आज : गते

ताजा शिर्षकहरु

१० जहाज आकाशमै फन्को लगाउदै, एयरपोर्टमा हाइ अलर्ट

प्रकाशित
1.8K
SHARES

काठमाडौं। उपत्यका यतिखेर हुस्सु र कुहिरोले ढपक्क ढाकेको छ। मौसम प्रतिकुलताका कारण शुक्रबार बिहानैदेखिको उडान प्रभावित भएका छन्। भिजीबलीटी नै निल भएपछि यतिखेर आन्तरिक र अन्तर्राष्ट्रिय तर्फको उडान ठप्प भएको छ।

दर्जनौँ उडान होल्डमै रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए। मौसम सुध्रने र अवतरण गर्ने आशमा अहिले तराई क्षेत्रको आकाशमा ८ वटा अन्तर्राष्ट्रिय विमान फन्को मारिरहेको अवस्थामा छ।

हिमालय एयरलाइन्सका दुई विमान, जजिरा एयरलाइन्सका दुई, कतार, फ्लाई दुबई र नेपाल एयरलायन्सका एक एक विमानले तराइ क्षेत्रको आकाशमा फन्को मार्न शुरु गरेको हो।

हिमालयन एयरको एउटा विमान दमामबाट आएको देखिन्छ भने अर्को दुबईबाट र तेस्रो दोहाबाट। नेपाल एयरलायन्सको विमान पनि दोहाबाटै काठमाडौंका लागि उडेको हो।

अन्तर्राष्ट्रिय र आन्तरिक गरी कुल तीन सय ८० वटा उडान अवतरण तालिका रहेको छ। उनका अनुसार, शुक्रबार अन्तर्राष्ट्रियतर्फ ६० वटा उडान अवतरणको तालिका रहेको छ भने आन्तरिक तर्फ तीन सय २० वटा उडान अवतरणको तालिका रहेको छ।

आन्तरिक तर्फ बुध्द, यती, श्री, सौर्य, गुण, सिता, तारा, समिट र अन्तर्राष्ट्रिय तर्फ नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स, कतार एयरवेज, जजिरा, टर्किस, सिंगापुर, एयर अरेबिया, एयर इण्डिया,लगायत विभीन्न वायुसेवा कम्पनीले नियमीत उडान गर्दै आएका छन्।

काठमाडौं उपत्यका यतिखेर हुस्सु र कुहिरोले ढपक्क ढाकेको छ। मौसम प्रतिकुलताका कारण शुक्रबार बिहानैदेखिको उडान प्रभावित भएका छन्, भने यात्रुहरु बीच कोलाहल बढेको छ।

तेस्तै, हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानमा वर्षा भइरहेको छ।

भने उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपात भइरहेको छ। वर्षा र हिमपातको सम्भावना रहेको कारण चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

बिहीबार देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भू–भागको थोरै स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागहरूका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

त्यस्तै शुक्रबार देशभर आंशिक बदली रही गण्डकी प्रदेश र प्रदेश नं १ एक वा दुई स्थानहरूमा हल्का वर्षा र उक्त प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरूका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

शनिबार भने देशभर आंशिक बदलीको सम्भावना रहेको छ। बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रतिक्रिया