आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृह जिल्ला पुगेर रुन थालिन रामकुमारी झाँक्री, कारण थाहा पाएर सबै चकित

प्रकाशित
1.1K
SHARES

काठमाडौ। हाल माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीकी सचिव रहेकी शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफ्नो पूर्व पार्टी एमाले सम्झिएकी छन। शुक्रबार गृह जिल्ला गुल्मीको एक कार्यक्रममा पुगेर मन्त्री झाँक्री रोएकी छन्।

गुल्मीको नेकपा एमालेको पार्टी कार्यालयनजिकै उद्घाटन हुँदै गरेको नेकपा एसको कार्यालयमा उभिएर आफूहरुले अनेकै संघर्षका बाबजुद पक्की घर बनाउन सफल भए पनि अलग्गिनुपरेको सुनाइन्।

धेरै मेहनत गरेका थियौं त्यो घर बनाउन । तर त्यही घर पार्टीबाट अलग भयौं, यात्रा कठिन छ, कठिन भए पनि यात्रा सम्भव छ,’ यति भनेपछि एकाएक भावुक बनिन् मन्त्री झाँक्री।

धेरै मान्छेले पार्टी कसरी निर्माण गर्छौ, राजनीति यात्रा कसरी अगाडि बढ्छ भनेर आफूहरुलाई प्रश्न गरिरहेको भन्दै उनले गहभरि आँशु झार्दै रोएकी हुन्।

मन्त्री झाँक्रीले निर्वाचन भए नेकपा एमाले पत्तासाप हुने भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन नै नचाहेको र अबको निर्वाचनमा एमाले पत्तासाप हुने बताइन्।

सत्ता बाहिर बस्नु पर्दाको पीडाले एमाले अत्तालिएको भन्दै मन्त्री झाँक्रीले जनताको समस्या बोल्ने र समाधान गर्ने थलो संसद अवरुद्ध गरेर एमालेले निरंकुश पारा देखाएको बताइन्।

जनताको समस्यालाई समाधान गर्ने थलोलाई बन्धक बनाउनु दुःखद् भएको भन्दै उनले संसदलाई बन्धक बनाइ राख्ने प्रवृत्तिको अन्त्य गरी जनताको समस्या समाधान तर्फ लाग्न एमाले अध्यक्ष ओलीलाई सुझाव दिइन्।

तेस्तै, आर्टिकलहरू लेख्दै आएका डम्बर खतिवडाले अमेरिकन मिलेनियम च्यालेञ्ज एमसीसीको विरोध गर्दै आएका एमालेका नेता भीम रावललाई नाङ्गेझार बनाएका छन्।

खतिवडाले ट्वीटमार्फत रावलले पनि एमसीसीलाई सरकारी पैसा दिन सहमति जनाएको दाबी गरेका छन् । रावल उप–प्रधान एवम् रक्षा मन्त्री रहेका बेला बसेको मन्त्रिपरिषद बैठकले एमसीसीलाई नेपाल सरकारको तर्फबाट १ अर्ब ३० करोड दिने निर्णय गरेको खतिवाडले बताएका छन्।

खतिवडाले भनेका छन्, ‘कमरेड भीम रावल १ २०७२ पुस १० गते र २०७३ असार ३१ गतेको मन्त्रिपरिषद बैठकमा तपाई हुनुहुन्थ्यो वा हुनुहुन्नथ्यो रु ती दिन एमसीसी नेपाल कम्प्याक्टबारे के निर्णय गरेको छ रु फेरि एकपटक हेर्नुस्।

‘तपाई पनि मन्त्री रहेको ती दिनको निर्णयप्रति तपाईको कुनै नैतिक दायित्व छ वा छैन खतिवडाले एमालेका नेता रावलसँग प्रश्न गरेका छन्। खतिवडाले भनेका छन् प्रधानमन्त्री खड्गप्रसाद ओलीको २०७३ असार ३१ गतेको मन्त्रिपरिषद् बैठकले,

एमसीसीएलाई नेपालतर्फको १ अर्ब ३० करोड निकासा दिने निर्णय गरेको थियो, जुन सरकारको उप–प्रधानमन्त्री तथा रक्षामन्त्री कमरेड भीम रावल थिए। सस्तो लोकप्रियताका लागि झुठ र पाखण्डको राजनीति अनैतिकता र बेइमानी बाहेक केही हैन।

खतिवडाले ट्वीटरमा लेखेका छन्। एमालेका नेता रावलले पनि खतिवडालाई ट्वीटरमा मेन्सन गर्दै जवाफ दिएका छन्। रावलले आफू त्यो दिनको मन्त्रिपरिषद बैठकमा उपस्थित नभएको दाबी गरेका छन्।

रावल आफै उप–प्रधान र रक्षा मन्त्री बनेर बसेको आफ्नै पार्टीको सरकारले एमसीसीका लागि १ अर्ब ३० करोड दिने निर्णयलाई गुपचुप राखेर रावलले एमसीसीविरुद्ध उत्पात मच्चाउँदै आएका बेला यति ठूलो रहस्य बाहिर आएको छ।

ट्वीटरमा रावलले लेखेका छन्, डम्बर जी, तपाईले भन्नुभएका मन्त्रिपरिषदका बैठकमा मेरो उपस्थिति थिएकि थिएन, कम्प्याक्टबारे के कुरा वा निर्णय भएको थियो, फोनमा सोध्नुभएको भए भनिहाल्थें।

‘ट्वीटमा सोध्नु भएछ। म रहेको मन्त्रिपरिषदको बैठकमा कम्प्याक्टबारे कुरा भएको थिएन’, रावलले दाबी गर्दै भनेका छन्, देशहित र स्वाधीनताको पक्षमा जहिले पनि उभिनुपर्छ।

खतिवडाले रावललाई अझै नाङ्गेझार बनाउँदै ट्वीटरमा लेखेका छन्, त्यो दिन तपाईं बैठकमा हुनु, नहुनुले क्याबिनेट प्रणालीमा कति नै अर्थ राख्ला कमरेड १ तर, त्यसपछि त्यही विषयमा नैतिक दायित्व लिँदै राजीनामा गर्नु भो त ?

खतिवडाले रावललाई प्रश्न गर्दै भनेका छन्, ‘नेकपा नेकपा मा समस्या उत्पन्न हुनुअघि कहिँ कतै बोल्नु भो त २०७७ वैखाख ८ सम्म किन मौन रहनु भो थाहा नभएर हो त?

प्रतिक्रिया