आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

त्रिभुवन विमानस्थल ठप्प, यस्तो कारण सुनेपछि यात्रु तनाबमा

प्रकाशित
166
SHARES

काठमाडाैं। काठमाडाैंमा बाक्लाे हुस्सुका कारण भिजिबिलिटी अर्थात् पारदर्शीता ह्वात्तै घटेकाे छ। भिजिबिलिटी १०० मिटरमा झरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान हुन सकेका छैनन्।

सामान्यता उडानका लागि भिजिबिलिटि ३ हजार मिटर चाहिने भए पनि १ सय मिटरमा झरेपछि विमान अवतरण पनि हुन सकेका छैनन्। चिसोका कारण यात्रुहरुको हरिबेजोग भएको छ।

त्रिभुवन विमानस्थल टर्मिनल कार्यालयका अनुसार भिजिबिलिटी ह्वात्तै घट्दा आन्तरिक तथा बाह्य उडान हुन नसकेकाे हाे। कुवेतबाट आएका जजिरा एयरलाइन्सका दुईवटा विमान सिमरामाथिको,

आकाशमा फन्को लगाइरहेकाे टर्मिन कार्यालयले जानकारी दिएकाे छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहानैबाट देशभर बाक्लाे हुस्सु र कुहिराे लागेकाे छ।

पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र बिहार आसपासमा रहेको न्यूनचापीय क्षेत्रकाे प्रभावका कारण पनि हुस्सु लागेकाे हाे। मौसममा सुधार हुन् भने केहि दिन लाग्ने अधिकारीहरुले बताएका छन्।

तेस्तै, बाक्लो हुस्सुका कारण काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र तराईका विमानस्थलमा भिजिबिलिटी निकै घटेको छ। भिजिबिलिटी कम हुँदा आन्तरिक तथा बाह्य उडान बिहानैदेखि ठप्प छन्।

त्रिभुवन विमानस्थलमा बिहान भिजिबिलिटी घटेर १ सय मिटरमा झरेको थियो। अहिले भिजिबिलिटी केही बढे पनि अझै उडान सूचारु हुन सकेको छैन।विमानस्थल कार्यालयका अनुसार सामान्यतयाः उडान र अवतरणका लागि भिजिबिलिटी ३ हजार मिटर चाहिन्छ।

तर, काठमाडौं मात्र होइन तराईका विमानस्थलको भिजिबिलिटी पनि निकै घटेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार सिमरा र भैरहवा विमानस्थलमा भिजिबिलिटी १०० मिटरम झरेको छ।

त्यस्तै, धनगढी र नेपालगन्ज विमानस्थलमा ५ सय मिटर मात्र भिजिबिलिटी छ। विराटनगरमा ६ सय मिटर र जनकपुरमा ८ सय मिटर मात्र भिजिबिलिटी रहेको महाशाखाको तथ्यांक छ।

यद्यपि, दिउँसो भने कुहिरो र हुस्सु हट्दै जाने आँकलन गरिएको छ। मौसममा सुधार आयो भने यात्रुहरुलाई केहि राहत महसुस हुनेछ। आन्तरिक तर्फ राजधानी बाहिर गएका बिमानहरु समेत काठमाडौँ फर्कन सकेका छैनन्।

प्रतिक्रिया