आज : गते

ताजा शिर्षकहरु

देउवाले हाने पहिलो बलमै छक्का, यस्तो घोषणा गरेपछि सबै तिनछक

प्रकाशित
1.8K
SHARES

काठमाडौँ। नेपाली कांग्रेस नवनिर्वाचित सभापति शेरबहादुर देउवाले सभापतीमा भोट नहाल्नेहरु नै पछुताउनेगरी पहिलो बैठकमै अभिव्यक्ती दिएका छन्। देउवाले पार्टीमा सबै नेता कार्यकर्तालाई समेटेर अघि बढाउने बताएका हुन्।

केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय निर्वाचन समितिबाट नवनिर्वाचित पदाधिकारीहरूलाई प्रमाण पत्र वितरण कार्यक्रममा बोल्दै सभापति देउवाले आफू सबैको साझा सभापति भएको,

र पार्टीलाई अब त्यही ढङ्गले अघि बढाउने बताए। म सबैको प्रतिनिधित्व गरेर पार्टीलाई अगाडि बढाउन चाहन्छु , सबैलाई समेटेर, निष्पक्ष रूपमा काम गर्छु, म सबैको सभापति हुँ,

आजैका मितिबाट म त्यो विश्वास दिलाउन चाहन्छु, देउवाले भनेका छन्। उनले पार्टीले थुप्रै अवरोध र व्यवधानहरूबीच महाधिवेशन गरेर आफूलाई लोकतान्त्रिक अभ्यासमा अग्रपंक्तिमा स्थापित गरेको भन्दै,

अब आमनिर्वाचनमा केन्द्रित हुनुपर्ने बताए। हाम्रो पार्टीले वडादेखि केन्द्रसम्म नै स्वतन्त्र रूपमा लोकतान्त्रिक अभ्यास गरेको छ, यस अर्थमा हाम्रो पार्टी मात्रै साँच्चिकै लोकतान्त्रिक पार्टी हो भन्ने पुष्टि भएको छ,

उनले भने, तर अहिले हाम्रो अगाडि अर्को ठूलो चुनौती पनि छ,  स्थानीयदेखि राष्ट्रिय चुनावसम्म हाम्रो अगाडि छन्, ती चुनावमा हामीले जित्नुपर्नेछ। कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउनुपर्नेछ।

उनले कांग्रेसले आफ्नो महाधिवेशनको प्रक्रियामा पार्टीमा ३३ प्रतिशत महिलाको सहभागितालाई सुनिश्चित गरेको बताए। हामीले तल्लो तहदेखि नै महिलाहरूलाई ठाउँ दिएर,

जनसंख्याको आधा आकाशलाई पार्टीभित्र समेटेका छौँ, अब महिला मतदाताहरूलाई पनि समेटेर, महिलालाई अघि बढाएर नेतृत्वमा महिलाहरूलाई स्थापित गर्नुपर्नेछ,’ उनको भनाइ थियो।

नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्मा त्यसै विश्वप्रकाश भएका रहेनछन् भन्ने तथ्य बाहिर आएको छ। विश्वप्रकाशको पारिवारिक जीवनका केहि रोचक पक्षहरु बाहिर आएपछि उनका समर्थकहरु ह्वात्तै बढेका छन् भने उनको चर्चा झनै चुलिने भएको हो।

झट्ट सुन्दा केहि अनौठा कुरा लागे पनि त्यसले व्यवहारिक जीवनमा ठूलो अर्थ राख्ने विश्लेषण गरिएको छ। विश्वप्रकाशको परिवारले घरमा लिखित रुपमा माइन्युटनै गरेर पारिवारीक निर्णयहरु गर्ने गरेको यस अघिनै खुलासा भइसकेको छ।

राजनिती सँगै संगित र साहित्यमा समेत रुचि राख्ने शर्मा परिवारले यस्तो गर्दा पारिवारिक जीवन निकै खुशि भएको अनुभव सुनाएका छन्। अझै रोचक कुरा त यस्तो पनि खुलासा भएको छ की शर्मा परिवारले मान्युटनै गरेर मिटिङ मात्रै गर्दैन घर कमिटी नै पो निर्माण गरेको रहेछ।

शर्मा दम्पतीले एक अन्तर्वातामा आफ्नो परिवार कमिटीको फेहरिस्त सुनाएका छन्। शर्माको घर कमिटीमा श्रीमती कविता शर्मा अध्यक्ष र छोरी सो कमिटीको सचिव रहेको बताएका छन्। विश्वप्रकाश भने उक्त कमिटीको सदस्य मात्रै रहेको बताएका छन्।

केहि रमाइला क्षणहरु स्मरण गर्दै शर्मा दम्पतीले भनेका छन् एक दिन छोरीले सचिव भन्दा त अध्यक्ष पो ठूलो त भन्ने लागेर अब अध्यक्ष म बन्छु भनेर प्रस्ताव गरेकी थिइन्। छोरीको उक्त प्रस्तावलाई पनि उनीहरुले मान्युटनै,

गरेर अर्को बैठक बाट आवश्यक छलफल गरेर निर्णय गर्ने भनेर लेखिएको सुनाएका छन्। छोरीले एसइई पास गरे पछि घर कमिटीको अध्यक्ष बनाउँने तयारी गरिएको पनि शर्मा दम्पतीले बताएका छन्।

यस्तो कुरा पहिलो पटक सुन्दा कसैलाई अनौठो र असहज जस्तो लागे पनि व्यवाहाकि जीवनमा प्रयोग गर्दा निकै राम्रो हुने अनुभव शर्मा दम्पतीले सुनाएका छन्। पारिवारिक कलह हटाउँने र व्यवस्थीत र खुशि परिवार बनाउँनका लागी यो कुराले निकै सहयोग पुगेको विश्लेषण उनीहरुले सुनाएका छन्।

विश्व प्रकाशले आफ्नो कहानी सुनाउँदै भनेका छन् पहिले श्रीमतीको अली रिसाउँने बानी थियो यसरी लिखित निर्णय गर्दै बैठक बस्न थाले पछि सबै सकिएको छ। अहिले बरु आफुमा अलीअली त्यो बानी,

रहको भन्दै त्यो पनि हट्दै जाने उनले आशा राखेका छन्। महिनामा एउटा खराब बानी सुधार गर्ने भनेर लिखित निर्णयनै गर्ने गरेको उनले बताए । यसो गर्दा जीवन धेरै रसमय बन्ने अनुभव शर्माले सुनाएका छन्।

नेपाली काग्रेसको १४ औँ महाधिवेशन बाट महामन्त्री पदमा निर्वाचित भएका विश्वप्रकाश शर्मा नेपाली काग्रेस भित्र कति लोकप्रिय रहेछन् भन्ने कुरा उनले प्राप्त गरेको मत बाट बुझ्न सकिन्छ।

गगन थापाले महामन्त्रीमा जित्नु र विश्वप्रकाशले महामन्त्री जित्नुमा आकाश पातालको फरक छ भन्ने काग्रेसीजनहरु प्रशस्तै छन्। थापाले बलियो टिम बाट टिकट पाएका थिए प्यानलको भोटमा आफ्नो लोकप्रिय मत मिसाउँदा उनको जित स्वाभाविक थियो तर विश्वप्रकाशले गुटको दायरा भत्काएर प्रतिनिधीको मन जितेर मत पाएका थिए।

प्रकाशमान सिंह प्यानल बाट महामन्त्रीका उमेदवार बनेका शर्माले आफ्नो प्यानलको सभापतीको उमेदवारले ३०० मत कटाउँन हम्मे परेका बेला झण्डै २००० मत ल्याएर महामन्त्रीमा बाजी मारेका छन्।

व्यक्तिको व्यक्तित्वका अगाडी गुटको पर्खाल सजिलै भत्किन सक्ने रहेछ भन्ने कुराको प्रमाण उनी बनेका छन्। शर्मालाई नेपाली काग्रेस भित्र सानो विपीको नामले पनि चिनिन्छ। विशेश्वर प्रसाद कोइराला र विश्वप्रकाश शर्माको सटकट नाम विपी हुन्छ।

त्यत्ति मात्रै होइन उनको आनीबानी र आचरण पनि विपी कोइराला सँग मिल्ने खालको छ। सादा जीवन र उच्च विचार राख्ने शर्मा आफ्नो राजनितीक जीवनको आर्दश पनि विपी कोइरालालाई नै मान्छन्।

विपी कोइरालालाई जेलमा राखिएको ठाउँ सुन्दरीजलमा गएर काग्रेस महामन्त्रीको उमेदवारी घोषणा गरेका शर्माले महामन्त्रीमा बिजयी भए पछि सुन्दरीजलमै पुगेर विपीको आदर्श अनुरुप काम गरेर काग्रेसको मात्रै होइन देशकै मुहार फेर्ने कसम खाएका छन्।

मिठो आवाजमा बोलेर प्रभावित पार्न सक्ने बेजोडको खुबि उनी सँग रहेका छ। महिना भरि एक अर्कालाई उसका बारेमा नराम्रा लागेका कुरा या कम्प्लेनहरु केहि छ भने भने अरु समयमा नभन्ने र मिटिङमानै छलफल गर्ने गरेको विश्वकी श्रीमती कविताले बताएकी छिन्।

कसको के कमजोरी भयो छलफल गर्ने र अब देखी यस्तो गल्ती नगर्ने भनेर लिखित निर्णय नै गर्ने गरिएको उनले बताएकी छिन्। यस्तो बैठकमा उनीहरुले आफ्नी छोरीलाई पनि राख्ने गरेका छन्।

श्रीमती कविताका अनुसार श्रीमान श्रीमतीका मात्रै नितान्त व्यक्तिगत विषयमा भने एनिभर्सरी भन्दा अघि श्रीमान श्रीमतीको मात्रै छुट्टै बैठक बस्छ त्यसमा बर्ष भरिका तिता मिठा कुराहरु गर्ने र बाँकी एक बर्ष केहि गुनासो नगर्ने।  यसो गर्दा घर परिवारमा केहि समस्या नहुने सँधै हाँसी खुशि परिवार,

रहने उनले बताएकी छिन्। घरमा श्रीमती सँग समेत लिखित रुपमा माइन्युट गरेर बैठक गर्ने शर्माले नेपाली काग्रेसमा पनि माइन्युटनै गर्नु पर्ने जिम्मेवारी पाएका छन् अब उनले काग्रेस कसरी चलाउँछन् भन्ने प्रतिक्षाको बिषय बनेको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ