आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

माधव नेपाल र प्रचण्डले पार्टी एकता गर्दै, राजनीतिमा नयाँ तरङ्ग

प्रकाशित
877
SHARES

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपालसँग आफूहरू ढिलो-चाँडो एकता हुने बताएका छन्। शनिबार ललितपुरमा आयोजित अन्तर्क्रिया,

कार्यक्रममा बोल्दै उनले भने, माधव नेपालसँग हामी ढिलो-चाँडो एक ठाउँमा हुन्छौं। हामी यसअघि पनि आफैं छुट्टिएको होइन। यसअघि पनि आफूहरूले प्रयास गरेको भन्दै ढिलो,

चाँडो मिल्ने उनले बताएका हुन्। निर्वाचन हामीकहाँ निषेध छैन। यसअघि पनि हामीले यसको प्रयास गरेका थियौं। नेतृत्व भनेको औपचारिकमात्र नभई विचार र जनमत बोकेको हुनुपर्ने उनको भनाइ छ।

नेतृत्व भनेको औपचारिकमात्र होइन विचार र जनमत बोक्ने हुनुपर्छ, जसरी पनि निर्वाचन जितेर नेतृत्व सही आउँछ भन्ने पनि हुँदैन, उनले भने, हामी बुर्जुवाले जस्तो निर्वाचन चाहँदैनौं तर,

हामी निर्वाचान हुनुहुँदैन पनि भन्दैनौं। उनले निर्वाचन र मूल्यांकन दुवै हुनुपर्ने बताए। निर्वाचन र मूल्याकंन दुवै हुनुपर्छ, हामीले हिजो यसै प्रचण्डपथ छोडियो कुनै विकल्प ल्याइएन भन्ने हो,

फेरि प्रचण्डपथ ल्याउन पर्छ भन्ने होइन, उनले भने। प्रचण्डले विपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेट्न उनकै निवास बालकोट जाने प्रस्ताव प्रधानमन्त्रीसमक्ष राखेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा समेत नेकपा एमालेका अध्यक्ष ओली अनुपस्थित रहँदै आएका छन्। लगातार संसद अवरुद्ध गर्ने र सर्वदलीय बैठकमा समेत नआएको भन्दै प्रचण्डले भने,

मैले त प्रधानमन्त्रीजीलाई उहाँ आउनु हुन्न, तपाईं र म नै बालकोट जाऊँ भनेको छु। ओलीलाई भेटेर सदन पनि रोकिदिनुभएन भन्ने र अरु विषय पनि छलफल गर्ने उनको प्रस्ताव छ।

शनिबार सम्पादकहरुसँग भएको छलफलमा प्रचण्डले सुनाएअनुसार प्रधानमन्त्री देउवाले महाधिवेशन पछि जाउँला भनेका थिए। प्रचण्डले भने, उहाँहरुको महाधिवेशन सकिएको छ।

हाम्रो पनि सकिन्छ र जरुरी पर्‍यो भने बरु उहाँ आउन नमान्ने हो भने हामी नै जाने। तेस्तै,पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले लिएको अडानले,

आफूहरु सक आश्चर्यचकित भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्। सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसी पारित गर्नुपर्ने सन्भर्दमा,

डा. भट्टराईले लिएको अडानले आफूहरु आश्चर्यचकित भएको बताएका हुन्। सर्वदलीय बैठकमा समेत भट्टराईले एमसीसी आफ्नै पालामा अघि बढेको र पास गर्नुपर्छ भनेर अडान लिएको बताए।

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री भट्टराईले एमसीसी पास गर्नैपर्ने जिम्मेवारी लिएको देख्दा आफूहरु हेरेकै हेरै भएको टिप्प्णी पनि गरे।

उनले भने,  उहाँ बाबुराम भट्टराईले सर्वदलीय बैठकमा एमसीसी मेरै पालामा अघि बढेको हो र पास गर्नेपर्छ भनेर जिम्मेवारी लिएको देख्दा हामी त हेरेको हेरै भयौँ।

बाबुराम जीले किन एमसीसीको स्वामित्व लिन खोज्नुभएको बुझ्न सकिएको छैन्।भट्टराईले सर्वदलीय बैठकमा संसदको बहुमतले पारित गर्नुपर्ने अडान लिएको पनि उनले बताए।

प्रतिपक्षीले संसद घेराउ गरिरहेका बेला कसको बहुमतबाट पारित गरौँ भन्नुभएको हो। त्यो त्यो बुझ्न सकिएको छैन, प्रचण्डले भने। अन्तरक्रियामा उनले भने संसदको बहुमतले,

पारित गर्नुपर्छ भनेर बाबुरामले भनेको संगतिपूर्ण छैन्। प्रतिपक्षीले घेराउ गरिरहेको छ। कसको बहुमत भनेको हो? यस्तो राष्ट्रियतासँग गाँसिएको संवेदनशील विषय हुलमुलमा पास गरेर हुन्न।

माओवादी केन्द्र एमसीसीको विरोधि नभएको उल्लेख गर्दै अध्यक्ष दाहालले जनताले नै बहस चालेको हुनाले संशोधन नगरी पास गर्न नहुने पक्षमा रहेको बताए। उनले भने,

माओवादी एमसीसीको विरोधी होइन तर जनताले नै बहस चाहेको हुनाले संशोधन गर्नुपर्ने विषय संशोधन गरेर अगाडी बढ्नुपर्छ। तीन सदस्यीय टोलीले अहिले अध्ययन गरिरहेको।

आएको सुझाव अनुसार नै अगाडी बढ्छ। एमसीसी सम्झौताका बारेमा नेपालका राजनीतिक दलहरु विभाजित रहेका छन्। श्रोतका अनुसार चिनले  एमसीसी  पास नगर्न कडा चेतावनि दिएको छ।

प्रतिक्रिया