आज : गते

ताजा शिर्षकहरु

इच्छाराज थुनामा गएसँगै अर्का चर्चित सहकारीका अध्यक्ष पनि पक्राउ

प्रकाशित
633
SHARES

काठमाडौ। सहकारी ठगी प्रकरणमा प’क्रा’उ परेका पूर्वसांसद समेत रहेका सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ्सका संस्थापक इच्छाराज तामाङलाई कसुर ठहर गर्दै थुनामा पठाएको भोलिपल्टै राजधानीको अर्को ठूलो सहकारीका अध्यक्षसहित केही व्यक्ति प’क्रा’उ परेका छन्।

प’क्रा’उ पर्नेमा मानापाथी त्रिपलएम बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रामप्रसाद कँडेल छन्। सहकारीका सचिव एवम् संस्थापक सदस्य टीकाराम गौतम भने फरार भएको प्रहरीले जनाएको छ।

अध्यक्ष कँडेललाई बैंकिङ कसुर गरेको आरोपमा महानगरीय प्रहरी प्रभाग सिंहदरबारले गत आइतबार बागबजारबाट प’क्रा’उ गरेको हो। सहकारीका एक सदस्यले दिएको सो कसुरसम्बन्धीको उजुरीका आधारमा अध्यक्ष कँडेललाई प’क्रा’उ गरिएको प्रहरीको भनाइ छ।

बाग्लुङको साविक बिहु गाविस–२ हाल काठखोला गाउँपालिका–६ स्थायी घर भएका अध्यक्ष कँडेल काठमाडौंको बागबजारमा बसोबास गर्दै आएका थिए। आफूविरुद्ध उजुरी परेको चाल पाएलगत्तै फरार भएका सहकारीका सचिव एवम् संस्थापक सदस्य टीकाराम गौतमलाई भने प्रहरीले अझै फेला पार्न सकेको छैन ।

प्रहरीले गौतमलाई पनि खोजी गरिरहेको बताएको छ। टीकाराम गौतम फरारमा हुनुहुन्छ। उहाँलाई पनि चाँडै प’क्रा’उ गरेर कानूनी दायरमा ल्याउँछौँ,  काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेश मैनालीले भने।

उनका अनुसार सहकारीका अध्यक्ष कँडेलसहितका व्यक्तिहरूविरुद्ध २०७८ असार ३१ गते १५ लाखको बैंकिङ कसुरमा मुद्दा जाहेरी दर्ता भएको थियो। प’क्रा’उ परेका अध्यक्ष कँडेललाई उच्च अदालत पाटनबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

मानापाथी र त्रिपल एम नामका दुई वटा सहकारी एकीकरण भएर बनेको ‘मानापाथी त्रिपल एम बहुउद्देश्यीय सहकारी संस्था’ बनेको थियो। एकीकरणअघि पनि मानापाथी सहकारीमा व्यवस्थापकको भूमिकामा रहेका थिए ।

फरार टीकाराम गौतमले सहकारीका सदस्यहरूलाई अनावश्यक दुःख दिने तथा आर्थिक हिनामिना गर्ने गरेका थिए। दैनिकजसो गुनासा बोकेर आउने सदस्यहरूको चाप बढेपछि तत्कालीन मानापाथी सहकारीको कार्यालय बागबजारमा उनी बस्नै छाडेका थिए।

त्यसपछि त्रिपल एमसँग एकीकरण गरेर चोखिन खोजेका गौतमले आखिर कँडेललाई प’क्रा’उ’को अवस्थामा पुर्याएरै छाडे। एकीकरणपछि पनि गौतमको रवैया मानापाथीको जस्तै भएको एक सदस्यले बताएका छन्।

सहकारीका अध्यक्ष कँडेल प’क्रा’उ गरेपछि सञ्चालक समितिका अन्य सदस्यहरू भूमिगत भएका छन्। सहकारीको कार्यालय बन्द अवस्थामा रहेको पीडितहरूले बताएका छन्।

निक्षेपकर्ताहरूको करोडौं रुपैयाँ उठाएर अध्यक्ष कँडेल नै बैंकिङ कसुरमा प’क्रा’उ परेपछि सहकारी जोखिममा परेको छ। निक्षेप माग्न जादा  पनि विभिन्न कारण देखाउदै आनाकानी गर्दै आएका थिए।

पीडितहरूले आफ्नो रकम माग गर्दा अध्यक्ष कँडेल र सचिव गौतमले नदिएको गुनासो छ। उनीहरूविरुद्ध करोडौंको ठगी गरेको आरोप पीडितहरूको छ। सहकारीको अडिट रिपोर्ट नै फेक रहेको पीडितहरूले बताएका छन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ