आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

माओवादीको महाधिवेशनस्थलमै घट्यो यस्तो घटना, थाहा पाउने सबै चकित

प्रकाशित
1.9K
SHARES

काठमाडौँ। नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनस्थलमै अर्को घटना घटेको छ। महाधिवेशनस्थल राखिएको अध्यक्ष प्रचण्डको ‘कटआउट’ हटाइएको छ।

महाधिवेशनको पहिलो दिन कमलादी परिसरमा प्रचण्डको कटआउट राखिएकामा त्यसप्रति आलोचना भएसँगै दोस्रो दिन हटाइएको हो। माओवादी केन्द्रका नेता सुदन किँरातीले,

कटआउट महाधिवेशनस्थलबाट हटाइएको बताए। नेतृत्वलाई थाहै नदिइ निकटस्थले चाकडी गर्नका लागि राखिएको उनले आरोप लगाएका छन्। नेतृत्वलाई थाहै नदिइ गरिएको चाकडी,

हटाइसकिएको सबैलाई जानकारी।चाकडी प्रवृत्ति मूर्दावाद ! किँरातीले सामाजिक सञ्जालमा लेखेका छन्। आइतबार प्रचण्डको कटआउटलाई पृष्ठभूमि बनाएर नेता कर्ताकर्ताले धमाधम सेल्फी खिचेर,

सामाजिक सञ्जालमा पोस्ट गरेको देखिएको थियो। भने त्यसको आलोचना भएको थियो। प्रचण्डमा पनि ओली प्रवृत्ति देखिएको भन्दै कतिपय सञ्जाल प्रयोगकर्ताले प्रश्न उठाएका हुन्।

माओवादी केन्द्रको महाधिवेशनअन्तरगत सोमबारदेखि कमलादीमै बन्दसत्र सुरु हुँदैछ। त्यस्तै माओवादीको आठौं राष्ट्रिय महाधिवेशन अन्तरगत सुरु भएको बन्दसत्र सञ्चालनका लागि,

७ सदस्यीय अध्यक्षमण्डल चयन गरिएको छ। जसमा कृष्णबहादुर महरा, गणेश शाह, गिरिराजमणि पोखरेल, परशुराम तामाङ, पूर्णकुमारी सुवेदी र परशुराम रम्तेल र रुपा महर्जन रहेका छन्।

​बन्दसत्रमा पार्टीका अध्यक्ष प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेश हुने कार्यक्रम छ। सो राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल हुने जनाइएको छ।

बन्दसत्रमा कूल एक हजार ६३१ प्रतिनिधि तथा पर्यवेक्षक सहभागी छन्। सबै क्लस्टर मिलाउँदा त्यो सङ्ख्यामा अझै केही वृद्धि भएको बताइएको छ। सात भौगोलिक प्रदेश र तीन,

गैरभौगोलिक प्रदेशबाट प्रतिनिधि सम्मेलनमा सहभागी छन्। माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति,

निर्वाचन गर्ने निर्णय गरेको थियो। हलको क्षमताभन्दा बढी प्रतिनिधि भएपछि व्यवस्थापनमा चुनौती थपिएको छ। राजनीतिक प्रतिवेदन, विधान पारितसँगै नयाँ नेतृत्वको चयन गर्ने कार्यसूची रहेको,

माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिएका छन्। राष्ट्रिय सम्मेलनको आयोजना गरेको माओवादीले शनिबार मात्रै महाधिवेशनमा रुपान्तरण गरेको थियो।

तेस्तै, अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिसकेपछि विधान मस्यौदा प्रस्तुत गर्ने कार्यक्रम छ। स्थायी समिति सदस्य देव गुरुङले विधान मस्यौदा प्रस्तुत गर्नेछन्।

प्रचण्डको राजनीतिक प्रतिवेदन र विधान मस्यौदामाथि समूहमा विभाजन गरी छलफल हुने माओवादीले जनाएको छ। कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनमा अध्यक्ष प्रचण्डले,

राजनीतिक प्रतिवेदन वाचन गरेर प्रस्तुत गरिरहेका हुन्। आइतबार शुरू शुरू भएको सो महाधिवेशन १५ पुससम्म चल्नेछ। सो महाधिवेशनले १५ पदाधिकारीसहित २९९ जना केन्द्रीय सदस्य चयन गर्नेछ।

प्रतिक्रिया