आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

माओवादी केन्द्रको नाम फेरियो, यस्तो छ नयाँ नाम

प्रकाशित
5.7K
SHARES

काठमाडौ। नेपाल कम्युनिष्ट पार्टी एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले माओवादी केन्द्रको नयाँ नाम राखिदिएका छन्। गुरुङले देशभक्तिको सवालमा माओवादी केन्द्रको कुनै पहिचान नभएको सो पार्टीको नाम पहिचान हराएको पार्टी राखिदिएका छन्।

प्रेस चौतारी नेपाल केन्द्रीय कमिटीको बैठकलाई मंगलबार लुम्बिनीमा सम्बोधन गर्दै गुरुङले एमाले मुलुकको पृथक पहिचान बनाएको पार्टी भएका बताए। देशभक्तिपूर्ण आन्दोलनको च्याम्पियन एमाले भएको उनको दावी छ।

पार्टीका प्रचार विभाग प्रमुख तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री समेत रहेका नेता गुरुङले एमालेले सारा नेपालीलाई एकताबद्ध गरेको बताए। परिवर्तनलाई संस्थागत गर्ने पार्टीको रूपमा हाम्रो स्थापित छ।

मुलुकको सबैभन्दा लोकतान्त्रिक पाटी हो,’उनले भने, गर्वका साथ भन्छौं, एमाले च्याम्पिन हो, माओवादीलाई चीन÷भारतले समेत प्रयोग गरे, भारतीय इसारामा कांग्रेसको जन्म भयो ।

नेता गुरुङले एमालेसँग कसैले वैचारिक प्रतिस्पर्धा गर्न नसक्ने बताए। एमालेको विचारसँग प्रतिस्पर्धा गर्ने तागत कसैसँग नरहेको बताउदै नेता गुरुङले पार्टी विभाजन गरेका माधव नेपाल सबैभन्दा बढी विधि मिच्ने नेताको रूपमा अग्रसर रहेको आरोप लगाए।

त्यस्तै एमालेका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री भानुभक्त ढकालले अदालतको परमादेशबाट सरकारबाट बाहिरनुपरे पनि एमाले जनताको मनमा बस्न सफल पार्टी भएको दावी गरे। उनले एमाले एकल बहुमतको सरकार बनाउने गरी लागिपरेको बताए।

तेस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खुमलटार डेराबाट सर्ने भएका छन्। ठेकेदार शारदाप्रसाद अधिकारीको घरमा बस्दै आएका प्रचण्ड नयाँ घरमा सर्न लागेका हुन्।

प्रचण्ड निवासलाई लिएर आलोचना हुन थालेपछि डेरा खोज्ने कार्य सुरु गरिएको माओवादी केन्द्रका एक स्थायी समिति सदस्यले बताए। पार्टी रुपान्तरण गर्ने भन्दा प्रचण्डको निवासलाई लिएर आलोचना हुन थालेपछि पार्टीकै योजना अनुसार सामान्य घरमा डेरा सर्ने तयारी गरिएको ति नेताले जानकारी दिए।

हिमायलय टेलिभजनको कार्यक्रम ‘यक्ष प्रश्न’ को एक अन्तर्वार्तामा प्रचण्डले खुमलटार निवास छोडेर जाने तयारी भइरहेको बताएका थिए। खुमलटार निवास प्रचण्डको भन्दै हल्ला भएको भन्दै त्यहाँबाट छोडेर गएपछि सबै जनताले थाहा पाउने उनले भनाई थियो।

यसअघि लाजिम्पाटमा बसेको घरसमेत प्रचण्डको भन्दै टिप्पणी भएकोमा समेत उनले आपत्ति जनाए। लाजिम्पाटको घर मेरो होइन। मेरो त्यसमा कुनै लगानी छैन। स्वामित्व पनि छैन।

एक महिलाको घर हो। मैले छोडेर आएँ सिद्धियो। त्यसैलाई जोड्या छ फेरि प्रचण्डको भन्या छ’ अन्तर्वार्ताका क्रममा उनले भनेका छन्, अहिले बसेको घरपनि एक जना ठेकेदार मित्रको हो।

दुनियालाई थाहा छ। तर, मैले आरोप खेरिरहेको छु।शारदा अधिकारी पञ्चायतकालदेखि नै आफ्नो पार्टीमा जोडिएर काम गरेको प्रचण्डले बताएका छन्। ‘शारदा भनेको हिजो पञ्चायतकालीन अवस्थादेखि हाम्रो पार्टीसँग जोडिएका साथी हुन्।

अहिले पनि हाम्रो निर्माण व्यवसायी संघमा हुनुहुन्छ।हिजो भूमिगत हुँदा पञ्चायतकालमा हामी त्यहाँ बस्ने गर्थ्यौं। त्यो बेला उहाँले ठूलो देन गर्नु भएको छ’ प्रचण्डले भने,‘यो घरपनि छोड्ने तयारी गरेको छु।

त्यसपछि थाहा हुने छ नेपाली जनतालाई कुरा के रहेछ भन्ने। चितवनमा आफ्नो निर्वाचन क्षेत्रमा एउटा घर बनाउने सोचेको प्रचण्डले बताए। चितवनमा पनि सानो झुप्रो बनाउने सोचेको छु।

बुवाको सम्पत्तिबाट जति पाएको छु। त्यहाँ एउटा झुप्रो बनाउने विचार छ’ प्रचण्डले भने, यहाँ काठमाडौमा डेरा खोजेर बस्ने तयारीमा छु। उनले लालिमपाटमै दुई तले समान्य घर हेरेको श्रोतको दावि छ।

लाजिमपाटबाट सिंहदरवार, बालुवाटार नजिकैछ। भेटघाट गर्नलाई पनि सहज हुन्छ। श्रोतले भन्यो, ‘पुरानो घर आसपास एउटा घर हेरिएको छ। केही दिन सर्ने सम्भावना छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ