आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रकाशमान सिंह सहित १३ जना कांग्रेसनिकट नेता रङ्गेहात समातिए

प्रकाशित
7.8K
SHARES

काठमाडौ। जाजरकोटको भेरी नगरपालिका–४ गैरीखालीस्थित एक स्थानीयको घरमा जुवातास खेल्दै गरेका १३ जनालाई प्रहरीले नगदसहित नियन्त्रणमा लिएको छ। सन्तोष श्रेष्ठको घरमा अवैध रुपमा जुवातास खेलाइरहेको सूचना पाएपछि जिप्रका खलंगाबाट खटिएको प्रहरी टोलीले आइतबार उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प’क्रा’उ पर्नेहरूमा जिल्लामा नाम चलेका नेता छेडागाड–५ का ३६ वर्षीय प्रकाशमान सिंह, भेरी नगरपालिका–५ का ४२ वर्षीया दलबहादुर घर्ती, भेरी–४ को ४६ वर्षीय प्रचण्डजंग शाह, भेरी–८ का २५ वर्षीय जीवन खत्री, भेरी–४ का २७ वर्षीय प्रभात केसी, भेरी–६ बस्ने ३४ वर्षीय शशी बुढा रहेका छन् ।

त्यस्तै भेरी–४ बस्ने ३३ वर्षीय सन्तोष श्रेष्ठ, भेरी–४ का २७ वर्षीय २७ नीराजन भडेल,छेडागाड नगरपाललिका– १३ का ४२ वर्षीय कर्णबहादुर खड्का, छेडागाड–१० का ३६ वर्षीय प्रशुराम गिरी छन् ।

त्यस्तै कुशे गापा–९ का वर्ष ४८ को दिकपाल आरसीजी, रुकुम पश्चिम चौरजहारी नगरपालिका–६ का २० वर्षीय विकाश विक र चौरजहारी नगर–३ मै बस्ने ३० वर्षीय बालकृष्ण बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

प्रहरीले खालबाट दुई लाख ५२ हजार १२० रुपैयाँ र तासका गड्डी र विभिन्न कम्पनीका मोबाइल सेट १३ थान बरामद गरेको छ। प’क्रा’उ पर्नेहरुमा अधिकांश कांग्रेस नेताकार्यकर्ता रहेको प्रहरीले जानकारी दिएको छ।

उनीहरूलाई थुनामा राख्न म्याद थपका लागि प्रक्रियाअगाडि बढाउन लागिएको पनि प्रहरीले जनाएको छ। प’क्रा’उ परेका घर्ती भेरीको प्रमुख प्रशाकीय अधिकृत र शाह वडा ४ को सचिव र बुढा नेपाली कांग्रेस भेरीका सभापति हुन्।

यता नेपाली कांग्रेसको सभापतिका रुपमा पहिलो कार्यकालमा शेरबहादुर देउवामाथि लागेको आरोप हो–सबैको होइन, गुटको सभापति भए । १४औं महाधिवेशनबाट पुनः सभापतिमा निर्वाचित भएको प्रमाणपत्र बुझ्दै देउवाले भनेका थिए, ‘मलाई भोट हाल्यो–हालेन मतलब छैन, सबैको सभापति हुँ ।’ तर सभापतिका रुपमा गरेका सुरुवाती कामले देउवामाथि प्रश्न उठ्न थालेको छ ।

देउवाले आइतबार कल्याण गुरुङ, प्रदीप पौडेल र जीवनबहादुर शाहीलाई केन्द्रीय सदस्यमा मनोनित गरे । सभापतिका उम्मेदवार गुरुङले दोस्रो चरणको मतदानमा देउवालाई समर्थन गरेका थिए भने पौडेल र शाही देउवाकै प्यानलबाट क्रमशः महामन्त्री र सहमहामन्त्रीका उम्मेदवार थिए । उनीहरु दुबै पराजित भएका थिए ।

यसअघि शनिबार १० जना केन्द्रीय सदस्य मनोनित गरेका थिए, उनीहरुमध्ये रामचन्द्र पौडेलले महाधिवेशन प्रक्रियामा भाग नै लिएका थिएनन् । तर आफू उम्मेदवार हुन नपाएपछि डा. शेखर कोइराला समूहमा नखुलेका कारण सभापतिका अर्का उम्मेदवारलाई सघाउ पुगेको नेताहरु बताउँछन् ।

कृष्ण सिटौलाले देउवालाई समर्थन गर्दै उम्मेदवारी नै दिएका थिएनन् भने सभापतिका उम्मेदवार प्रकाशमान सिंह र विमलेन्द्र निधि, उपसभापतिका उम्मेदवार सुजाता कोइरालाले दोस्रो चरणमा देउवालाई समर्थन गरेका थिए ।

विजयकुमार गच्छदार र डा. प्रकाशशरण महत उनकै समूहबाट क्रमशः उपसभापति र महामन्त्रीका उम्मेदवार थिए । नेताहरु नारायण खड्का, उमा रेग्मी र मीनबहादुर विश्वकर्माले कुनै पदमा उम्मेदवारी दिएका थिएनन्, तर सबै देउवाको पक्षमा थिए ।

एक पदाधिकारीका अनुसार केन्द्रीय कार्यसमितिको पहिलो बैठकअघि भएको छलफलमा पदाधिकारीहरुले चासो राख्दा सभापतिभन्दा अघि सरेर उपसभापति पूर्णबहादुर खड्काले ‘तपाईंहरु छोड्नुस् न, सभापतिले गरिहाल्नुहुन्छ नि’ भनेर पन्छाउन खोजेका थिए । तर फेरि प्रश्न गरेपछि देउवाले सभापतिका उम्मेदवारहरु र रामचन्द्र पौडेललाई मनोनित गर्ने संकेत गरेका थिए ।

देउवाले उनीहरुबाहेक आफ्नो समूहबाट उपसभापति र महामन्त्रीका उम्मेदवार भएका क्रमशः गच्छदार र डा. महत तथा आफूलाई मत दिने उमा रेग्मी, नारायण खड्का, मीनबहादुर विश्वकर्मालाई पनि मनोनित गरे । आइतबार तीन जना मनोनित गरे, त्यसमा पनि देउवालाई मत दिनेहरु मात्र गरेका छन् ।

कांग्रेसको विधानले सभापतिलाई ३३ जना केन्द्रीय सदस्य मनोनित गर्ने अधिकार दिएको छ । तर दुई पटक गरी १३ जना केन्द्रीय सदस्य मनोनित गर्दा देउवाले आफूलाई भोट दिनुलाई नै मनोनयनको मापदण्ड बनाएको त होइन भन्ने प्रश्न उठेको छ ।

किनकी उपसभापतिमा ७ उम्मेदवार थिए, जसमध्ये पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भए । विजयकुमार गच्छदार र चन्द्र भण्डारीले खड्का र गुरुङ हाराहारी मत ल्याएका थिए । सुजाता कोइराला र महेश आचार्यको मतान्तर पनि धेरै छैन । तर देउवाले केन्द्रीय सदस्य मनोनित गर्दा गच्छदार र कोइराला मात्र रोजे, जसले उनलाई सभापति बनाउन मत दिएका थिए ।

महामन्त्रीमा पराजित प्रकाशशरण महत र प्रदीप पौडेललाई मनोनित गर्दा मिनेन्द्र रिजाल परेनन् । मनोनित दुबै देउवा प्यानलका उम्मेदवार हुन् भने रिजाल, शेखर कोइरालाकाे टिमबाट महामन्त्री लडेका थिए । अर्थात मनोनित दुबै देउवालाई भोट दिनेहरु हुन् ।

‘कसलाई मनोनित गर्ने भन्ने उनको अधिकार हो, हामीसँग परामर्श गर्नुपर्दैन,’ कांग्रेसका एक पदाधिकारी भन्छन्, ‘तर आफूलाई भोट दिनेहरुलाई मात्र मनोनित गर्नुले उहाँको विवेकको निर्णयमा प्रश्न उठेको छ। अहिले पनि उहाँ गुटकै सभापति हुन खोजेको संकेत देखिएको छ।

सबैको सभापति बन्छु भन्ने सभापति देउवाको अभिव्यक्तिलाई व्यवहारमा कार्यान्वयन गरेर देखाउने बेला आएको बताउँछन्, महामन्त्री गगनकुमार थापा । ‘पार्टी सभापति आफैंले भन्नुभएको कुरा हो, म सबैको सभापति बन्छु ।

उहाँले भन्नुभएको त्यो कुरा व्यवहारमा लागू होस् र त्यो सार्थक बनोस् भन्ने हामी सबैको चाहना हो,’ उनले भने, ‘वरियता र मनोनयनका सम्बन्धमा धेरै टिप्पणी गर्ने कुरा केही छैन, तर सभापतिज्यूको निर्णयमा उहाँले भनेको कुरा आमकार्यकर्ताले महसुस गर्न पाउनुपर्छ । के बोलेँ भनेर होइन, मैले गरेँ भन्ने कुरातर्फ सभापतिको ध्यान जानैपर्छ ।’

संस्थापन समूहबाट निर्वाचित सहमहामन्त्री महेन्द्र यादव भने सभापतिले एकपक्षीय रुपमा मनोनयन गरेको भन्ने आरोप पूर्वाग्रही भएको टिप्पणी गर्छन् । महाधिवेशन प्रक्रियाबाट बाहिर रहेका नेता रामचन्द्र पौडेललाई केन्द्रीय सदस्यमा मनोनित गर्नु सभापति देउवाको उदारता भएको भन्दै उनले भने, ‘अहिले नै सभापतिले एकलौटी गर्नुभयो भनेर भन्नु पूर्वाग्रही हो ।

अझै २० जना मनोनित गर्न बाँकी छ । सभापतिले सबैलाई समेटेरै लैजानुहुन्छ ।’ देउवाले अब २० जना मनोनित गर्न पाउँछन्, तर केन्द्रीय कार्यसमितिमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न १४ जना महिला मनोनित गर्नैपर्ने वाध्यता छ ।

प्रतिक्रिया