आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ललितपुर पुगेकी हिमानी शाहलाई आपत

प्रकाशित
0.9K
SHARES

काठमाडौ।पूर्वयुवराज्ञी हिमानी शाहले ललितपुर स्थित बज्रवाराही पेगेकी छन्। उनले त्यहाँ विशेष पूजा आराधना तथा ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेकी छन्।

उनले नेवा एकता समाजले बज्रवाराही मन्दिर परिसरमा आयोजना गरेको कार्यक्रममा बज्रवाराही शक्ति पीठको पूजा गर्नुका साथै ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेकी हुन्।

पुजारी बासुदेव कर्माचार्यले पूर्वयुवराज्ञी शाहलाई टीका लगाइएका थिए भने उनी त्यहाँ पुग्दा स्थानीयबासीले स्वागत गरेका थिए। स्थानीयबासी स्वागतका लागि स्वत स्फूर्त उपस्थित भएपछि हिमानीलाई कार्यक्रमस्थलबाट बाहिरिन हम्मेहम्मे परेको थियो।

उनलाई स्थानीयले घेराबन्दी गरेका थिए। त्यो घेराबाट फुत्किन उनलाई झण्डै आधा घण्टा लागेको थियो। राजतन्त्र जिन्दावाद, राजा आउ देश बचाउन लगाएका नारा लगाएर स्थानीयवासी हिमानीलाई रोकेका थिए ।

अब सहने छुट हामीलाई छैन- हिमानी: यसअघि पूर्व युवराज्ञी हिमानी शाहले नेपालबाट भैरहेको प्रतिभा पलायन रोक्नुपर्ने बताएकी छन्। नवलपरासीका बाढी पीडितलाई राहत वितरण गर्नेक्रममा शाहले भनिन्।

‘प्रतिभा पलायन रोक्नुपर्नेछ। यो स्थितीलाई सहेर बस्ने सुविधा हामी कसैलाई छैन। हिमानी ट्रस्टले शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नवलपरासीका ५ सय बाढी पीडित परिवारलाई खाद्यान्न सहयोग गरेको छ।

पूर्वयुवराज्ञी हिमानी शाहको जन्मदिनको अवसर पारेर यस्तो सहयोग गरिएको हो। मानवीय बालश्रम, नयाँ नेपाल अनाथालय र सोलु बालकल्याण आश्रममा रहेका बालबालिकाका लागि पनि खाद्यान्न सहयोग गरेको छ।

त्यसैगरी राष्ट्रिय जनजागरण समाज सुधार आश्रमका ४४ बालबालिकाका लागि लुगा सहयोग गरिएको छ। सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै कोषकी अध्यक्ष पूर्व युवराज्ञी शाहले नेपाली जनताको सेवा नै कोषको लक्ष्य रहेको बताइन्।

उनले महामारीको समय सबै एकजुट हुनुको विकल्प नरहेको बताइन्। उनले भनिन्, सबै जनसंख्यालाई खोप लगाउनुपर्नेछ। किसानका समस्या समाधान गर्दै कृषि उत्पादनको बजारीकरण गर्नुपर्नेछ।’

कोषले विगत ११ वर्षदेखि निरन्तर रूपमा सामाजिक कार्य गर्दै आएको छ। तेस्तै, राप्रपा पूर्वअध्यक्ष कमल थापाले पार्टीका चार जिल्लास्तरीय नेतामाथि भएको कारबाहीप्रति आपत्ति जनाएका छन्।

थापाले ट्वीटरमार्फत विधानविपरीत स्पष्टीकरणको मौकासमेत नदिइ नेताहरूलाई कारबाही गरेको भन्दै आपत्ति जनाएका हुन्। लिङ्‍लेनले काभ्रेका जिल्ला अध्यक्षसहित चार नेतालाई कारबाही गरेका थिए।

अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा शुक्रबार बसेको बैठकले लामा लगायतलाई पार्टी हित विपरितको गतिविधि गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गरेको थियो।

राप्रपा काभ्रे जिल्ला अध्यक्ष टुल्कु लामा र गाउँपालिकाका दुई निर्वाचित वडाअध्यक्षहरूलाई स्पष्टीकरण दिने अवसर नै नदिई पार्टीबाट निष्कासन गर्ने पदाधिकारी बैठकको निर्णय अवैधानिक र पार्टी हित विपरित छ।

सो निर्णयप्रति खेद व्यक्त गर्दछु। पदाधिकारी बैठकलाई विधानले त्यस्तो अधिकार दिएको छैन’ उनले ट्वीटरमा लेखेका छन्। राप्रपा काभ्रे जिल्ला अध्यक्ष टुल्कु लामा र गाउँपालिकाका दुई निर्वाचित वडाअध्यक्षहरुलाई स्पष्टीकरण दिने ?

अवसर नै नदिई पार्टीबाट निष्कासन गर्ने पदाधिकारी बैठकको निर्णय अवैधानिक र पार्टी हित विपरित छ। सो निर्णयप्रति खेद व्यक्त गर्दछु।पदाधिकारी बैठकलाई विधानले त्यस्तो अधिकार दिएको छैन।

प्रतिक्रिया