगले जनतालाई बुझाउन नसक्दा ती पार्टीहरु आकारको हिसाबले ठूलो भएको उनले बताए।

अध्यक्ष लिङ्देनले जनताले देश र धर्मलाई शिरमा बोकेर हिँड्ने राप्रपा पार्टी नै खोजेको भन्दै पार्टी नेतृत्वले कुनै किसिमको कमीकमजोरी नगर्ने बताए। उनले भने,‘अहिले राजनीतिक रुपले र नैतिक रुपले कांग्रेस,

एमाले, माओवादीहरु जो आफुलाई यो देशको ठूलो पार्टी भन्छन्। उनीहरु जनताको बीचमा गएर मुख देखाउन लायक छैनन्। उनीहरु सँग कुनै आधार नै छैन। खाली हिजो कुनै कालखण्डमा हामीले ठिक ढंगले,

जनतालाई बुझाउन नसक्दाखेरी उनीहरुले ठुलो पार्टी हुने मौका पाए। उनले विगतमा विभिन्न कारणले राप्रपा छोडेका र अन्य पार्टीमा भएर पनि राप्रपाको विचार मन पराउनेहरुलाई राप्रपामा आउन आव्हान गरे।

राप्रपामा आउने सबैलाई योग्यता, क्षमता अनुसारको उचित सम्मान र अवसर प्रदान गर्ने उनको आश्वासन थियो। विगतमा भएका मानिसहरु मात्रै बसेर पार्टी नचल्ने भन्दै अध्यक्ष लिङदेनले अन्य पार्टीबाट ल्याएर जिम्मेवारी दिन नसके पार्टी ठूलो नहुने उल्लेख गरे।

तेस्तै, नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूलाई दोस्रो वरीयता नदिएकोमा रिसाएका छन्। नेपाली रेडियो नेटवर्कमा आइतबार बिहान अन्तर्वार्तामा कोइरालाले आफूलाई दोस्रो वरीयतामा राख्नुपर्ने घुमाउरो भाषामा बताए।

नेता कोइरालाले केन्द्रीय सदस्यमा मनोनीत १० जनाको विषयमा असन्तुष्टि जनाएका छन्। दश जनामध्ये ५ जना पराजितहरूलाई केन्द्रीय सदस्य बनाएको भन्दै असन्तुष्टि जनाए।

केन्द्रीय सदस्यमा मनोनीत गरेर सभापति शेरबहादुर देउवाले गुटको विजारोपण गरेको आरोप लगाए। उनले चन्द्र भण्डारी, मीनेन्द्र रिजाल, महेश आचार्यलाई पनि केन्द्रीय सदस्यमा मनोनयन गर्नुपर्ने माग गरेका छन्।

रामचन्द्र पौडेल, शशांक कोइराला र सुजाता कोइरालाका कारण आफू सभापतिमा पराजित भएको उनले बताएका छन्। उनले भने, ‘मैले मेरो भाइ र बहिनीलाई मिलाउन सकिन। पराजित भएँ।

मेरो भाइ र बहिनीले वीपी कोइरालाले मेरो बुबा केशव कोइरालालाई पठाएको पत्रको मर्म बुझेनन्। नेता कोइरालाले राष्ट्रिय सभाको निर्वाचनमा टिकट वितरण गर्न पार्टीको बैठक बोलाउनुपर्ने बताएका छन्।

उनले घुमाउरो भाषामा राष्ट्रिय सभाको निर्वाचनमा भाग खोजेका छन्। प्रदेश नं। २ को अधिवेशनमा आफ्नो समूहका नेताहरूलाई बुझाउन नसक्दा विमलेन्द्र निधिको सभापतिको उम्मेदवारलाई साथ दिएको कोइरालाले बताएका छन्।

उनले भने, ‘मैले मेरा नेताहरूलाई मनाउन सकिन। विमलेन्द्र निधिजीको सभापतिको उम्मेदवार रामसरोज यादवजीलाई समर्थन गरेका हौँ। नेता कोइरालाले सभापति देउवालाई विधिसम्मत काम गर्नुपर्ने बताएका छन्।

एमसीसीका विषयमा कोइरालाले पूरै कुरा नपढेको बताएका छन्। उनले एमसीसीलाई लिएर अगाडि बढ्दा नेपालाई नोक्सान नहुने बताए। नेता कोइरालाले मंगोलियाले पनि एमसीसी लिएको भन्दै नेपालले पनि एमसीसी लिनुपर्ने बताएका छन्।

 

प्रतिक्रिया

आजको ट्रेन्डिङ