आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

माधव नेपालसहित १४ सांसदविरूद्धको मुद्दामा सर्वोच्चबाट आयो एस्तो खबर, देउबा तनाबमा

प्रकाशित
2.1K
SHARES

काठमाडौ। माधव कुमार नेपालसहित १४ सांसदविरूद्ध नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको आज पेसी चढेको छ। नेपालसहित १४ सांसदलाई,

पदमुक्त नगरी नयाँ दल दर्ता गरेको भन्दै ओलीले निर्वाचन आयोग र सभामुखविरुद्ध दायर गरेको मुद्दा आज पेसी चढेको हो। तर सो मुद्दाको सुनवाइ हुने नहुने टुंगो भने लागेको छैन।

न्यायाधीश तेजवहादुर केसी र टंकबहादुर मोक्तानको इजलासमा परेको यो मुद्दा मध्य भागतिर रहेकाले आजै सुनवाइ हुने नहुने निदो छैन। यो मुद्दामा न्यायाधीश दीपक कार्की र कुमार चुँडालको,

इजलासले दशैंअघि गरेको सुनुवाइमा अन्तरिम आदेश नदिइ सक्कल कागज माग्ने र विपक्षीबाट लिखित जवाफ मगाउने आदेश दिएको थियो।तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको,

मत नदिएको लगायत अनुशासनको विषय उठाएर साउन २७ गते नेपालसहित १४ सांसदलाई निष्कासन गरेर एमालेले सो पत्र निर्वाचन आयोग र संसद सचिवालयमा पठाएको थियो।

तर सभामुखले समयमै त्यसमा निर्णय नदिँदा एमाले फुटेको थियो। सोही प्रकरण देखाएर एमालेले संसद् पनि अवरोध गर्दै आएको छ। तर जानकारहरुका यो मुद्दामा ओली कमजोर देखिएका छन्।

तेस्तै, सिके राउत नेतृत्वको जनमत पार्टी सिरहाले किसानका सात बुँदे मागसहित आन्दोलनमा उत्रिएको छ। पक्राउ परेका किसानको रिहाइ हुनुपर्ने, किसानमाथि लगाइएका झुटा मुद्दा खारेज हुनुपर्ने,

किसानलाई मल, बिउको व्यवस्था गरिनुपर्ने, किसानलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, बालीको उचित मूल्य कायम गरिनुपर्ने र स्थानीय तहमा भएका भ्रष्टाचारको छानबिनको माग गर्दै,

जनमत पार्टी आन्दोलनमा उत्रिएको हो। जनमतले आज सिराहमा चक्काजामको घोषणा गरेको छ। आज बस्ने आन्दोलन समितिको बैठकबाट थप आन्दोलनका कार्यक्रम घोषणा गरिने जानकारी दिइएको छ।

तेस्तै, पार्टी र सरकारको काममा बढी सक्रियता देखाएर प्रधानमन्त्री शेरबहादुर देउवालाई नै विवादमा तानेको आरोप लागेको बेला प्रधानमन्त्री देउवाको भ्रमण अगाडी उनकी पत्नी आरजु राणा देउवा सुटुक्क भारत पुगेकी छन्।

प्रधानमन्त्री देउवाले भारत भ्रमणको तयारी चलिरहेका बेला पत्नी आरजु आइतबार सुटुक्क नयाँ दिल्ली पुगेको खुलेको छ। राणा आइतबार बिहान ११: ४० को नेपाल एयरलाइन्सको नियमित उडानबाट दिल्ली उत्रिएकी हुन्।

प्रधानमन्त्री देउवा पुस २५ गतेदेखि भारत भ्रमणमा जाने कार्यक्रम छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातको गान्धीनगरमा आयोजना हुन लागको दशौँ ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ मा सहभागी हुन प्रधानमन्त्री देउवा भारत जाने कार्यक्रमका लागि तयारी गरिरहेका छन् ।

पुस २६ देखि २८ सम्म आयोजना हुन लागेको उक्त समिटमा नेपाल, श्रीलंका लगायत विश्वका विभिन्न मुलुकलाई साझेदार मुलुकका रुपमा आमन्त्रण गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रधानमन्त्री देउवाले परराष्ट्रमन्त्री डा। नारायण खड्कालाई भ्रमणको तयारी गर्न निर्देशन दिइसकेका छन्। उक्त भ्रमणको गृहकार्य भने भइरहेको छ। तर परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने यही साता भ्रमण कार्यक्रमको टुंगो लाग्ने बताए।

देउवा प्रधानमन्त्री भएयता पहिलोपटक भारत भ्रमणमा जान लागेका हुन्। पछिल्लोपटक प्रधानमन्त्री बनेयता देउवा पहिलो विदेश भ्रमणमा बेलायतको स्कटल्याण्ड गएका थिए।

उनले त्यहाँ संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनमा सहभागिता जनाएका थिए। स्कटल्याण्ड भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री मोदीसँग साइडलाइन भेट गरेका थिए।

भेटमा दुई प्रधानमन्त्रीबीच भ्रमण आदान प्रदान गर्ने सहमति भएको थियो।प्रधानमन्त्री पत्नी आरजु देउवाको भ्रमणकै तयारीको लागि सुटुक्क दिल्ली पुगेको चर्चा कांग्रेसभित्र चलिरहेको छ।

यसबारे कांग्रेसका केहि नेताहरूले आपत्ति समेत जनाउन थालेका छन्। भर्खरै महाधिवेशन सकेको कांग्रेसभित्रै आरजुको कार्यशैलीलाई लिएर कुरा उठ्ने गरेको छ। उनले प्रधानमन्त्री देउवा र अन्य मन्त्रीहरूलाई,

अनावस्यक दवाव सृजना गरेको आरोप नेताहरूले लगाउने गरेका छन्। यसबारे बुझ्न खोज्दा देउवा निकट एक नेताले भने आरजु भाइको उपचारको सिलसिलामा दिल्ली पुगेको बताए।

प्रतिक्रिया