आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नवाज शरीफ पाकिस्तान फर्किंदै, केही दिन जेलमा बसेर प्रधानमन्त्री बन्ने

प्रकाशित
697
SHARES

काठमाडौं। पाकिस्तानको राजनीतिमा ठूलो परिवर्तन हुने लगभग तय भएको छ। २०२२ को जनवरी महिनामै यहाँ ठूलो परिवर्तन हुने सम्भावना छ। भ्रष्टाचारको आरोप लागेर २०१९ देखि देशबाहिर रहिरहेका पूर्व प्रधानमन्त्री नवाज शरीफ जनवरीमै पकिस्तान फर्किंदैछन्।

त्यसपछि सेनाको सहयोगमा उनी फेरि देशका प्रधानमन्त्री बन्ने लगभग तय भएको पाकिस्तानी अखबार द न्यूजले जनाएको छ। पाकिस्तानमा सेनाको सहयोगबिना कुनै सरकार सत्तामा रहन निकै कठिन छ।

सेनाले नै परिवर्तनको नाममा इमरान खानलाई सत्तामा ल्याएको थियो। तर, यो अवधिमा इमरान विफल भएको मानेको सेनाले फेरि नवाजलाई ल्याउने तयारी गरिरहेको छ ३ दिनअघि पाकिस्तानका बरिष्ठ पत्रकार सलीम साफीले ट्वीट गरेका थिए।

नवाज जनवरी २०२२ मा पाकिस्तान फर्किंदैछन्। देशको सत्तामा परिवर्तनको समय भएको छ। यो ट्वीटलाई पाधिकस्तानभित्र मात्र नभए पाकिस्तानबाहिर पनि गम्भीरताका साथ लिइयो किनकि परिस्थितिले पनि त्यस्तै संकेत गरेका थिए।

यही बीच पाकिस्तानका अर्का बरिष्ठ पत्रकार नजम सेठीले लेखे ‘सलीम साफी एकदमै ठिक भन्दै हुनुहुन्छ। नवाज देश फर्किने स्क्रिप्टमा ३ महिनादेखि काम चलिरहेको छ। नवाज शरीफ पाकिस्तानमा सेना र आइएसआइको विरोध गरेकै कारण प्रधानमन्त्रीबाट हटाइएका थिए।

नवाजले त्यसपछि भिडियो कन्फरेन्समार्फत पाकिस्तानी जनतालाई सम्बोधन गर्छन् र नामै तोकेर सेनाका अधिकारी र आइएसआइका अधिकारीहरुको आलोचना गर्छन्।

यता इमरान असफल भएको र उता नवाजका कारण जनताको अगाडि सेना नै खलपात्र बन्न लागेपछि सेनाले अन्ततः नवाजलाई नै विकल्पको रुपमा देखेको छ। पाकिस्तानमा दुई ठूला पार्टी छन्।

पाकिस्तान मुस्लिम लिग नवाज र पाकिस्तान पिपुल्स पार्टी। इमरान खानको पार्टी तहरिक ए इंसाफलाई पनि ठूला पार्टीको रुपमा गन्न सकिन्छ तर यसका अधिकांश नेता पिएमएल नवाज वा पीपीपीबाट आएका हुन्।

पीपीपीलाई केवल सिन्ध पन्तको पार्टी मानिन्छ। अन्य क्षेत्रमा यो पार्टीको जनाधार कम छ। हुन त यो पार्टी बेनजिर भुोको पार्टी हो तर बेनजीरजत्तिको ओज अब न आसिफ अली जरदारीमा छ, र उनका छोरा बिलावल भुट्टो जरदारीमा।

आसिफ अली बिरामी भइरहन्छन्। बिलावललाई राजनीतिमा काँचो मानिन्छ। पिएमएल एनका प्रमुख नवाज हुन्। उनका भाइ शहवाज शरीफ र छोरी मरियम नवाज दुवै राजनीतिक रुपमा परिपक्व र सक्रिय छन्।

इमरान र सेनाको अगाडि नवाज झुकेनन्। उनीहरुलाई कैयौं केसमा फसाएर पनि पार लागेन। पाकिस्तानको सेना र राजनीतिमा ८० प्रतिशत मानिसहरु पंजाबका हुन्छन् भनिन्छ। पिएमएल एन पंजाबमात्र नभए देशका अन्य भागमा पनि लोकप्रिय छ।

पत्रकार नजम सेठीका अनुसार पाकिस्तानमा सरकार परिवर्तन दुई भागमा हुनेछ। इमरानलाई फेब्रुअरी वा मार्चमा कुर्सी छोड्न बाध्य पारिन सक्छ। बाँकी कार्यकालको लागि पीटिआइकै कुनै नेता ल्याउन सकिन्छ।

यी नेता विदेशमन्त्री शाह महमुद कुरैशी हुन सक्छन्। अर्को वर्ष यसै पनि आम निर्वाचन हुँदैछ। त्यसपछि नवाज, शहबाज वा मरियममध्येबाट प्रधानमन्त्री बनाइनेछ। यो सूचीमा सबैभन्दा अगाडि नवाजको नाम छ।

यसरी प्रधानमन्त्रज्ञी बन्नको लागि नवाज केही समय स्वदेश फर्केर जेलमा बस्नेछन्। सेना र अदालत मिलेर उनको केस बन्द गर्नेछन् त्यसपछि उनी सत्तामा फर्किने बाटो खुला हुनेछ। गएको हप्ताको अन्त्यमा इमरान खानले क्याबिनेट बैठक गरेका थिए।

यसको खबर लिक भएको छ। लिक भएको सूचनाअनुसार इमरानले प्रस्ट रुपमा भनेका थिए, कि एक भ्रष्ट नेतालाई चौथो पटक देशको वजीर–ए–आजम बनाउने तयारी भइरहेको छ।

केही दिन इमरानको पीटिआइको गढ खैबर पख्तुनख्वामा स्थानीय निर्वाचनमा पनि उनको पार्टीले कुनै पनि मेयरको सिट जित्न सकेको थिएन। त्यसपछि आक्रोशित इमरानले अर्को पटक आफैं प्रचारमा जाने बताएका थिए।

प्रतिक्रिया

आजको ट्रेन्डिङ