आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

माओवादीसंग एकताको लागि गजुरेलका तीन शर्त, के गर्लान प्रचण्ड

प्रकाशित
415
SHARES

काठमाडौं। नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले पूर्वमाओवादीहरु एकजुट हुनुपर्ने प्रस्तावलाई आफूहरुले सकारात्मक रुपमा लिएको बताएका छन्। तर त्यसका लागि आधार तयार पार्नुपर्ने भन्दै उनले तीन बुँदे शर्त अघि सारेका छन्।

आइतबार शुरु भएको नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै गजुरेलले आफूहरु पनि कम्युनिस्ट क्रान्तिकारीहरु एकजुट हुनुपर्छ भन्ने पक्षमा रहेको बताए।

त्यसका लागि माओवादी केन्द्रले आधार तयार पार्नुपर्ने भन्दै उनले तीन बुँदा अघि सारे। पहिलो जनयुद्ध सुरु गर्नुभन्दा अगाडिको केन्द्रीय समितिको बैठकमा हामीले जे प्रतिवद्धता जाहेर गरेको थियौं,

त्यसलाई पुनर्स्थापित गर्नुपर्छ। दोस्रो हामीले जुन लक्ष्य राखेर जनयुद्ध गरेका थियौं, त्यो लक्ष्य अहिले पनि अधुरो र अपुरो छ। नेपाललाई जनगणतन्त्र बनाउन अगाडि बढौं, त्यो कार्यक्रम पारित गरौं।

म अनुरोध गर्न चाहन्छु, गजुरेलले भने। तेस्रो राष्टिय स्वाधीनताका विषयमा केही महत्वपूर्ण निर्णय लिनुस्। अहिले चलिराखेको विवाद जुन छ, राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर्न तपाईंहरुले जोड लगाउनु होला।

उनले भने, हामीले गुमाएका भूभागहरु नक्सामा त हासिल गर्‍यौं। वास्तविक रुपमा हासिल गर्न सकेको छैनौं। कालापानी लिनुलेक, लिम्पियाधुरा हासिल गर्न प्रतिवद्धता होस्।

क्रान्तिकारी माओवादीका नेता गजुरेलले अघि भने, यी सबै भयो भने पार्टी एकताका लागि बहस गर्ने, छलफल गर्ने ढोका खुल्छ। यो महाधिवेशनले त्यो ढोका खोलोस्।

प्रतिक्रिया