आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रचण्डको ऋण देखेर नेता कार्यकर्ता चकित

प्रकाशित
5.6K
SHARES

काठमाडौ। नेकपा माओवादी केन्द्र भनेकै प्रचण्ड हुन् भन्ने कुरा पटकपटक प्रमाणित हुदैँ आएको छ। अहिले माओवादीको महाधिवेशन चलिरहेको छ। नेकपा माओवादी केन्द्रको एक आर्थिक वर्षमा आम्दानी भन्दा खर्च धेरै देखिएपछि पार्टी ऋणमा डुबेको छ।

पार्टीको आठौं राष्ट्रिय महाधिवेशनमा शुक्रबार प्रस्तुत भएको लेखा आयोगको प्रतिवेदनमा पार्टीको हिसाव किताब ऋणात्मक देखिएको एक नेताले जानकारी दिए।

नेताका अनुसार पार्टीको आम्दानी आर्थिक वर्ष २०७७–७८ मा ७९ लाख २० हजार ५१८ रुपैयाँ देखिएको छ।  तर खर्च भने झण्डै ७८ लाख बढी देखिएको ती नेताले बताए ।

उनका अनुसार सदस्यता दस्तुतरबापत ६८ लाख ३२ हजार ८२३ रुपैयाँ संकलन भएको छ। यस्तै अन्य आम्दानीबाट जम्मा ७९ लाख २० हजार रुपैयाँ हाराहारीमा आम्दानी भएको लेखा आयोगको प्रतिवेदनमा उल्लेख गरिएको छ।

यस्तै विभिन्न शीर्षकमा गरी खर्च ७८ लाख १८ हजार रुपैयाँ भएको प्रतिवेदनमा उल्लेख छ। जसअनुसार ८ लाख ८७ हजार हाराहारीमा घाटा देखिएको प्रतिवेदनमा भनिएको छ।

आयोगले २०७४ फागुन फागुन २४ गतेदेखि २०७८ असार मसान्तसम्मको पार्टीको अन्तिम लेखा परीक्षण सम्पन्न गरेर निर्वाचन आयोगमा पेश गरेको पनि बताएको छ। पार्टीको कुल चलअचल सम्पत्तिको ६६ करोड ३८ हजार २२३ बराबरको रहेको पनि प्रतिवेदनमा उल्लेख गरेको बताइएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विचारको निर्माण गर्न छुट्टै महाधिवेशन गर्ने घोषणा गरेका छन्। प्रज्ञा प्रतिष्ठानको भवनमा जारी पार्टीको आठौँ महाधिवेशनको बन्दसत्रमा,

आफ्नो दस्तावेजमाथि उठेका प्रश्नमा जवाफ दिने क्रममा अध्यक्ष प्रचण्डले प्रतिनिधिबाट आएका प्रश्न तथा सुझाव समेटेर ठोस विचार विकास गर्न छुट्टै महाधिवेशन गरिने जानकारी गराएका हुन् ।

वर्तमान महाधिवेशन विचारको बहसमा सुरुवात भएको र अर्को विशेष महाधिवेशनमा थप अध्ययन, अनुसन्धान र बहस गरेर विचारको विकास गरिने उनको भनाइ छ।

तेस्तै नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका महाधिवेशन प्रतिनिधिसामु मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसीबारे   अमूर्त जवाफ दिएर टार्ने प्रयत्न गरेका छन् ।

गत सोमबार आफूले पेस गरेको वैचारिक तथा राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको शुक्रबार जवाफ दिने क्रममा प्रचण्डले एमसीसीबारे अस्पष्ट जवाफ दिएका हुन् । एमसीसीबारे धेरै बोल्नु उपयुक्त नहुने भन्दै उनले एमसीसी पार लगाउनुपर्ने बताए ।

‘एमसीसीको बारेमा धेरै बोल्दा देश खतरातर्फ जाने सम्भावना भएको हुँदा धेरै बोल्नु परेन । सारमा जे प्रतिवेदनमा छ त्यही रुपमा बुझ्नुहोला । पार लगाइन्छ,’ उनले भने ।

एमसीसी पार लगाउने भन्ने प्रचण्डको जवाफको आशय पारित गर्ने वा खारेज गर्ने हो भन्ने स्पष्ट हुन नसकेको महाधिवेशन प्रतिनिधिहरू बताउँछन् । उनको सो धारणा एमसीसी खारेज गर्नुपर्ने केही महाधिवेशन प्रतिनिधिको बुझाइ छ भने अधिकांश अलमलमा परेका छन्।

तेस्तै,कोरोनाभाइरस संक्रमण जोखिमलाई मध्यनजर गर्दै स्थगित गरिएको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बोलाइएको छ ।अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिपत्र जारी गर्दै २७ माघका लागि आह्वान गरिएको केन्द्र समिति बैठकले,

केन्द्रीय समितिको पूर्णता, पोलिटब्यूरो एवं स्थायी समितिको गठन र बाँकी पदाधिकारीहरूको निर्वाचन गर्ने जानकारी गराएका छन्। सोही बैठकले केन्द्रीय समितिका सदस्यहरुको कार्य विभाजनसहित महाधिवेशनले पारित गरेको कार्यदिशा अनुरुप कार्ययोजना निर्माण गर्ने

र तत्कालीन परिस्थितिको समीक्षा गरेर थप निर्णय लिइने प्रचण्डले भनेका छन् । यसअघि २५ र ८ माघका लागि बोलाइएको बैठक कोरोनाको कारण स्थगित भएको थियो ।आगामी स्थानीय तहदेखि प्रतिनिसभा सदस्य निर्वाचनको विषयमा पनि बैठकमा छलफल गर्ने अध्यक्ष प्रचण्डले परिपत्रमा उल्लेख गरेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टी महासचिवमा वर्षमान पुनलाई अगाडि बढाएको पुष्टी भएको छ । माघ ८ गतेका लागि बोलाइएको बैठक स्थगित गरेपछि यस्तो पुष्टि भएको हो ।

वर्षमान माघ १० गते मात्रै नेपाल फर्किदै छन्। उनको सहभागीता बिना बैंठक सम्भव नभएको भन्दै प्रचण्डले केन्द्रीय समिति बैठक स्थगित गरेका हुन्। प्रचण्डले पदाधिकारी चयनका लागि माघ २७ गते केन्द्रीय समिति बैठक बोलाएका छन् ।

अध्यक्ष प्रचण्डले प्रदेश अध्यक्ष र इन्चार्जहरुलाई परिपत्र केन्द्रीय समितिको पूर्णता, पोलिटब्यूरो र स्थायी कमिटी गठन र पदाधिकारी चयनका लागि २७ गतेदेखि केन्द्रीय समिति बैठक बस्ने जानकारी दिएका हुन्।

यो बैठकले केन्द्रीय सदस्यहरुको कार्ययविभाजन गर्नुका साथै महाधिवेशले पारित गरेको कार्यदिशाअनुसार कार्ययोजना बनाउने प्रचण्डको परिपत्रमा उल्लेख छ। उनले केन्द्रीय समितिको आगामी बैठकले निर्णय नगर्दासम्म यसअघिका सबै प्रदेश समिति,

जिल्ला समस्न्वय समिपित, विभाग, जनवर्गीय एवं मोर्चा संगठनका इचार्जहरुले नै यतावतको जिम्मेवारी सम्हाल्ने समेत बताएका छन्। साथै प्रदेश समिति र पदाधिकारीको निर्वाचनलाई छिटो गर्न समते उनले भनेका छन्।

तेस्तै, ओलीले प्रचण्डमाथि खनिदैँ लगाए गम्भीर आरोप, माओवादीमा खैलाबैला: नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले अलिकति इमान गुमाएपछि जहिल्यै सत्तामा बस्न पाइने बताएका छन्।

शुक्रबार स्वदेश फर्किएका नेपालीहरूको भेलामा बोल्दै एमाले अध्यक्ष ओलीले इमान जमान गुमाएकैले माओवादी केन्द्र जहिल्यै सत्तामा पुगेको भन्दै कटाक्ष गरे।

अलिकति राजनीति इमान र जमान गुमाएपछि जहिल्यै पनि सत्तामा बस्न पाइने रहेछ। जस्तै, प्रचण्डहरू हिजो म प्रधानमन्त्री हुँदा पनि सरकारमै थिए, अहिले कांग्रेस नेतृत्वमा सरकारमा छन्, ओलीले भने।

उनले विदेशबाट फर्केका नेपालीले अब आफैं नेपाल बनाउनुपर्ने संकल्प गर्न आग्रह गरे। हिजो जर्मनी बनाउन बिस्मार्कले जे जस्तो नीति र रणनीति अख्तियार गरे, अब आफूले नेपाल बनाउने दाबी पनि गरे।

उनले आफ्नो पार्टीले नेपाल बनाउने पनि उल्लेख गरे। नेकपा एमालेको नीति सही छन्, एमालेले नै देश बनाउँछ भन्नेमा तपाईहरू विश्वस्त हुनु भएको छ, यो राम्रो हो, उनले भने।

प्रतिक्रिया

आजको ट्रेन्डिङ