आज : गते

ताजा शिर्षकहरु

लकडाउनका लागि से’क्स पार्टनर खोज्न सरकारको सल्लाह

प्रकाशित
1K
SHARES

काठमाडौं। कोरोनाभाइरसका कारण विभिन्न देशहरु लकडाउन गरिएका छन्। युरोपेली देश नेदरल्याण्डमा लकडाउनको क्रममा पालना गर्नुपर्ने नियम पनि निकै कडा बनाइएको थियो।

यो नियमको आलोचना भएपछि यहाँको सरकारले देशका सिंगल महिला तथा पुरुषहरुलाई यौ’न’साथी खोज्न सल्लाह दिएको छ। यहाँ लकडाउनका क्रममा लागू गरिएको नियमअनुसार केही शर्तहरु पालना गर्दै घरमा तीन जनासम्म बोलाउन पाइन्छ।

यसबाहेक अहिले सरकारले यहाँका सिंगल महिला पुरुषलाई से’क्स पार्टनर खोज्न सल्लाह दिएको हो। द गार्डियनको समाचार अनुसार से’क्स पार्टनर खोज्ने क्रममा केही कुराहरुमा भने ध्यान दिन भनिएको छ।

नेदरल्याण्डको नेशनल इन्स्टिच्युट फर पब्लिक हेल्थ एण्ड द इन्भायरमेन्ट आरआइभीएमले भनेको छ, कि सिंगल व्यक्तिहरुले एक अन्य व्यक्तिको साथमा बस्ने व्यवस्था गर्नुपर्छ।

आरआइभीएमले यसरी से’क्स पार्टनरसँग बसेको अवस्थामा कसैमा कोरोनाभाइरस संक्रमण देखिएको अवस्थामा भने यौ’नबाट टाढा रहन भनेको छ। यसअघि नेदरल्याण्डमा सिंगल व्यक्तिहरुलाई से’क्स’को लागि कुनै सल्लाह नदिइएको भन्दै सरकारको आलोचना भएको थियो।

२३ मार्चदेखि नेदरल्याण्डमा लकडाउन र सामाजिक दूरी लागू गरिएको छ। यसअघिको गाइडलाइनमा सरकारले घरमा कोही आएको अवस्थामा दुई जनाबीच डेढ मिटरको दूरी राख्न भनेको थियो।

यो नियममाथि प्रश्न उठिरहेको थियो। आरआइभिएमको सल्लाहमा भनिएको छ। जसको से’क्स पार्टनर छैनन् उनीहरुले आफूजस्तै व्यक्तिहरुसँग बस्नको लागि आपसमा सम्झौता गर्न सक्छन्।

यो सम्झौताको क्रममा दुई पार्टनरसँग अन्य कति व्यक्तिहरु भेट्न आउँछन् भन्ने कुराको पनि चर्चा गर्न भनिएको छ। किनकि जति धेरै मानिसहरुसँग भेटघाट हुन्छ उत्तिकै कोरोना संक्रमणको खतरा पनि हुन्छ।

कोरोनाभाइरसका कारण गरिएको लकडाउनमा आम्दानीको बाटो बन्द भएपछि भाडाको घरमा बस्नेहरुलाई ठूलो समस्या परिरहेको छ। रोजगारी गुमेपछि मानिसहरुसँग घरभाडा तिर्ने समेत पैसा छैन।

यही बीचमा यसरी भाडाको घरमा बसेर भाडा तिर्न नसक्ने स्थितिमा पुगेका महिलाहरुसँग घरबेटीले घरभाडाको बदलामा यौ’न’सुखको माग गरेका घटनाहरु ठूलो संख्यामा भेटिएका छन्।

अमेरिकाको नेशनल फेयर हाउजिङ एलायन्स एनएफएचएको एक रिपोर्टको हवाला दिँदै समाचार एजेन्सी रोयटर्सले लेखेको समाचार अनुसार सय भन्दा धेरै फेयर हाउजिङ समूहहरुले पूरै अमेरिकामा मानिसहरुलाई यो समस्यासँग जुधिरहेका देखेका छन्।

यो महामारीको बीचमा अमेरिकामा यौ’न उत्पीडनका घटना १३ प्रतिशतले बढेका छन्। एक महिलाले एनएफएचएको वेबसाइटको माध्यमबाट भनिन्, यदि मैले मेरो प्रोपर्टी म्यानेजरसँग से’क्स गर्न अस्वीकार गरेको भए उसले मलाई घरबाट निकालिदिन्थ्यो।

एक सिंगल मदर भएको नाताले मसँग अर्को कुनै विकल्प बाँकी थिएन। म आफ्नो घर गुमाउन चाहन्नथें। भाडाको बदलामा से’क्स’को माग गर्नेहरु अब अमेरिकाका साथै बेलायतमा पनि जाँचको दायरामा आएका छन्।

से’क्स’को बदलामा भाडा माफ गरेर आवास सुविधा दिने नाममा बढिरहेका अनलाई विज्ञापनहरुबाट पनि पर्दा ठाउन थालिएको छ। विश्वभरी फैलिएको कोरोनाभाइरसका कारण लाखौंले रोजगारी गुमाएका छन्।

लकडाउन र यात्रामा प्रतिबन्ध भएका कारण व्यवसाय ठप्प छ। आयका सबै माध्यम समाप्त भएपछि मानिसहरु आर्थिक अभावसँग जुधिरहेका छन्। उत्तरी अमेरिका र युरोपेली अथोरिटीहरुले क्यास बेनिफिट, रेन्ट फ्रिजिस र निष्काशन प्रतिबन्ध सम्बन्धी नयाँ नियम लागू गरेका छन्।

ताकि मानिसहरुलाई धेघर हुनबाट बचाउन सकियोस्। एनएफएचएका सल्लाहकार मोर्गन विलियम्सका अनुसार घरबाहिर निस्कन नपाउने मानिसहरुको लागि कैयौं पटक निकै कठिन विकल्प बाँकी हुन्छन्।

यिनैमध्येको एक भाडाको बदलामा से’क्स’को पूरै तथ्यांक खोज्नु निकै कठिन छ। विशेषज्ञहरुका अनुसार कानुनको राम्रो ज्ञान नभएका कारण घरबेटीको शिकार बनेका पीडित महिलाहरुमाथि उल्टै वे’श्या’वृ’त्ति’को आरोप लाग्न सक्ने खतरा छ।

बेलायतको हाउसिङ च्यारिटी शेल्टरको २०१८ को एक रिपोर्टअनुसार विगत ५ वर्षमा प्रोपर्टी म्यानेजरहरुले करिब अढाइ लाख महिलाहरुलाई भाडाको बदलामा से’क्स’को अफर गरेको पाइएको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ