आज : गते

ताजा शिर्षकहरु

जोसमा होस् गुमाउने चर्चित बैंकका सीईओ पक्राउ, को हुन् उनि ?

प्रकाशित
2.6K
SHARES

काठमाडौँ। चर्चित बैंकका सीईओलाई प्रहरीले प’क्रा’उ गरेको छ। सप्तकोशी डेभलपमेन्ट बैंकका कार्यकारी प्रमुख सीईओ नविन सुवेदीलाई प्रहरीले प’क्रा’उ गरेको हो।

बैंकको १५ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले सुवेदीलाई प’क्रा’उ गरेको हो। प्रहरीले बुधबार बेलुका सुवेदीलाई विराटनगरबाट प’क्रा’उ गरेको हो।

बैंकको रेमिट्यान्स शाखाको पार्किङ एकाउन्टबाट पछिल्लो ६ वर्षमा १५ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको थियो। हिनामिनामा संलग्न भएको आरोपमा प्रहरीले यसअघि कर्मचारी हिमाल भट्टराईलाई प’क्रा’उ गरेको थियो।

१५ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना प्रकरणमा सुवेदीको पनि संलग्नता देखिएपछि अनुसन्धानका लागि प’क्रा’उ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक एसपी जनार्दन जिसीले बताए।

बैंकबाट घोटाला भएको रकमको ठूलो हिस्सा प्रमुख कार्यकारी अधिकृत सीईओ नविन सुवेदीको नातामा बहिनी पर्ने बबिताको खातामा पठाएको पाइएको छ। बैंकको रेमिट शाखाबाट ६ वर्षमा,

१५ करोड ७० लाख रुपैयाँ भन्दा बढी रकम हि’ना’मि’ना भएको थियो। सो मध्ये १४ करोड रुपैयाँ बबिता सुवेदीको खातामा पठाएको पाइएको अनुसन्धानमा संलग्न प्रहरी स्रोतले बताएको छ।

सन् २०१६ देखि २०२१ अगष्ट २ तारिखसम्ममा बबिताको नाममा रहेको प्राइम बैंकको खातामा १४ करोड रुपैयाँ ट्रान्सफर भएको स्रोतको दावी छ। उनले बैंक खाताबाट पैसा निकाल्ने तरिका बेग्लै रहेको बताईएको छ।

तर सो रकम त्यस खाताबाट पनि निकालिएको पाइएको छ। सो खाताको सञ्चालन भने सीइओ सुवेदीका फूपूको छोरा अर्थात बैंकका रेमिट शाखामा कार्यरत हिमाल भट्टराईले चलाउदै आएका थिए।

भट्टराई कर्पोरेट कार्यालय विराटनगरका जनरल सर्भिस डिपार्टमेन्ट जीएसडी प्रमुख हुन्। पारिवारिक स्रोतका अनुसार प्राइम बैंकको खाताको विषयमा बबितालाई जानकारी समेत थिएन।

हिनामिनामा संलग्न भएको आरोपमा भट्टराईलाई प्रहरीले मंसिर १९ गते प’क्रा’उ गरेको थियो। भट्टराई र सीइओ सुवेदी दाजूभाई मामा–फूपूको छोरा हुन्। बैंकबाट घोटला भएको रकम भगवती सुवेदी, साजन पोखरेल,

बानी पोखरेललगायतका खातामा रकम पठाएको बैंक स्रोतको दाबी छ। उनीहरु सीईओ सुवेदीका आफन्त हुन्। ठूलो रकम हिनामिना भएपछि बैंकका पाँच जना कर्मचारी शंकाको घेरामा परेका छन्।

सुवेदीसँगै बैंकका अरु कर्मचारीलाई पनि प्रहरीले शंकाको घेरामा राखेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसी एकै जनाले मात्र यति धेरै रकम हिनामिना गर्न सम्भव नभएकाले अनुसन्धान भइरहेको बताउँछन्।

प्रतिक्रिया