आज : गते

ताजा शिर्षकहरु

पहिलो पार्टी हुन्छौँ भन्ने प्रचण्डलाई देउवाले यत्ति भनेपछि अरु के चाहियो

प्रकाशित
1.1K
SHARES

काठमाडौ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा विभिन्न दलका नेताहरू तथा प्रतिनिधिहरूले व्यक्त गरेको विचार मननयोग्य रहेको बताएका छन्।

पार्टीको महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राप्रपा, नेकपा माले, नेकपा एमाले र काँग्रेस सभापतिसमेत प्रधानमन्त्री शेरबहादुर देउवाका अभिव्यक्तिप्रति आभार प्रकट गरेका हुन्।

प्रधानमन्त्री देउवाले संविधानसभाबाट संविधान निर्माण हुनुमा प्रचण्डको भूमिका प्रमुख रहेको भन्दै दिएको अभिव्यक्ति महत्त्वपूर्ण रहेको भन्दै प्रचण्डले देउवाले पनि समय समयमा निकै गम्भीर र अर्थपूर्ण अभिव्यक्ति दिने गरेको स्मरण गरे।

उनले भने, अतिथि नेताहरूको बोलीमा कृत्रिमता कहीँ महसुस गरिनँ। देश, जनताको आकांक्षा पूरा गर्न कसरी सकिएला भन्नेबारे सबैको चिन्ता देखियो। आफूहरू शान्ति प्रक्रियामा आउनु अघि,

तत्कालीन प्रधानमन्त्रीका रूपमा देउवाले आफ्नो नेतृत्वको प्रशंसा गरेको पनि प्रचण्डले सुनाए। उनले नेकपा एमालेका महासचिव शंकर पोखरेलले उद्घाटन सत्रलाई सम्बोधन गर्दै दिएको अभिव्यक्ति पनि महत्त्वपूर्ण रहेको बताए।

पार्टी एकता गरेर आफूहरूले गल्ती नगरेको प्रस्ट पार्दै उनले पार्टी एकताको उद्देश्यमा गल्ती नहुँदा नहुँदै एकता जोगाउन नसक्नुमा कहाँ र केमा गल्ती भयो भन्नेबारे आत्मसमीक्षा गर्न जरुरी रहेको बताए।

प्रचण्डले गम्भीर आत्मसमीक्षासहित जनता र राष्ट्रसामु समर्पित हुने गरी महाधिवेशनमा प्रस्तुत हुन पार्टीका कार्यकर्ताहरूलाई आग्रहसमेत गरे।प्रथम राष्ट्रिय सम्मेलनलाई हिजोमात्र महाधिवेशन बनाउने योजना बनाएको थियो।

आज केन्द्रीय समितिको बैठकबाट निर्णय भएको भन्दै छोटो समयमा पनि सबै दलका प्रमुख नेता तथा प्रतिनिधिहरू सहभागी भएर महाधिवेशनको गरिमा बढाइदिएको भन्दै उनले आभार प्रकट गरे।

तेस्तै नेकपा माओवादी केन्द्रको ८ औँ महाधिवेशन काठमाडौँमा जारी छ। प्रज्ञा प्रतिष्ठानको हलमा आयोजित महाधिवेशनलाई शुभकामना दिन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पनि पुगेका थिए।

देउवालाई स्वागत गर्ने क्रममा भने एउटा रोचक दृश्य देखिएको थियो। स्वागत गरिसकेपछि आफूलाई लगाइदिएको माला देउवाले निकालेका थिए। सँगै बसेका माओवादी अध्यक्ष,

पुष्पकमल दाहाल प्रचण्डले फुकालेको माला लगाउन आग्रह गरेपछि देउवाले खुरुक्क लगाए । त्यो माला लगाएपछि देउवा नेपाली कांगेसको नाक काटेका छन्। फुकालेको माला लगाउनु र थुकेको,

थुक चाट्नु सरह भएको भन्दै सामाजिक संजालमा चर्को विरोध भएको छ। देशभरका कांग्रेसीहरुको शीर निहुरिएको छ। त्यस्तै, प्रधानमन्त्री देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट,

एमसीसी नेपालको हितमा रहेको बताएका छन्। देउवाले एमसीसी रा’ष्ट्र’घा’ती भन्नेहरुले पढेका छन् ‘? भनेर प्रश्न गरे। उनले भने, राष्ट्रघाती भन्नेले पढ्या छ कि छैन, त्यो पनि थाहा छैन। पहिले पढ्नुपर्‍यो एमसीसी, कहाँ छ राष्ट्रघाती ?

मैले त कहिँ देखेको छैन। उनले अगाडि भने, म पनि नेपालको प्रधानमन्त्री हुँ। म नेपाल राष्ट्रको खिलापमा जाउँला र म पनि प्रजातन्त्रका लागि लडेको मान्छे हुँ म किन। राष्टघात गरौंला।

प्रतिक्रिया

आजको ट्रेन्डिङ