आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

माओवादी महाधिवेशनको बिल देखेपछि नेता कार्यकर्ता चकित

प्रकाशित
498
SHARES

काठमाडौं।  नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन काठमाडौँमा जारी छ। पुस ११ गतेदेखि जारी आठौं राष्ट्रिय महाधिवेशनमा अनुमान गरेभन्दा धेरै कम खर्च हुने भएको छ।

एक करोड रुपियाँको हाराहारीमा खर्च हुने पूर्वानुमान गरिए पनि सो हाराहारीमा रकम खर्च नहुने भएपछि नेताहरु चकित भएका छन्।महाधिवेशनमा सहभागी हुनुभएका १७ सय ४२ प्रतिनिधिहरुले,

बिहान र बेलुकाको खाना र बसोबासको व्यवस्था सम्बन्धित जिल्ला र प्रदेशबाट नै व्यवस्थापन हुने हुँदा पनि यो रकम नबढ्ने व्यवस्थापनका जिम्मा पाएका नेता जगत सिंखडा बताउछन्।

कमलादीस्थितको प्रज्ञा भवनको हल भोलि आइतबारसम्म बुकिङ गरिएको बताउदै उनले महाधिवेशनका लागि एक, दुई दिन थप समय लागेता पनि कार्यक्रमस्थल खर्च र खाजा खर्च मात्रै बढेको उनको भनाई छ।

‘दिनमा एक पटकको खाजा खर्च मात्रै हो। महाधिवेशन प्रतिनिधिका लागि ३५० का दरले खाजा खर्च करिब १५ लाख हाराहारीमा लाग्छ। उनले भने, ‘एक करोड खर्च लाग्दैन किनकि, हामीले महाधिवेशनलाई बैचारिक बहसमा केन्द्रित गर्यौं।

अन्य दलहरुको जस्तो होइन, अनावश्यक तडकभडक गरेनौं। माओवादी केन्द्रको महाधिवेशनमा पूर्वानुमानित एक करोड खर्च नहुने सिंखडा भन्छन्। महाधिवेशन खर्च ५० लाखको हाराहारीबाट केही बढ्ने उनको भनाइ छ।

पार्टीको महाधिवेशनको आजको बन्दसत्र हलले विधान पारित गरेसँगै सर्वसम्मतबाट नेतृत्व चयन हुनुपर्नेमा माओवादी केन्द्रले जोड गरिरहेको छ। एमाले कांग्रेसले करोडौँ रकम खर्च गरेको भन्दै आलोचना भइरहेका बेलामा ५० लाख खर्च भएको सुन्दा सबैजना चकित भएका छन्।

तेस्तै, नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन काठमाडौँमा जारी छ। पुस ११ गतेदेखि जारी आठौं राष्ट्रिय महाधिवेशनमा अनुमान गरेभन्दा धेरै कम खर्च हुने भएको छ।

एक करोड रुपियाँको हाराहारीमा खर्च हुने पूर्वानुमान गरिए पनि सो हाराहारीमा रकम खर्च नहुने भएपछि नेताहरु चकित भएका छन्।महाधिवेशनमा सहभागी हुनुभएका १७ सय ४२ प्रतिनिधिहरुले बिहान र बेलुकाको,

खाना र बसोबासको व्यवस्था सम्बन्धित जिल्ला र प्रदेशबाट नै व्यवस्थापन हुने हुँदा पनि यो रकम नबढ्ने व्यवस्थापनका जिम्मा पाएका नेता जगत सिंखडा बताउछन्।

कमलादीस्थितको प्रज्ञा भवनको हल भोलि आइतबारसम्म बुकिङ गरिएको बताउदै उनले महाधिवेशनका लागि एक, दुई दिन थप समय लागेता पनि कार्यक्रमस्थल खर्च र खाजा खर्च मात्रै बढेको उनको भनाई छ।

दिनमा एक पटकको खाजा खर्च मात्रै हो। महाधिवेशन प्रतिनिधिका लागि ३५० का दरले खाजा खर्च करिब १५ लाख हाराहारीमा लाग्छ। उनले भने, एक करोड खर्च लाग्दैन किनकि, हामीले महाधिवेशनलाई बैचारिक बहसमा केन्द्रित गर्यौं।

प्रतिक्रिया