आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एलियनको हाइपरसोनिक जहाज दु’र्घटना, धातुजस्तो पोसाकमा शवहरु भेटियो

प्रकाशित
436
SHARES

एजेन्सी। अमेरिकाको संघीय जाँच ब्युरो एफबीआइको गोप्य दस्तावेजमा एलियनको उडनतश्तरी देखिएको कुरा उल्लेख भएको पाइएको छ। एफबीस्आइका फाइलहरुको दस्तावेजमा युएफओ देखिएको प्रमाण भेटिएको छ।

ती यानहरु २७ हजार माइल प्रतिघण्टाको गतिमा यात्रा गरेको र त्यसपछि दु’र्घ’ट’ना’ग्र’स्त भएको जस्ता कुराहरु पनि उल्लेख छन्। यस्तोमा एक पटक फेरि दोस्रो संसारको चर्चा सुरु भएको छ।

बेलायती अखबार द सनको एक रिपोर्टअनुसार एफबीआइका दस्तावेजहरुमा आकाशमा रहस्यमय वस्तु देखिएको बारेमा उल्लेख छ। साथमा १९४० को दशकदेखि युएफओका घटनामा कसरी वृद्धि भयो भन्ने बारेमा पनि उल्लेख छ।

दस्तावेजमा दावी गरिएको छ कि विगत केही वर्षमा सयौं युएफओ देखिएका छन्। यतिमात्र होइन आकाशमा अनौठो विमान गथित रुपमा हाइपरसोनिक गति २७ हजार माइल प्रतिघण्टाको गतिमा उडिरहेको देखिएको पनि दस्तावेजमा उल्लेख छ।

यस क्रममा एक पटक यो यान दु’र्घ’ट’ना समेत भएको थियो जसमा कोही पनि जीवित बचेका थिएनन्। दावी गरिएअनुसार दुर्घटनास्थलमा तीन श’व भेटिएका थिए र यी शव एलियनका थिए।

रिपोर्टमा अगाडि भनिएको छ ‘मानव आकारका तीन जना थिए जो केवल ३ फिटका थिए। उनीहरुले धेरै पातलो बनावटका धातुका कपडा लगाएका थिए। दस्तावेजमा एक–दुई होइन दर्जनौं पटक एलियन देखिएको उल्लेख छ।

यो दस्तावेज जूनमा पेन्टागनको एक रिपोर्टपछि आएको छ जसमा अमेरिकाले पहिलो पटक स्वीकार गरेको छ कि अज्ञात वस्तुहरुलाई एलियनको उडन तश्तरी मानिएको थियो।

तेस्तै, बंगलादेशमा २०१५ मा मारिएका अभिजित रोयको ह’त्या’रा’बा’रे कुनै सुराग दिनेलाई अमेरिकाले ५ मिलियन डलर ६० करोड रुपैयाँ पुरस्कार घोषणा गरेको छ। अभिजितको ह’त्या’को आरोप लागेका २ दोषीहरु फरार छन्।

उनीहरुबारे जानकारी दिनेलाई अमेरिकाले पुरस्कार घोषणा गरेको हो। अमेरिकी विदेश मन्त्रालयको ‘रिवार्ड फर जस्टिस’ कार्यक्रमले सोमबार ट्वीट गरेर सैयद जिया उल हक उर्फ मेजर जिया र अकरम हुसैनको जानकारी दिनेहरुलाई पुरस्कारको घोषणा गरेको हो ।

ट्वीटमा लेखिएको छ ‘२०१५ मा बंगलादेशमा अमेरिकीहरुमाथि हमला गर्नेहरुको जानकारी दिनको लागि ५ मिलियन डलरसम्म पुरस्कार। ढाका, बंगलादेशमा आ’तं’क’वा’दी’ह’रु’ले अभिजित रोयको ह’त्या गरिदिएका थिए र उनकी पत्नी राफिदा अहमदलाई घाइते बनाएका थिए।

यदि तपाइँलाई यो जघन्य अपराधका जिम्मेवार व्यक्तिहरुको जानकारी छ भने हामीलाई तल दिइएका नम्बरमा म्यासेज गर्नुहोस्। यो ट्वीटमा एउटा पोस्टर पनि छ, जसमा यो ह’त्या’को घटना र यससँग सम्बन्धित विवरण छ।

अमेरिकी विदेश मन्त्रालयको तर्फबाट ट्वीट गरिएको पोस्टरमा लेखिएको छ ‘२६ फेब्रुअरी २०१५ मा जब अभिजित रोय र उनकी पत्नी राफिया बोन्या अहमद ढाका पुस्तक मेलाबाट फर्किरहेका बेला अल कायदासँग जोडिएका आतंकवादीहरुले रोयको ह’त्या गरिदिए।

र उनकी पत्नीलाई घाइते बनाए। यो हमलामा भूमिकाको लागि बंगलादेशी अदालतले ६ जनालाई दोषी ठहर गरेको छ र सजाय दिएको छ।  पोस्टरमा अगाडि लेखिएको छ, यीमध्ये २ अभियुक्त सैयद जिया उल हक उर्फ मेजर जिया र अकरम हुसैन ट्रायलको सुरुवातदेखि फरार छन्।

यदि तपाइँलाई हक, हुसैन वा यो आ’क्र’म’ण’मा संलग्न कुनै अरु पनि व्यक्तिबारे जानकारी छ भने त्यसको जानकारी तल दिइएको नम्बरमा हामीलाई संकेत, ट्लीग्राम वा ह्वाट्सएपमार्फत दिनुस्।

तपाइँ पुरस्कारको पात्र हुन सक्नुहुन्छ।पेसाले बायो इन्जिनियर रहेका अनलाइन अभियन्ता अभिजित रोय बंगलादेशी मूलका अमेरिकी नागरिक थिए जसको २६ फेब्रुअरी २)१५ मा ह’त्या भएको थियो।

यो आ’क्र’म’ण’को जिम्मेवारी दुई सम्बन्धित समूहले लिएका थिए।  जसमध्ये एउटा अंसारुल्लाह बांग्ला टिम र अर्को भारतीइ उपमहाद्विपमा अल कायदा अकिसले लिएका थिए। यी दुवै समूह अल कायदाबाट प्रेरित थिए।

२०१९ मार्चमा मा पुलिसले चार्जशीट दायर गरेर अगष्टदेखि सुनुवाइ सुरु भएको यो मामिलामा अदालतले यही वर्षको फेब्रुअरीमा ६ जनालाई दोषी ठहर गरेर सजाय सुनाएको थियो।

६ जनामध्ये ५ जनालाई मृ’त्यु’द’ण्ड’ र एक जनालाई आजीवन का’रा’वा’स’को सजाय सुनाइएको थियो। फरार रहेका दुवैलाई मृ’त्यु’द’ण्ड’को सजाय सुनाइएको थियो।

प्रतिक्रिया