आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चीनबाट आएको वर्षमानको खबरले सबै निराष, कार्यकर्ता दु:खी

प्रकाशित
1.9K
SHARES

काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तको चीनमा उपचार भइरहेको छ। उनको उपचार हुँदैगर्दा नेपालमा माओवादीको बहुचर्चित राष्ट्रिय सम्मेलन हुँदैछ।

माओवादी केन्द्रको आइतवार शुरु हुने वहुचर्चित राष्ट्रिय सम्मेलनमा महासचिवका प्रबल दाबेदार अनन्त सहभागी हुन नसक्ने भएका छन्।थाइल्याण्डमा उपचार सम्भव नभएपछि,

एयर एम्बुलेन्सबाट चीन गएका पुनको उपचार अझै जारी रहेका कारण राष्ट्रिय सम्मेलनमा आउन नसक्ने भएका हुन्। निकट स्रोतका अनुसार पुन जसरी पनि सम्मेलनमा आउन चाहान्थे।

तर उनको कलेजोमा जण्डिसको मात्रा कायमै रहेको र शक्रुवारमात्रै चिकित्सकले थप उपचार थालेकाले नेपाल यात्रा रोकिएको हो। पुनले अध्यक्ष प्रचण्डसँग पनि टेलिफोन सम्पर्क गरेका थिए।

प्रचण्डले उपचार सकेर आउनू भन्दै पुनको अनुपस्थितिमा उनको राजनीतिमा असर पर्ने कुनै निर्णय नहुने आश्वासन दिएको स्रोतले जनाएको छ। यता वर्षमान पुन निकट नेता,

कार्यकर्ताले उपचारका क्रममा रहेका पुनलाई राष्ट्रिय सम्मेलनको हलबाटै महासचिव घोषित गर्न समेत अध्यक्ष प्रचण्डलाई दबाब दिएका छन्। स्रोतका अनुसार कर्णाली प्रदेशका मन्त्री समेत रहेका,

विन्दमान विष्ट समेत केही नेताले प्रचण्डलाई भेटेरै उपचारका क्रममा रहे पनि वर्षमानको भूमिका र संगठनमा सिनियरिटी हेरेर महासचिव घोषणा गर्न सुझाव दिएका छन्। वर्षमान नआउने भएपछि माओवादी,

राष्ट्रिय सम्मेलनबाट महासचिव लगायत पदाधिकारी चयन हुने सम्भावना तत्काललाई टरेको नेताहरुले बताएका छन्। प्रचण्डले वर्षमानको अनुपस्थितिमा नेतृत्वको चुनाव गराउन नचाहने उनीहरुको भनाइ छ।

तेस्तै, नेकपा माओवादी केन्द्रले भोलिबाट सुरु हुने प्रथम राष्ट्रिय सम्मेलनलाई आठौं महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको छ। शनिबार साँझ बसेको स्थायी समिति बैठकले राष्ट्रिय सम्मेलनलाई,

आठौं महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको हो। यसअघि राष्ट्रिय सम्मेलन भनिए पनि पार्टीमा आकर्षण बढ्दै गएकाले महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरिएको जानकारी दिइएको छ।

माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सेल, टोल, वडा, पालिका हुँदै प्रदेशसम्म महाधिवेशनकै रुपमा अधिवेशन भनिएकाले,

केन्द्रलाई पनि राष्ट्रिय सम्मेलन नभनेर महाधिवेशन भनिएको बताए। हामीले सेलदेखि प्रदेशसम्म अधिवेशन भनेर नयाँ नेतृत्व चयन गर्‍यौं। त्यो महाधिवेशनकै शैलीमा सबै काम पूरा गरियो।

पार्टी सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण पनि त्यहीअनुरुप गरियो नेपाल लाइभसँग कुरा गर्दै पौडेलले भने,निर्वाचन आयोगले हरेक पाँच वर्षमा महाधिवेशन गर्नुपर्ने प्रावधान राखेको छ।

त्यो प्रावधानलाई समेत ख्याल गरेर महाधिवेशन भन्ने निर्णय भएको हो। शनिबार बसेको स्थायी समितिले राष्ट्रिय सम्मेलनलाई महाधिवेशन बनाएपछि आइतबार बस्ने केन्द्रीय,

समितिले अनुमोदन गर्ने पौडेलले बताए। पुनः तत्काल महाधिवेशन गर्ने भनिए पनि तीनवटै निर्वाचन नजिकै आइसकेकाले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गरिएको उनले बताए।

तेस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु भेडा जस्तै भएको बताएका छन्। प्रचण्डले सिंह र भेडाको कथा सुनाउँदै आफूहरु पनि भेडा जस्तै भएको बताए।

शनिबार सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै प्रचण्डले अहिले आफूहरु पनि अरु दलहरु जस्तै देखिएको भन्दै सिंह र भेडाको कथा सुनाए। शिकार खेल्न जाने क्रममा सिंहको बच्चा आमाबाट छुटेर भेडाको बथानमा छिरेछ।

विस्तारै सिंह बढ्दै गयो। तर उसको संगत उठबस भेडासँग भएकाले गर्जिने बेला भएपछि भ्या भ्या गरेर कराउन थालेछ। भेडासँगै घाँस पनि खान थालेछ। एक दिन साँच्चिकै सिंह शिकार खेल्न भेडाको बथान नजिक जाँदा सिंहलाई देखेर छक्क परेछ।

उ त भ्या भ्या गर्दै डराउन थालेछ। प्रचण्डले भने, शिकार खेल्न गएको सिंहले पनि भेडालाई छाडेर त्यसैलाई समातेछ र इनारमा लगेर उसको अनुहार देखाइदिएछ। हामी त सिंह हो कहाँ भेडाको बथानमा,

बसेर भ्या भ्या गरेको भनेपछि उसले जंगल नै थर्कने गरी गर्जिएछ। अहिले आफूहरु पनि भेडाजस्तो देखिएको भन्दै प्रचण्डले थपे, मैले यो के सन्दर्भमा भनेको भने हामी भेडाबाट सिंह बन्ने प्रयास गर्छौं।

प्रतिक्रिया