आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

डिभोर्सपछि सामन्था र नागा चैतन्य एकै ठाउँमा भेटिँदा…

प्रकाशित
173
SHARES

काठमाडौं। दक्षिण भारतमा अभिनेत्री सामन्था रुथ प्रभु र अभिनेता नागा चैतन्यको जोडीले डिभोर्स गरिसकेका छन्। उनीहरुले आपसी सहमतिमा डिभोर्स गरे पनि त्यसको प्रक्रिया अहिले चलिरहेको छ।

उनीहरुले आफूहरू अलग भए पनि राम्रो साथी रहिरहने उद्घोष गरिसकेका छन्। तर वास्तविकतामा यस्तो देखिएको छैन। हालैमात्र यी अलग्गिएका जोडी एकै स्थानमा भइरहेको सुटिङमा देखिए।

तर उनीहरूले एकअर्कालाई दुरी बनाए। दुवै आआफ्नो काम गरे त्यहाँबाट फर्किए। उनीहरूले एकअर्कालाई देखे पनि बोलचाल गरेनन्।उनीहरू गत साता आआफ्नो फिल्मको सुटिङका लागि हैदराबादको रमनायडु स्टुडियोमा गएका थिए।

समान्था त्यहाँ फिल्म ‘यशोदा’को सुटिङ गरिरहेकी थिइन् भने नागा ‘बंगरराजु’को सुटिङ गरिरहेका थिए। यो फिल्ममा नागा पितासँग काम गरिरहेका छन्। उनीहरूले आफ्नो टिमलाई दुवैबीच टकरावको वातावरण नबनाउन बेलैमा सचेत गराइसकेका थिए।

दुवैले एकअर्कालाई अवरोध नपुग्ने गरी सुटिङ पुरा गरे र त्यहाँबाट फर्किए। दुवैजना अलग्गिएपछि उनीहरु व्यावसायिक जीवनमा ध्यान केन्द्रीत गरिरहेका छन्। गत अक्टोबर २ मा उनीहरूले सम्बन्धविच्छेदको घोषणा गरेका थिए।

यो निर्णयपछि नागाका साउथ सुपरस्टार पिता नागार्जुन निकै दुःखी बनेका थिए। समान्था र नागा तीन वर्षको प्रेम सम्बन्धपछि सन् २०१७ मा वैवाहिक जीवनमा बाँधिएका थिए।

विवाहको चौथो वार्षिकोत्सव आउनु चार दिन अघि उनीहरु सदाका लागि अलग्गिए। समान्थाले आफ्नो सरनेम अक्किनेनी हटाइन् र रुथ प्रभु जोडिन्। तेस्तै, दक्षिण भारतीय स्टार अल्लु अर्जुनको फिल्म ‘पुष्पा’ थिएटरमा रिलिज भइसकेको छ।

फिल्ममा दिनमा दुई गुना रातमा चौगुना हिसाबले बक्सअफिसमा जबरदस्त कमाई गरिरहेको छ। निर्देशक सुकुमारको निर्देशनमा बनेको यो फिल्म दक्षिण भारतका मात्र नभई हिन्दी भाषाका दर्शकले पनि उत्तिकै मनपराइरहेका छन्।

फिल्ममा अल्लूको अभिनयलाई सबैले तारिफ गरेका छन्। हालैमात्र निर्देशक सुकुमारले फिल्मको क्लाइमेक्स दृश्यका बारेमा मिडियासँग कुराकानी गरेका थिए। सुकुमारले फिल्मको क्लाइमेक्स दृश्यमा अल्लु र फहाद फासिललाई देखाउन चाहन्थे।

तर दर्शकको भावनालाई ध्यानमा राख्दै उनले क्लाइमेक्स दृश्यमा ट्वीस्ट ल्याइदिए। जबकी यसको वास्तविक सट फरक थियो। अल्लू र फहाद क्लाइमेक्स दृश्यका लागि न्यूड हुन्छन्।

तर हामीले यो कारणले दृश्य हटायौं कि तेलुगू दर्शकका लागि न्युड दृश्य केही बढी नै हुन्छ। यसको बद्लावको बाबजुद फिल्ममा कैयौं यस्ता दृश्य छन् जुन दृश्य दर्शकलाई वास्तविक लाग्छ’, उनले भनेका छन्।

सुकुमारले रश्मिका र अल्लूलाई लिएर अर्को एक दृश्य खिचेका थिए। जसमा दर्शकको निकै खराब प्रतिक्रिया आयो। फिल्म रिलिज भएपछि यो दृश्यलाई हटाउन निकै माग गरिएको थियो।

प्रतिक्रिया