आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पानीजहाज दु’र्घ’टनामा ८५ जनाको घटनास्थलमै मृ’त्यु, थप विवरण सहित

प्रकाशित
1.9K
SHARES

एजेन्सी। अफ्रिकी देश मेडागास्करको तटीय क्षेत्रमा पानीजहाज दु’र्घ’टना हुँदा ८५ जनाको मृ’त्यु भएको छ। यहाँका अधिकारीहरूले बिहीबार २१ श’व निकालेपछि मृ’त’क’को संख्या ८५ पुगेको बताएका छन्।

सामुद्रिक अधिकारीहरूले सोमबार डुबेको १२ फिट लामो डुंगा पानीजहाजमा एक सय ३८ जना सवार रहेको र ५० जनाको मात्रै उद्धार गरिएको बताएका छन्। मृ’त्यु हुनेमा पाँच बालबालिका रहेका छन्।

यात्रुहरू बोक्नका लागि अनुमति प्राप्त नभएको उक्त काठको जहाज एन्टसेराका गाउँबाट सोआनिराना–इभोंगाेकोतर्फ लगभग सय किलोमिटर ६० माइल दक्षिणतर्फ प्रस्थान गर्दै थियो।

नदी र सामुद्रिक बन्दरगाह एजेन्सीका एड्रियन फेब्रिस रत्सिम्बाजाफीका अनुसार प्रारम्भिक अनुसन्धानले जहाजको इन्जिनमा ‘प्राविधिक समस्या’ भएको देखाएको छ।

तेस्तै, बंगलादेशमा २०१५ मा मारिएका अभिजित रोयको ह’त्या’राबारे कुनै सुराग दिनेलाई अमेरिकाले ५ मिलियन डलर ६० करोड रुपैयाँ पुरस्कार घोषणा गरेको छ। अभिजितको ह’त्या’को आरोप लागेका २ दोषीहरु फरार छन्।

उनीहरुबारे जानकारी दिनेलाई अमेरिकाले पुरस्कार घोषणा गरेको हो। अमेरिकी विदेश मन्त्रालयको ‘रिवार्ड फर जस्टिस’ कार्यक्रमले सोमबार ट्वीट गरेर सैयद जिया उल हक उर्फ मेजर जिया र अकरम हुसैनको जानकारी दिनेहरुलाई पुरस्कारको घोषणा गरेको हो।

ट्वीटमा लेखिएको छ ‘२०१५ मा बंगलादेशमा अमेरिकीहरुमाथि हमला गर्नेहरुको जानकारी दिनको लागि ५ मिलियन डलरसम्म पुरस्कार। ढाका, बंगलादेशमा आतंकवादीहरुले अभिजित रोयको ह’त्या गरिदिएका थिए र उनकी पत्नी राफिदा अहमदलाई घाइते बनाएका थिए।

यदि तपाइँलाई यो जघन्य अ’प’रा’ध’का जिम्मेवार व्यक्तिहरुको जानकारी छ भने हामीलाई तल दिइएका नम्बरमा म्यासेज गर्नुहोस्। यो ट्वीटमा एउटा पोस्टर पनि छ जसमा यो ह’त्या’को घटना र यससँग सम्बन्धित विवरण छ।

अमेरिकी विदेश मन्त्रालयको तर्फबाट ट्वीट गरिएको पोस्टरमा लेखिएको छ ‘२६ फेब्रुअरी २०१५ मा जब अभिजित रोय र उनकी पत्नी राफिया बोन्या अहमद ढाका पुस्तक मेलाबाट फर्किरहेका बेला अल कायदासँग जोडिएका,

आतंकवादीहरुले रोयको ह’त्या गरिदिए र उनकी पत्नीलाई घाइते बनाए। यो हमलामा भूमिकाको लागि बंगलादेशी अदालतले ६ जनालाई दोषी ठहर गरेको छ र सजाय दिएको छ।

पोस्टरमा अगाडि लेखिएको छ ‘यीमध्ये २ अभियुक्त सैयद जिया उल हक उर्फ मेजर जिया र अकरम हुसैन ट्रायलको सुरुवातदेखि फरार छन्। यदि तपाइँलाई हक, हुसैन वा यो आक्रमणमा संलग्न कुनै अरु पनि व्यक्तिबारे जानकारी छ भने,

त्यसको जानकारी तल दिइएको नम्बरमा हामीलाई संकेत, ट्लीग्राम वा ह्वाट्सएपमार्फत दिनुस्। तपाइँ पुरस्कारको पात्र हुन सक्नुहुन्छ। पेसाले बायो इन्जिनियर रहेका अनलाइन अभियन्ता अभिजित रोय बंगलादेशी मूलका,

अमेरिकी नागरिक थिए जसको २६ फेब्रुअरी २)१५ मा ह’त्या भएको थियो। यो आ’क्र’म’ण’को जिम्मेवारी दुई सम्बन्धित समूहले लिएका थिए जसमध्ये एउटा अंसारुल्लाह बांग्ला टिम र अर्को भारतीइ उपमहाद्विपमा अल कायदा अकिसले लिएका थिए।

यी दुवै समूह अल कायदाबाट प्रेरित थिए।२०१९ मार्चमा मा पुलिसले चार्जशीट दायर गरेर अगष्टदेखि सुनुवाइ सुरु भएको यो मामिलामा अदालतले यही वर्षको फेब्रुअरीमा ६ जनालाई दोषी ठहर गरेर सजाय सुनाएको थियो।

६ जनामध्ये ५ जनालाई मृ’त्यु’द’ण्ड र एक जनालाई आजीवन का’रा’वा’स’को सजाय सुनाइएको थियो। फरार रहेका दुवैलाई मृ’त्यु’द’ण्ड’को सजाय सुनाइएको थियो।

प्रतिक्रिया