काठमाडौं। अष्ट्रेलियाले पनि आगामी फेब्रुअरीमा बेइजिङमा हुने शीतकालीन ओलम्पिकमा आफ्ना कुनै कुटनीतिज्ञ वा आधिकारिक प्रतिनिधिमण्डल नपठाउने घोषणा गरेको छ।
अमेरिकाले यसअघि नै मंगलबार बेइजिङ ओलम्पिक कुटनीतिक रुपमा बहिष्कार गर्ने घोषणा गरिसकेको छ। अमेरिकी घोषणालगत्तै अष्ट्रेलियाले समेत शीतकालीन बेइजिङ ओलम्पिक बहिष्कार गर्ने बताएको हो।
बुधबार सिड्नीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले शीतकालीन बेइजिङ ओलम्पिक बहिष्कार गर्ने बताएका हुन्। मानव अधिकार र सिनजियाङको मुद्दा’सम्बन्धी चासो चीनसमक्ष व्यक्त गरेको पनि उनको भनाइ छ।
तर आउँदो फेब्रुअरीमा हुने शीतकालीन ओलम्पिकमा अष्ट्रेलियाका खेलाडी सहभागी हुने मोरिसनले प्रस्ट पारे। अमेरिकाले पनि मानव अधिकार हनन र जिनसियाङका उइगुर मुस्लिममाथि भइरहेको व्यवहारका कारण बेइजिङ ओलम्पिकमा आफ्ना कुनै कुटनीतिज्ञ वा प्रतिनिधि नपठाउने निर्णय गरेको छ।
तर अमेरिकी खेलाडी भने सहभागी हुने छन्। चीनले शीतकालीन बेइजिङ ओलम्पिक कुटनीटिक रुपमा बहिष्कार गर्ने अमेरिकी घोषणाको निन्दा गरिसकेको छ। मंगलबार चिनियाँ विदेशमन्त्रीका प्रवक्ता झाओ लिजियानले अमेरिकी कदमप्रति ‘सशक्त जवाफ’ दिने बताएका थियो।
तर चीनले दिने सशक्त जवाफबारे उनले केही खुलाएनन्। त्यस्तै, लिजियानले अमेरिकामाथि ‘खेलकुदमा राजनीतिक तटस्थता’ को सिद्धान्त उल्लंघन गरेको आरोप समेत लगाएका थिए।
तेस्तै, नेपाल क्रिकेट संघ क्यानले ओमानमा हुने टी-२० विश्वकप ग्लोबल क्वालिफायरको बन्द प्रशिक्षणका लागि पहिलो चरणमा ३० खेलाडी छनोट गरेको छ।
क्यानले बिहीबार ३० खेलाडीको नाम सार्वजनिक गर्दै छनोट समितिले मुख्य प्रशिक्षक पुबुदु दासानायकेसंग सहकार्यमा ३० खेलाडी छनोट गरेको क्यानले जनाएको छ।
अर्को वर्ष अष्ट्रेलियामा हुने टी-२० विश्वकपका लागि फेब्रुअरीमा ओमानमा हुने ग्लोबल क्वालिफायरमा नेपाल समूह बी मा छ। पहिलो चरणमा छनोट भएका खेलाडीले शनिबारदेखि काठमाडौंमा प्रशिक्षण गर्ने क्यानले जनाएको छ।
बन्द प्रशिक्षणमा छनोट भएका ३० खेलाडी यी हुन्, सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, शरद भेषावकर, करण केसी, सोमपाल कामी, मोहम्मद आरिफ शेख, विनोद भण्डारी, कुशल मल्ल, कुशल भुर्तेल, मोहम्मद आसिफ शेख, कमल सिंह ऐरी, शाहब आलम, सन्दीप जोरा।
तेस्तै, अविनाश बोहरा, सुशन भारी, पवन सर्राफ, विक्रम सोब, भीम सार्की, रोहितकुमार पौडेल, प्रदीप ऐरी, गुल्सन कुमार झा, नन्दन यादव, जितेन्द्रकुमार मुखिया, विवेक कुमार यादव, सौरभ खनाल, राजेश पुलामी मगर, किशोर महतो, सागर ढकाल, हरिशंकर शाह।
प्रतिक्रिया