आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

साढे चार हजारभन्दा बढी उडान रद्द, कारण थाहा पाएपछि यात्रु तनाबमा

प्रकाशित
1.3K
SHARES

एजेन्सी। विश्वका धेरै देशमा मनाइने क्रिसमस पर्वको दिन चार हजार ५०० भन्दा बढी विमान उडान रद्द भएका छन्। अत्यधिक यात्रा हुने दिनका रूपमा समेत चिनिने क्रिसमसका दिन,

शनिबार यति धेरै विमान सेवा रद्द भएको अधिकारीहरूले जनाएका छन्। कोरोना भाइरसको नयाँ भेरियन्टका रूपमा देखिएको ओमिक्रोनको संक्रमण थप फैलिने डरले क्रिसमसकै दिनको उडान पनि रद्द भएको हो।

त्यसैगरी, अरू हजारौँ उडानमा ढिलाइ पनि भएको उडानसम्बन्धी सूचना प्रवाह गर्ने वेबसाइड फ्लाइट अवेर डटकममा उल्लेख गरिएको छ।उडान रद्द तथा ढिलाइ हुँदा अमेरिकी राष्ट्रपति,

जो वाइडेनसहित विश्वका प्रभावशाली व्यक्तिसमेतलाई असर परेको छ। यसअघि गत शुक्रबार मात्रै २४ सयभन्दा बढी उडान रद्द भएका थिए भने ११ हजारभन्दा बढी उडानमा ढिलाइ भएको थियो।

यो समाचार तयार पार्दासम्ममा आगामी आइतबारका लागि तय भएका ६०० भन्दा बढी उडान पनि रद्द भइसकेका र अरू पनि धेरै उडा रद्द हुन सक्ने बताइएको छ।

तेस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ को नयाँ स्वरूप ओमिक्रोन संक्रमणका सम्बन्धमा विश्व स्वास्थ्य संगठन र विज्ञहरूले चिन्ता व्यक्त गरिरहेकाले स्वास्थ्यका मापदण्डहरू,

पालना गर्दै सुरक्षितरूपमा हर्षोल्लासपूर्वक क्रिसमस पर्व मनाउन सबैमा अनुरोध गरेका छन्। प्रधानमन्त्री देउवाले जिसस क्राइष्टको जन्मदिनको उपलक्ष्यमा इसाई धर्मका अनुयायीहरुले,

डिसेम्बर २५ तारिखमा विभिन्न कार्यक्रम गरी मनाइने क्रिसमस पर्वका अवसरमा सम्पूर्ण इसाई धर्मालम्बीहरुमा सुख, शान्ति, सुस्वाथ्य र दीर्घायुको शुभकामना समेत वयक्त गरे।

उनले शुभकामना सन्देशमार्फत हाम्रा चाडपर्व र संस्कृति राष्ट्रिय एकता, पारस्परिक सद्भाव र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणका लागि महत्वपूर्ण रहँदै आएको उल्लेख गर्दै क्रिसमसले,

सबै नेपालीबीच एक आपसमा विश्वास र बन्धुत्वको भावना कायम राख्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गरे। नेपाल बहुजातिय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले भरिएको,

मुलुक भएको र जातीय, भाषिक, सांस्कृतिक तथा धार्मिक विविधता नेपालका लागि मात्र नभई विश्व समुदायकै लागि एक महत्वपूर्ण पूँजी रहँदै आएको शुभकामना सन्देशमा उल्लेख छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ