आज : गते

ताजा शिर्षकहरु

साताैँ महाधिवेशनमा यस्ताे थियाे प्रचण्डकाे राजनीतिक प्रतिवेदन

प्रकाशित
1.4K
SHARES

काठमाडाैं। काठमाडाैंमा जारी ८औँ महाधिवेशनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियापछिका कमीकमजाेरी उल्लेख गरेका छन्।

२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको ४५ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा प्रचण्डले ‘समाजवादउन्मुख समृद्धि’ पार्टीको मूल कार्यनीति बनाउन प्रस्ताव गरेका छन्।

२०-२५ माघ २०६९मा हेटाैँडामा भएकाे साताैँ महाधिवेशनमा पार्टीकाे नाम एकीकृत नेकपा माओवादी थियाे। अहिले माओवादी केन्द्र रहेकाे याे पार्टी तेस्राे दलमा खुम्चिएकाे छ । त्यतिखेर पनि प्रचण्डले पार्टीकाे कमीकमजाेरी बारे उल्लेख गरेका छन्।

त्यतिखेर प्रचण्डले भनेका छन्- शान्ति प्रक्रियामा प्रवेशको तयारी र यसको समग्र विकासका सन्दर्भमा पार्टी र मुख्य रुपमा मुख्य नेतृत्वबाट कैयौं गम्भीर गल्ती कमजोरी पनि भएका छन् ।

त्यस प्रकारका कमजोरीहरुको स्पष्ट किटान गर्नु र कमजोरीहरुबाट शिक्षा लिई अगाडि बढ्ने संकल्प गर्नु आज पार्टीका अगाडिको सर्वाधिक ठूलो चुनौती हो। यसलाई पार्टीले इमान्दारीपूर्वक स्वीकार गर्नु पर्दछ।

साताैँ महाधिवेशनमा प्रचण्डकाे राजनीतिक प्रतिवेदनकाे पूर्णपाठ यस्ताे थियाे। तेस्तै,नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुन र चिनियाँ उपमन्त्री चेन झाओबीच आज भेटवार्ता भएको छ।

स्वास्थ्य उपचारका क्रममा चीनको सेनजेनमा रहेका नेता पुनले सोमबार चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा उपमन्त्री झाओसँग द्विपक्षीय भेटवार्ता गरेका नेता पुनको सचिवालयले जनाएको छ।

उपमन्त्रीसहितको चिनियाँ टोलीसँगको भेटवार्ताका क्रममा पूर्वसभामुख ओनसरी घर्ती पनि सहभागी थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको परामर्शमा नेता पुनले चिनियाँ उपमन्त्रीसँग दुई देशबीचको सम्बन्ध, चिनियाँ कम्युनिष्ट पार्टी र माओवादी केन्द्रको सम्बन्ध विस्तारलगायतका विषयमा विस्तृत छलफल गरेका हुन्।

“उहाँहरुले माओवादीको आठौँ राष्ट्रिय महाधिवेशनको सफलताको शुभकामना दिनुभयो, अध्यक्ष प्रचण्डको नेतृत्वमा माओवादी अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै चिनियाँ कम्युनिष्ट पार्टी र नेकपा माओवादी केन्द्र सबैभन्दा नजिकका मित्र भएकाले आगामी दिनमा यो सम्बन्ध अझ बलियो बनाउने कुरा गर्नुभयो।

नेता पुनको सचिवालयले आज जारी गरेको प्रेस नोटमा उल्लेख छ। सो क्रममा नेपालको समसामयिक राजनीति, वामपन्थीबीचको सहकार्य र एकताका विषयमा कुराकानी भएको थियो।

चिनियाँ पक्षको जिज्ञासाको जवाफमा नेता पुनले विचार मिल्ने तथा असल क्रान्तिकारी कम्युनिष्टका बीचमा पार्टी एकता गर्ने, त्यो सम्भव नभए सहकार्य र गठबन्धन गरेर आगामी चुनाव र त्यसभन्दा पछिसम्म जानका लागि माओवादी तयार रहेको बताएका थिए।

थप उपचारका लागि चीन पुगेका नेता पुनको स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि उनी द्विपक्षीय भेटवार्तामा जुटेका हुन्। वंशाणुगत तथा विश्वमा वीरलै देखिने जण्डिस रोगका कारण झण्डै तीन महिनादेखि उपचार गराइरहेका नेता पुन माओवादीको आठौँ राष्ट्रिय महाधिवेशन जारी रहँदा चीनमा उपचारारत छन् ।

उपचारका लागि केही परिक्षण थाती राखेर अधिवेशन उद्घाटन अघि नै नेपाल आउन चाहेका नेता पुन अध्यक्ष प्रचण्डसँगको परामर्शमा चिनियाँ नेतासँगको भेटवार्ताको समयसमेत तय भएकाले अनुपस्थित भएका हुन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ