आज : गते

ताजा शिर्षकहरु

माओवादी केन्द्रको नाम परिवर्तन हुँदै, यस्तो छ नयाँ नाम

प्रकाशित
2.4K
SHARES

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीको नाम फेर्ने प्रस्ताव ल्याउन लागेको खुलेको छ। लामो समयदेखि माओवाद हटाउने तयारीमा लागेका,

प्रचण्डले यसै महाधिवेशनमा त्यो प्रस्ताव ल्याउन लागेका हुन्।काठमाडौंमा आइतबारबाट सुरू भएको आठौं महाधिवेशनबाट पार्टीको नामबाट ‘माओवाद’ हटाउने उनको तयारी रहेको बुझिएको छ।

सर्वोच्च अदालतले नेकपा खारेज गरेर एमाले र माओवादीलाई पूर्ववत अवास्थामा फर्काएपछि प्रचण्डले विभिन्न चरणमा माओवादी पार्टीको नाम परिवर्तन गर्ने परामर्श थालेका थिए।

माओवादीकै एक नेताले बताएअनुसार प्रचण्डले नयाँ र सबैले मन पराउने नामका बारेमा आफूनिकट नेताहरूसँग छलफल थालिसकेका छन्।प्रचण्डले अबको गन्तब्य समाजवादतर्फ भएकाले,

समाजवादी आम बढी सुहाउने नेताहरूलाई सुनाउने गरेका छन्। नाम फेर्ने अध्यक्षको प्रस्तावमाथि पनि छलफल हुँदैछ,’ ति नेताले भने, नयाँ नाम महाधिवेशनले अनुमोदन गर्छ।

नाममा माओवादी भन्दा समाजवादी शब्द प्रयोग गर्ने विकल्पमा हामी कुराकानी गरिरहेका छौं। माओवादीमा पार्टीको नामबाट माओवाद हटाउन निकै पहिलेदेखि छलफल चलिरहेको थियो।

सर्वोच्च अदालतले तत्कालीन नेकपाको एकता भंग गरेर एमाले र माओवादी केन्द्र ब्युँताएपछि बसेको पहिलो केन्द्रीय कमिटीको बैठकमा पनि नामबारे छलफल भएको थियो।

नामबाट माओवादलाई हटाएर ‘समाजवाद’ जोड्न सके अन्य कम्युनिस्ट पार्टीहरूसँग पनि एकता हुन सहज हुने प्रचण्डको बुझाई छ। माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी,

र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसँग तत्काल सहकार्य र चुनावी तालमेल गरेर अघि बढ्ने प्रचण्डको रणनीति। उसो त नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीले पनि आफ्नो नामबाट माओवाद हटाएको थियो।

यतिबेला विप्लवसँग पनि एकताका लागि पहल गर्न प्रचण्डले पार्टीका प्रवक्ता कृष्णबहादुर महरालाई खटाएका छन्। प्रचण्डले महाधिवेशन बन्द सत्रमा पेश हुने आफ्नो राजनीतिक दस्तावेजमा,

नाम फेर्ने प्रस्ताव राखेको स्रोतको दाबी छ। माओवादीले महाधिवेशनमार्फत नयाँ ब्रान्डको खोजी गर्ने नीति लिएको हो। नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि आठौँ महाविधेशन शुरु भएको छ।

२०६४ सालमा देशकै ठूलो पार्टी बनेको।  माओवादी पटक-पटक विभाजित हुँदा कमजोर हुने अवस्थामा पुगेपछि पार्टीको नयाँ ब्रान्डको विषयमा बहस शुरु भएको छ।

पार्टी कमजोर हुँदै गएको सन्दर्भमा माओवादीले पार्टीलाई नयाँ विचारको साथ पार्टी निर्माणमा लाग्ने उद्देश्यसहित महाधिवेशनमा सहभागी प्रतिनिधिले नयाँ शिराबाट पार्टीलाई पुनः उठाउन सक्नुपर्नेमा जोड दिएका छन्।

संविधानसभाबाट संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेको माओवादीको भूमिका कमजोर अनुभव भइरहेकाले पार्टीलाई चिनाउन पहिचानको खोजी भएको छ। उद्घाटन शत्रमा उपस्थित भएका,

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवादेखि उपेन्द्र यादवसम्मले माओवादीको बलमै संविधानसभाबाट संविधान जारी भएको भन्दै खुलेर प्रशंसा गर्नुभयो।

माओवादीले उठाएको एजेन्डासंविधानसभा हुँदै संविधानमा लिपिबद्ध भए पनि कार्यान्वयनको तहमा भने माओवादीले आफूले भने अनुसार नेतृत्व गर्न सकिरहेको छैन।

आइतबार राजधानीको प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरिएको महाधिवेशन स्थल निकै साँघुरो हुँदा उद्घाटन सत्रमा देशभरबाट आएका प्रतिनिधि नै सहभागी हुन पाएनन्।

साँघुरो ठाउँका कारण प्रतिनिधि नै उद्घाटन सत्रमा सहभागी हुनबाट वञ्चित थिए। प्रतिनिधिलाई सम्झाउन उद्घाटनस्थलमा खटिएका स्वयंसेवकलाई हम्मेहम्मे परेको थियो।

प्रतिक्रिया

आजको ट्रेन्डिङ