आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

जब आफैँलाई एसिड प्रहार गर्ने युवकससँग विवाह भयो…..

प्रकाशित
316
SHARES

एजेन्सी। टर्कीमा एसिड आक्रमणमा परेकी युवतीले एसिड प्रहार गर्ने युवकसँगै विवाह गरेकी छन्। आक्रमणमा परेकी २० वर्षीया बेरफीन ओजेक नामकी युवतीले आफूमाथि एसिड प्रहार गर्ने युबा सित बिबाह गरेर सबैलाई चकित पारेकी छिन्।

कासिम ओजन सेल्टी नामका युवकसँग विवाह गरेपछि सामाजिक सञ्जालमा चर्को आलोचना गरिरहेका छन्। कासिम ओजन सेल्टी युवतीका पूर्व प्रेमी हुन्। युवतीको यो निर्णयले सबैलाई चकित पारेको छ।

समाचार संस्था डेली मेलमा प्रकाशित खबरअनुसार कासिमले बेरफिनमाथि सन् २०१९ मा एसिड प्रहार गरेका थिए। एसिड प्रहार गर्नु केही समय अघिसम्म दुवैजना प्रेममा रहेको समाचारमा उल्लेख छ।

प्रेममा विछोडपछि युवकले युवतीमाथि एसिड प्रहार गरेका थिए। युवकलाई अदालतले १३ वर्ष ६ महिनाको जेल सजाय तोकेको भए पनि विश्वभर फैलिएको कोभिड महामारीका कारण कानुन परिवर्तन भएपछि उनी छिट्टै जेलमुक्त भए।

एसिड प्रहार गर्नुअघि युवकले युवतीलाई आफ्नो बाहेक अरु कसैको हुन नदिने बताएका थिए। घटनापछि उपचाररत युवतीको होस आएलगत्तै युवकलाई गिरफ्तार गरिएको थियो।

समय बित्दै जाँदा युवकले गल्ती महसुस गर्दै युवतीसँग लगातार माफी मागेपछि बेरफिनले उजुरी फिर्ता लिएकी थिइन्। बेरफिनको बुवाले छोरीको यस्तो निर्णयबाट खुसी नभएको र आफूलाई विवाहको बारेमा जानकारी नगराएको भन्दै गुनासो गरेका छन्।

लामो समयसम्म छोरीको लागि लडेको कानुनी लडाईं बालुवामा पानी खन्याएको जस्तो भएको उनको भनाइ छ। विवाह गरेपछि त्यो जोडीले कुनै पनि आलोचनाको जवाफ दिएका छैनन्।

एक सामाजिक सञ्जाल प्रयोगकर्ताले माफी माग्दैमा अपराध कम नहुने भन्दै विवाह धेरै समय नटिक्ने ठोकुवा गरेका छन्। ती प्रयोगकर्ताले युवतीले जीवन वर्वाद पार्ने युवकसँग विवाह गर्न नहुने अडान दोहोर्याए।

तेस्तै, फिल्ममा अभिनय कलाका कारण दर्शकलाई मोहित बनाउने कलाकारहरू वास्तविक जीवनमा कति पीडामा छन् भन्ने कुरा कमैलाई मात्र थाहा होला । फिल्ममा खुसी साथ अभिनय गर्ने यी कलाकारहरूको भित्री पीडा निकै दर्दनाक नै छ।

बलिउडमा यस्ता केही अभिनेता छन्, जसले सन्तान शोकको पीडा भोगेका छन्। बलिउडका मिस्टर परफेक्टनिस्ट’ आमिर खान सन्तान शोकको पीडा भोग्ने कलाकारमा पर्दछन्।

आफ्नो सन्तानको स्वागतका लागि तयारी गरिरहँदा केही कारणले उनको श्रीमतीको गर्भपात भएको थियो। यो कुराले आमिरलाई ठूलो झड्का लागेको थियो । तर पनि उनले आफ्नो पीडालाई भुलेर करियरलाई अगाडि बढाए।

अभिनेता शेखर सुमनले पनि ११ वर्षको छोरालाई गुमाएका छन्। मुटुको बिरामीका कारण उनको छोरा आयुषको निधन भएको थियो। अहिले पनि अन्तर्वार्ताका क्रममा छोरालाई सम्झेर भावुक हुने गरेका छन्।

गोविन्दाले चार महिनाकी छोरीलाई गुमाउनु परेको छ। उनले अन्तर्वार्तामा छोरीसँग आफूले चार महिना मात्र बस्न पाएको स्मरण गर्ने गरेका छन्। अभिनेता कवीर वेदीले पनि पुत्रशोकको पीडा भोगेका छन्।

उनको छोरा सिद्धार्थ डि’प्रे’स’न’को सिकार बनेका थिए। जसकारण उनले आ’त्म’ह’त्या गरेका थिए। छोराको श’व’ला’ई बोकेर उनले दा’ह’सं’स्का’र गरेका थिए।

प्रतिक्रिया