आज : गते

ताजा शिर्षकहरु

पदमुक्तको भएको चार महिनापछि सरकारी गाडी फिर्ता

प्रकाशित
659
SHARES

काठमाडौं। प्रदेश १ पूर्वमुख्यमन्त्री शेरधन राईले पदमुक्तको चार महिनापछि मात्र सरकारी गाडी फिर्ता गरेका छन्। चार महिना अघि मुख्यमन्त्रीबाट हटे पनि सरकारी सेवासुविधा उपभोग गर्दै आएका थिए।

राईको तीव्र आलोचना भएपछि उनले अहिले आएर गाडी फिर्ता गरेका हुन्। उनले काठमाडौंमा गाडी फिर्ता गरेको प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालले पुष्टि गरे।

गाडी लिन आउनुहोस् भनेर माननियज्यूले फोन गर्नुभयो।  दाहालले भने, ‘मन्त्रालयबाट ड्राइभर पठाएर अब गाडी ल्याउने तयारी भइरहेको छ। मुख्यमन्त्रीको पदावधि सकिएपछि सेवासुविधाको,

विषयमा प्रदेश सरकारले अहिलेसम्म कुनै कानुन बनाएको छैन। कानुनमा नै नभएको सेवासुविधा राइले ४ महिना प्रयोग गरे। राईले गत भदौमा मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए।

उनले को१झ ५६५ नम्बरको गाडी प्रयोग गर्दै आएका थिए।राईकै कार्यकालमा काठमाडौंमा सम्पर्क कार्यालय खोलिएको थियो। सम्पर्क कार्यालय खोलिएको विषयमा चर्को विरोध भएपछि,

निवर्तमान मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकारले कार्यालय हटाएको थियो। वर्तमान मुख्यमन्त्री राजेन्द्र राईले सम्पर्क कार्यालयका फर्निचर सरकारी निवासमा राखेका छन्।

तेस्तै, नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं प्रदेश नम्बर १ का पूर्वमुख्यामन्त्री शेरधन राईले प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवका कारण प्रधानमन्त्री शेरबहादुर देउवा अफ्ठेरोमा परिरहेको बताएका छन्।

एमाले खोटाङले मंगलबार बिहान दिक्तेलमा आयोजना गरेको बधाई तथा शुभकामना ग्रहण गर्दै एमाले नेता राईले वर्तमान गठबन्धन सरकार लामो समयसम्म टिक्ने अवस्थामा नभएको बताएका हुन्।

वर्तमान गठबन्धन भत्काउने वा चाँडो चुनावमा जाने अवस्थाबाट सरकार गुज्रिरहेको उनको भनाइ छ । ुयो गठबन्धनको सरकार लामो समयसम्म टिक्ने अवस्था छैन।

शेरबहादुर देउवालाई असाध्यै गाह्रो भइरहेको छ। एकातिर प्रचण्डजस्तो मान्छे छ, अर्कातिर माधव नेपाल, अर्कातिर उपेन्द्र यादव। यी मान्छेहरुले शेरबहादुर देउवालाई अप्ठ्यारो बनाइरहेको अवस्था छ।

त्यसो हुँदा गठबन्धन भत्काउने वा छिटो चुनावमा जाने यो खालको अवस्थामा अहिलेको गठबन्धन छ,’ राईले भने, ‘त्यतिकै पनि चुनाव आइसक्यो। स्थानीय चुनाव हुने बेला भइ नै सक्यो।

प्रदेश र संघको चुनाव पनि धेरै बाँकी छैन। त्यसैले अवको निर्वाचनमा एमाले एक्लैले जित्न सक्छ, जित्नुपर्छ र समृद्धिको यात्रालाई अझ फराकिलो बनाउँदै लैजानुपर्छ। समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई मूर्त रुप दिनुपर्छ।

समाजवादको आधार तयार गर्दै अगाडि बढ्नुपर्छ। सर्वोच्च अदालतले सेटिङमा परमादेशबाट बनाइदिएको केन्द्र सरकार र अध्यादेशबाट बनेको प्रदेश सरकारले अनुचित ढंगले निजी स्वार्थ पूरा गर्ने हिसाबले बजेट खर्च गरिरहेको उनले दाबी गरे।

अहिले परमादेशबाट सर्वोच्च अदालतले सेटिङमा बनाइदिएको सरकार माथि छ। अध्यादेशले बनाएको सरकार प्रदेशमा छ। उसले न जनताका लागि राष्ट्रका लागि सोच्छ, न केही गर्छन्, उनले भने।

हामीले थालेका राम्रा कामहरुलाई भत्काउने, त्यसलाई रोक्ने र अनुचित ढंगले श्रोतहरुको बजेटको दुरुपयोग गर्ने, आफ्नो निजी स्वार्थ पूरा गर्ने हिसावले खर्च गर्ने हिसावले काम गरिरहेका छन्। त्यसको खबरदारी गर्ने जिम्मा हाम्रो छ।

नेता राईले एमालेमाथि पटक–पटक आक्रमण हुँदै आएको उल्लेख गरे। एमालेलाई सिध्याउनकै लागि २०५० सालमा मदन भण्डारीलाई षडयन्त्रपूवर्क हत्या गरिएको दावी गरे।

प्रतिक्रिया

आजको ट्रेन्डिङ