आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रधानन्यायाधीश जबराको सम्पत्ति छानबिन माग गर्दै उजुरी

प्रकाशित
0.9K
SHARES

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको छ। बृहत नागरिक आन्दोलनको तर्फबाट प्रा.डा. गोविन्द केसी,

नारायण वाग्लेलगायतले जबराको सम्पत्ति छानबिनको माग गर्दै विभागमा उजुरी दिएका हुन्। प्रधानन्यायाधीश जबरा, उनका नातेदार, नजिकका न्यायाधीश, कर्मचारी र पेशेवर,

बिचौलियाको मिलेमतोमा भ्रष्टाचार गरेका समाचारहरु प्रकाशमा आएको र सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको समितिको प्रतिवेदनमा पनि भ्रष्टाचारको विषय उल्लेख,

भएकाले अनुसन्धान गर्न विभागको ध्यानाकर्षण गराइएको छ। उजुरी पत्रमा लेखिएको छ, हालसम्म प्रकाशित समाचार तथा अन्य सूचना सामग्रीहरुलाई आधार बनाई तथा सो सम्बन्धी,

उजुरी समेत ग्रहण गरी कसुरबाट प्राप्त सम्पत्ति जफत गर्ने तथा कसुरमा संलग्न व्यक्तिलाई दण्डित गर्ने सम्बन्धमा प्रभावकारी अनुसन्धान तथा अन्य आवश्यक कारवाही तत्काल प्रारम्भ गरी पाऊँ।

भनी सम्बन्धित सूचना सामग्री संलग्न गरी ध्यानाकर्षण गराउन चाहन्छौं। प्रधानन्यायाधीश जबरा मन्त्रिपरिषद् सदस्यको भागबण्डा लगायतका विवादमा मुछिएपछि उनको बहिर्गमनको,

प्रमुख माग राख्दै नेपाल बार एशोसिएसनले विगत दुई महिनादेखि आन्दोलन गर्दै आएको छ। श्रोतका अनुसार चोलेन्द्रका बारेमा दलहरु समेत विभाजित भएका छन्।

तेस्तै, भन्सार छलेर नेपाल भित्र्याउँदै गरिएको साढे सात लाख बराबरको अवैध सामान रुपन्देही प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय र कार्यालय मातहत प्रहरी एकाइहरूले,

सात लाख ४६ हजार सात सय रुपैयाँबराबरको अवैध सामान फेला पारी स्थानीयको रोहबरमा बरामद गरी आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको रुपन्देही प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बताए।

भारतबाट अवैध रूपमा भन्सार छली, चोरी पैठारी गरी नेपालतर्फ ल्याउँदै गरेका सामान बरामद गरिएको डीएसपी थापाले जानकारी दिए।इलाका प्रहरी कार्यालय मर्चवारबाट खटिएको टोलीले सम्मरीमाई-३,

गुलरियाबाट युपी ५३०५५ युपी ५६ सी ४३४६ नम्बरको भारतीय दुईवटा मोटरसाइकलमा ल्याउँदै गरिएका विभिन्न किसिमका कपडा तथा मोटरसाइकल गरी दुई लाख ४७ हजार पाँच सय ५० रुपैयाँ बराबरको सामान बरामद गरेको हो।

त्यस्तै मर्चवारी-७ मञ्जरीया चोकबाट दुई लाख ९० हजार पाँच सय रुपैयाँ बराबरको ११ वटा बोका गरी पाँच लाख ३८ हजार ५० बराबरको अवैध सामान प्रहरीले बरामद गरेको छ।

बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरीले जनाएको छ। त्यस्तै वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका,

वडा नम्बर ८ बसडिलवाबाट जुत्ता ३४ जोर, बिभिन्न किसिमका लत्ता कपडाहरु, चियापत्ती १० प्याकेट, पापड २५ प्याकेट, बटर ११ केजी चिनी ५० केजी गरी एक लाख ७६ हजार ६ सय ५० रुपैयाँ बराबरको सामान बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सिद्धार्थनगर-६ गल्लामण्डीबाट बा१४प ९५४१ नम्बरको मोटरसाइकलमा अवैध रूपमा ल्याउँदै गरेको दुई बोरा चिनी र २३ हजार बराबरको अन्य सामान बरामद गरेको छ।

त्यसैगरी इलाका प्रहरी कार्यालय मझगाँवा मातहत प्रहरी चौकी हाटीवनगाईबाट खटिएको टोलीले मायादेवी-६ स्थित भन्सार चोकबाट दुई बोरा चिनी, एक बोरा सरफ गरी नौ हजार बराबरको अवैध सामान बरामद गरेको छ।

प्रतिक्रिया